स्रोत नखुलेको साढे २४ लाखसहित बुटवलका शाक्य पक्राउ
रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–८ सुख्खानगरका २८ वर्षीय सन्दीप शाक्य रहेको प्रहरीले जनाएको छ।
तीन हजार बढी सवारी चालक कारबाहीमा
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन् ।
१७ लाख ठगी गरेको अभियोगमा महिला पक्राउ
काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने २० वर्षीया पुनमाया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
दुई बालिका बलात्कृत, एक अभियुक्त पक्राउ
सल्यानमा दुई बालिका बलात्कृत भएका छन् । जिल्लाको १४ वर्षीया र १७ वर्षीया दुई बालिका बलात्कृत भएको घटना खुलासा भएको हो ।
बीमा दावी प्रमाण पुगेपनि भुक्तानी गर्न झुलाउँदै इन्स्योरेन्स कम्पनी
केही समयअघि एक सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीले बीमा क्षेत्रको विश्वासनियता गुमाउँदै गएको बताउनुभएको थियो ।
फेसबुकमा ‘मेयर उपमेयर हराएको’ भन्दै भ्रम फैलाउने पक्राउ
सामाजिक संजालमार्फत बिर्तामोडको मेयर र उपमेयर हराएको भन्दै गलत खबर फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेवार समुदायमाथि आघात पुर्याएको आरोपमा कमेडियन सिंह पक्राउ
काठमाडौं, भदौ १२ गते। कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन् । नेवार समुदायको आस्था र संस्कृतिमाथि आघात पुर्याएको आरोपमा सिंहलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो। केही दिनअघि ‘कमेडी क्याफे’ नामक ‘स्ट्यान्ड अप कमेडी’मा कमेडियन सिंहले नेवार समुदायलाई लक्षित गर्दै कमेडी गरेपछि विवाद भएको थियो। विवादपछि सिंहले माफी माग्दै युट्युवबाट भिडियोसमेत हटाउनुभएको छ । माफी मागेर भिडियो हटाए पनि नेवार संस्कृतिको मजाक उडाएको भन्दै सिंहको विरोधपछि प्रहरीमा उजुरी परेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सिंहलाई आइतबार बिहान नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। थप अनुसन्धानका लागि सिंहलाई म्याद थप गरेर प्रक्रिया अगाडि बढाउने मैनालीको भनाइ छ।
परीक्षा केन्द्रमा सिडिओ छिरेपछि एक बोरा चिट भेटियाे (भिडियो)
आइतबार बैतडीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) एसईई ग्रेड वृद्धि परीक्षा केन्द्रमा छिरेपछि बोराभर चिट फेला परेका छन् । फेला परेका चिट कार्टुनमा राखेर नष्ट गरिएको छ । कसैलाई सुईको नदिई प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलगायत सुरक्षा निकायका प्रमुख सदरमुकामस्थित वीरेन्द्र माविमा पस्दा परीक्षार्थीहरु गाइड, गेस पेपर र पुस्तक नै अगाडि राखेर धमाधम चिट सार्दै गरेको अवस्थामा भेटिएका छन् ।
सावधान: रुपवती महिलाको ‘हनी ट्रयाप’मा परिएला
कानुनी भाषामा आपराधिक लाभ लिन नहुने कुरालाई प्रहरीले बोलीचालीको भाषामा ‘हनी ट्रयाप’ भन्नेगरेको छ । मीठो बोली, राम्री युवती ‘रुपवती र कामुक’ को प्रयोग गरी गरिने अपराध भएकाले हनीजस्तै गुलियो भन्न ‘हनी’ शब्दको प्रयोग गरिएको हो ।