कपिल ज्ञवाली
सिद्धार्थनगर, भदौ १४ गते । रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका –८ सुख्खानगरका २८ वर्षीय सन्दीप शाक्य रहेको प्रहरीले जनाएको छ।
‘बेलहिया नाका क्षेत्रको बाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार हुँदैछ भन्ने गोप्य सूचना पाएका थियौँ’, रुपन्देहीका एसपी रविन्द्र रेग्मीले भन्नुभयो,’ पक्राउ परेका शाक्यमाथि शंका लागि उनले बोकेको झोला चेकजाँच गर्दा २४ लाख ५० हजार रुपैयाँ बरामद भयो।’
शाक्यलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एंव डिएसपी श्यामु अर्यालले बताउनुभयो। उहाँका अनुसार बरामद रकम सबै एक हजार दरका छन्।