बलात्कार आरोपमा एक व्यक्ति पक्राउ
दाङको तुलसीपुर उपमहानरपालिका–७ निवासी ३६ वर्षीय रामबहादुर ओलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
भरुवा बन्दुकसहित मगर पक्राउ
बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्रीअर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालय बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले जनेठ २७ गते एक नाल भरुवा बन्दुकसहित बलबहादुर पल्ली मगरलाई पक्राउ गरेको छ ।
मिटरब्याजी साहविरुद्ध राजविराजमा प्रदर्शन
सप्तरीको मिटरब्याजी रामदेव साह तेलीविरुद्ध सोमबार सप्तरीको राजविराजमा पीडितहरुले प्रदर्शन गरेका छन् । परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर साहले मिटरब्याजमा रकम असुल्नुका साथै सर्वसाधारणको जग्गासमेत कब्जा गरी शोषण गर्दैआएका पीडितहरुको आरोप छ । उजुरीको प्रहरीले वेवास्ता गर्दैआएको भन्दै पीडितहरुले न्यायका लागि प्रदर्शन गरेका हुन ।
सहकारीमा चोरी गर्न नपाएपछि आगजनी
झापाको कनकाई नगरपालिका ३ स्थित भगवती बचत तथा ऋण सहकारी संस्थामा चोरी गर्न गएको समुहले चोरी गर्न नपाएपछि सहकारीको भवनमा आगजनी गरेर क्षति गरेको छ ।
भ्रष्टाचार अभियोगमा अध्यक्ष यादवविरुद्ध मुद्दा दर्ता
रौतहट जिल्लाको सेफ नेपाल नामक संस्थाका अध्यक्ष रामनरेश राय यादवसमेतले आर्थिक अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
मिटरब्याजी रामदेश साहकी छोरी काठमाडौंबाट पक्राउ
सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।
दुई लाख ७० हजार रुपियाँसहित एक पक्राउ
झापाको कनकाई नगरपालिका ३ स्थित सुरुङ्गाबजारमा सुभृक्षा बचत तथा ऋण सहकारी संस्थाको ताला फोडेर रकम चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
पहिरोले घर पुरिँदा एक बेपत्ता
त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ मा पहिरोले घर पुरिदा एक जना वेपत्ता भएका छन् ।
श्रीमानको हत्या आरोपमा इनरवती पक्राऊ
सप्तरीमा आफ्नै श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उहाँकै श्रीमतीलाई पक्राउ गरेको छ ।