लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजना पक्राउ
प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र दुई लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।
दार्चुलामा आगो लगाएर एकल महिलाको हत्या
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा आगो लगाएर एकजना एकल महिलाको हत्या गरिएको छ ।
बारामा कुटपिटबाट एक जनाको मृत्यु
शिवशंङ्कर मिश्र बारा, जेठ २४ गते । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ पटेर्वा टोलका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो । प्रभुको मृत्युपछि कुटपिटमा सम्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाराकाअनुसार सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो । विवाद चर्कंदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा सोमबार राति साढे ९ बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनतालाई सर्वसुलभ तरिकाले काठ उपलब्ध हुन्छ : मुख्यमन्त्री केसी
नारद कोहारतौलिहवा, जेठ २४ गते । प्रदेश सरकर वन सम्बन्धी ऐन नियम बनाएको कारण सम्पूर्ण जनतालाई सर्वसुलभ तरिकाले काठ उपलब्ध हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले कपिलबस्तुको जितपुरमा आयोजना गरेको अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सबै सामुदायिक वनले आ–आफ्नो नियमअनुसार राजश्व तिर्ने, संरक्षण गर्ने र लाभ पाउने व्यवस्था प्रदेश सरकारले गरेकाले आउने दिनमा वनभित्र चोरी निकासी नहुने मुख्यमन्त्री केसीले बताउनुभयो ।प्रदेशको ५९ प्रतिशत वनको स्रोत भएकाले समृद्ध प्रदेश बनाउन यसले कोसेढुंगा सावित हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले वन क्षेत्रलाई मात्रै व्यवस्थित ग¥यो भने पर्यटकीय प्रर्वद्धनमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो ।”आउने आर्थिक वर्षदेखि लुम्बिनी प्रदेशको सबै सरकारी निकायमा आफ्नै प्रदेशमा उत्पादित फर्निचरको प्रयोग हुने समेत उहाँले बताउनुभयो । यसको लागि एउटा ठूलो अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
स्रोत नखुलेको करिब चार कराेड रूपियाँसहित पाँचजना पक्राउ
चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार रूपैयाँसहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चार जना चिनियाँ नागरिकसहित पाँचजनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ ।
चार दिनदेखि शव घटनास्थलमै
हराएको पाँच दिनपछि मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको शव चार दिनसम्म घटनास्थलमै रहेको छ ।
बैंकिङ कसुर मुद्दामा दुई महिला पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै झुक्यानमा पारेर खातामा पैसा नभएको चेक दिएर बैंकिङ कसुर गर्ने दुई महिलालाई मङ्गलबार पक्राउ गरेको हो ।
नापीका सर्वेक्षक र अमिनविरुद्ध भ्रष्टाचारको मुद्दा
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गोली लागेर एकको मृत्यु
बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीके गोली लागी एकजनाको मृत्यु भएको छ ।