• १२ असार २०८१, बुधबार

जनतालाई सर्वसुलभ तरिकाले काठ उपलब्ध हुन्छ : मुख्यमन्त्री केसी

blog

वन उपभोक्ता महासंघको अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री । तस्विरः नारद कोहार । तौलिहवा

नारद कोहार

तौलिहवा, जेठ २४ गते । प्रदेश सरकर वन सम्बन्धी ऐन नियम बनाएको कारण सम्पूर्ण जनतालाई सर्वसुलभ तरिकाले काठ उपलब्ध हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले कपिलबस्तुको जितपुरमा आयोजना गरेको  अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

सबै सामुदायिक वनले आ–आफ्नो नियमअनुसार राजश्व तिर्ने, संरक्षण गर्ने र लाभ पाउने व्यवस्था प्रदेश सरकारले गरेकाले आउने दिनमा वनभित्र चोरी निकासी नहुने मुख्यमन्त्री केसीले बताउनुभयो ।

प्रदेशको ५९ प्रतिशत वनको स्रोत भएकाले समृद्ध प्रदेश बनाउन यसले कोसेढुंगा सावित हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले वन क्षेत्रलाई मात्रै व्यवस्थित ग¥यो भने पर्यटकीय प्रर्वद्धनमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो ।”

आउने आर्थिक वर्षदेखि लुम्बिनी प्रदेशको सबै सरकारी निकायमा आफ्नै प्रदेशमा उत्पादित फर्निचरको प्रयोग हुने समेत उहाँले बताउनुभयो । यसको लागि एउटा ठूलो अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो ।