बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादी उप्रेति पक्राउ
काठमाडौंको चण्डोलबाट बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका –५ घर भइ हाल काठमाडौं महानगरपालिका–३२ डिल्लीबजार बस्ने ४२ वर्षीया बन्दना उप्रेति रहनुभएको छ ।
८० राउण्ड गोलीसहित एक पक्राउ
झापाका बिभिन्न स्थानमा मोबाइल चोरीमा संलग्न भद्रपुुर नगरपालिका–५ का १८ बर्षिय मोहमद प्यारेको साथबाट ८० राउण्ड गोली प्रहरीले बरामद गरेको छ । भद्रपुरमा राजु अग्रवालले सञ्चालन गरेको प्रियंका मोवाइल पसलमा विभिन्न कम्पनीका मोबाइल चोरी भएपछि प्रहरीले प्यारेको घरमा छापा मारेको थियो । प्रहरीले उनको घरमा गाडेको अवस्थामा सो परिणामको गोलीसहित विभिन्न कम्पनीका मोवाइल र चार्जर फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्रोत नखुलेको २० लाख नगदसहित दुईजना पक्राउ
प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको २० लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।
नाबालिका तथा महिलाको तस्विर सम्प्रेषण गरी चरित्र हत्या गर्ने पक्राउ
सामाजिक सञ्जालमा ४ जना नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–६ टोदह बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका–३ घर भएका विकाश भन्ने ३१ वर्षीय राजेश बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
अख्तियारद्वारा छुट्टाछुट्टै पाँच मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कसुरमा मंगलबार विशेष अदालत काठमाडौंमा छुट्टाछुट्टै पाँचवटा मुद्दा दायर गरेको छ ।
पशुपन्छी बजार प्रवर्द्धनका निर्देशकसहित सात जनाविरुद्ध ४७ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौं, असार २८ गते। पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालयका निर्देशकसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४७ लाखभन्दा बढी बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय कार्यालय, हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित सात जनाले गैरकानुनी लाभ हुने गरी सरकारलाई हानी पुर्याएर भ्रष्टाचार गरेको आरोपमा मङ्गलबार मुद्दा दायर भएको हो। निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाईं, वरिष्ठ पशु चिकित्सक पूजा शर्मा, कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशकुमार लिम्बु र कन्सल्टेन्सीका सञ्चालकसहित सात जनाविरुद्ध ४७ लाख ३७ हजार ६२९ रुपियाँको बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको हो। पशुहाट बजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका ५ जिरीखिम्तीमा आफूलाई फाइदा हुने गरी गलत मनसाय राखेर सरकारलाई हानीनोक्सानी पुर्याउने गरी बिल भरपाइ पेश गरेको आरोप अख्तियारले लगाएको छ। उनीहरुमाथि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मङ्गलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो।
बालिका बलात्कार : प्रधानाध्यापकसहित चारजना कारागार चलान
ओखलढुङ्गामा बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रधानाध्यापकसहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । बालिकालाई बलात्कार गरेको एक प्रधानाध्यापक सहित पक्राउ परेका चार जना आरोपीहरु पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
तमोर खोलामा हाम फाली बेपत्ता
तमोर खोलामा हाम फालेर धनकुटा नगरपालिका वडा नम्वर ९ बस्ने एक महिला बेपत्ता भएका छन् ।
करणी गरेको आरोपमा ट्रिपर चालक पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ट्रिपरभित्र १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गर्ने दोलखा गौरीशङ्कर गाउँपालिका–८ निवासी ३२ वर्षीय ट्रिपर चालक ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।