जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
चिनियाँ नागरिकको अपहरण आरोपमा चार भारतीय पक्राउ
मकवानपुरको भीमफेदीबाट प्रहरीले चिनियाँ नागरिक अपहरणको आरोपमा चार जना भारतीय नागरिक नियन्त्रणमा परेका छन् । काठमाडौँबाट मङ्गलबार चिनियाँ नागरिक अपहरण गर्ने कार्यमा संलग्न भएको अभियोगमा भिमफेदी गाउँपालिका –६ स्थित जुरिखेतबाट भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ बाट एक सय ११ किलोग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
भन्सार छलीका सामानसहित दुई पक्राउ
भन्सार छलीका सामानसहित प्रहरीले रौतहटको दुर्गाभगवती गाउँपालिका ५ बागमती नदी किनारबाट दुई जनालाई पक्राउ गरेका छन् ।
बालक अपहरण गर्ने तीनजना पक्राउ
सर्लाहीमा एक भारतीय बालकलाई अपहरण गरी बन्धक बनाएर राख्ने तीनजना पक्राउ परेका छन् ।
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरु सवार दुई वटा भारतीय कारलाई पनि नियन्त्रणमा लिइएको छ ।
ठेकेदार र हाकिमको मिलेमतोले १० वर्षसम्म पुल नबनेपछि स्थानीय आन्दोलित
लामो समयदेखि पुल निर्माण नहुनु तथा सडक स्तरोउन्ती नभएपछि गण्डकी प्रदेशलाई तराई जोड्ने छोटो दूरीको बुद्धसिंह मार्गका उपभोक्ता आन्दोलित भएका छन् । आन्दोलित बासिन्दाले सडक अवरोध गर्नुका साथै सडकमै धर्ना दिएका छन् ।
मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना पक्राउ
नेपाल प्रहरीले दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याएका तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी कारबाहीका लागि भन्सार कार्यालय चलान गरेको छ।
युरोपको प्रलोभन देखाएर ठगी गर्ने पक्राउ
रोजगारीका लागि युरोपका विभिन्न मुलुकमा पठाइदिने भनी ठगी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
टीकापुर जग्गा प्रकरण : सतासी जना दोषी ठहर
कैलालीको टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा ८७ जना दोषी ठहर भएका छन् ।
४४ हजार क्याप्सुल लागूऔषधसहित तीन पक्राउ
धरान उपमहानगरपालिकाबाट ४४ हजारभन्दा बढी क्याप्सुल लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सहकारीका प्रबन्धक कुट्ने वडाध्यक्षसहित पाँच प्रक्राउ
सहकारीको प्रबन्धकलाई कुटपिट गरेको आरोपमा तनहुँमा प्रहरीले एकजना जनप्रतिनिधि सहित पाँच जनालाई पक्राउ गरेको छ । भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँचजना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अशोककुमार थापाले बताउनुभयो ।
अख्तियारका अधिकृतलाई घुस दिने प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुर्व प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने पाँच जना पक्राउ
जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् ।
पोल्यान्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर, ललितपुर महानगरपालिका–६ बस्ने ३६ वर्षीय रूपेश महर्जन रहेका छन् ।
लागूऔषधसहित पाँच पक्राउ
कैलाली प्रहरीले लागूऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
२४ किलो बढी चरेससहित तीन पक्राउ
दाङमा प्रहरीले २४ किलो बढी अवैध लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।
हजुरबुबाको हत्या आरोपमा नाति नातिनी पक्राऊ
दिपकप्रसाद गौतम वीरगञ्ज, पुस २४ गते । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ जगतपुरमा ८० वर्षीय रामजान देवानको हत्या आरोपमा पर्सा प्रहरीले उनका नाति र नातिनीलाई पक्राउ गरेको घटना सार्वजनिक भएको छ । प्रहरीले मङ्गलबार २० वर्षीया खुश्बु खातुन र १८ वर्षीय काबुल देवानलाई आफ्नै ८० वर्षीय हजुरबुबा रामजान देवानको हत्या गरेको आरोपमा अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार घरायसी विवादको क्रममा सोमबार राति रामजानमाथि कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका रामजानलाई वीरगञ्जको हेल्थ केयर अस्पताल हुँदै न्युरो अस्पताल लगिए पनि उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको थियो । अनुसन्धानका क्रममा कुटपिटमा संलग्न देखिएका नाति नातिनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पोल्यान्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा पोल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका ३७ वर्षीय राजेश बरामलाई मङ्गलबार पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ ।
खेल आयोजना गरी पुरस्कार नदिने दुई पक्राउ
कास्की प्रहरीले खेल आयोजना गरी पुरस्कार नदिई सम्पर्कविहीन हुने दुई जनालाई पक्राउ गरेको छ ।
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।
बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ ।