सुरक्षाकर्मीलाई दिनुपर्छ भनी पैसा असुल्ने अटो चालक पक्राउ
भन्सारमा नेपाली सुरक्षाकर्मीलाई दिनुपर्छ भनेर एक व्यक्तिबाट पैसा असुल्ने दुई जना अटो चालकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
सुनसरीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरिएको छ । १२ वर्ष अगाडि झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका कैदी विनायक यादवलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।
रुपन्देहीबाट ११२ बोरा चिनी बरामद
रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट कात्तिक २२ गते सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको टोलीले एक सय १२ बोरा चिनी बरामद गरेको छ ।
‘हनी ट्र्याप’ घटना अनुसन्धानमा सिआइबी
ललितपुरको भैँसेपाटी प्रहरी प्रभागका प्रहरीसमेतको मिलेमतोमा भएको ‘हनी ट्याप’ घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुरु गरेको छ ।
दाङमा हतियारसहित एक जना पक्राउ
दाङमा प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका–३ वनगाँउ हरियाली टोल निवासी ४० वर्षीय गणेश कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभएको छ ।
करोडौँ ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
‘हाइटेक’ अपराध अनुसन्धानमा चुनौती
प्रहरीले गत असोज २० गते काठमाडौँको ठमेल (ज्याठा) बाट पाँच जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो ।
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या प्रयास
झापाको दमकमा श्रीमतीमाथि हतियार प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
मलद्वारभित्र लागुऔषध लुकाउने व्यक्ति पक्राउ
चाडपर्वको समयमा समेत झापामा लागुऔषध भित्र्याउने गिरोह सक्रिय रहेको पाइएको छ ।
बलात्कार आरोपमा युवक पक्राउ
गोरखामा अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
उर्लाबारीका नगरप्रमुख खरेलमाथि मुक्का
मोरङको उर्लाबारी नगरपालिकाका नगरप्रमुख गङ्गाप्रसाद खरेलमाथि सोमबार दिउँसो हातपात भएको छ ।
अब ‘भर्चुअल’ बाटै अपराध अनुसन्धान
नेपाल प्रहरीले गर्ने अपराध अनुसन्धान र अभियोजन प्रक्रियामा अबदेखि भर्चुअल विधिको प्रयोग गरिने भएको छ ।
फल्स बटममा चाँदीको मूर्ति लुकाई ल्याउने पक्राउ
मकवानपुर प्रहरीले अवैध चाँदीसहित एक जना भारतीय नागरिकलाई हेटौँडाबाट पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ गरेको छ ।
वडाध्यक्षविरुद्ध ८० हजारको भ्रष्टाचार मुद्दा
झापाको बुद्धशान्ति गाउँपालिका–२ का अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध ८० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्रहरीद्वारा अवैध कपडा नियन्त्रणमा
सप्तरीको बोदेबर्साइन नगरपालिका-५ शत्रुधन चौकस्थितबाट अवैध कपडा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रधानको हत्या गर्ने तामाङ चार वर्षपछि पक्राउ
हत्या आरोपित फरार अभियुक्त मादी नगरपालिका–८ का राजकुमार तामाङलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०७७ साल माघ १० गते छिमेकी रत्नबहादुर प्रधानको हत्याका आरोपित तामाङ फरार थिए । उनलाई आज पक्राउ गरिएको डिएसपी दक्षकुमार बस्नेतले बताउनुभयो ।
अपराध अनुसन्धानमा नवीन प्रयोग आवश्यक
प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले फौजदारी न्याय प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नवीन प्रविधि र प्रयोगलाई अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।
दमक हत्याकाण्डमा संलग्न तीनजना सार्वजनिक
झापा प्रहरीले दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
सहकारी ठगी आरोपमा प्रदेश सांसदका छोरा पक्राउ
सहकारी ठगी आरोपमा झापामा प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ परेका छन्। सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाललाई पक्राउ गरेको हो।
रानीवनबाट पेस्तोलसहित एक युवा पक्राउ
पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा काठमाडौँको रानीवनबाट पक्राउ परेका छन् ।
जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ
पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट रु ९३ हजार तीन सय १५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
हत्या आरोपी डेढ वर्षपछि पक्राउ
सर्लाहीको हरिपूर्वामा एक भारतीय युवकको बीभत्स ढङ्गले हत्यागरी फरार रहेका युवक डेढ वर्षपछि पक्राउ परेका छन् ।
धारिलो हतियार प्रहार गरी हत्या
नवलपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । जिल्लाको देवचुली नगरपालिका वडा नं. ९ विशालटारका ३० वर्षीय अर्जुन नेपालीले सोही ठाउँका २९ वर्षीय मिलन मानन्धरलाई धारिलो हतियारले पेटमा प्रहार गरी हत्या गरेको नवलपुर प्रहरीले जनाएको छ ।