म्यान्मामा प्रख्यात विद्यार्थी नेता पक्राउ
म्यान्माको सुरक्षा बलले व्यापारिक केन्द्र याङ्गुनमा रातको समयमा छापा मारी प्रख्यात विद्यार्थी सङ्घ एवं विरोध समूहका नेतालाई पक्राउ गरेको उहाँको विरोध समूहका एक सदस्यले बिहीबार बताएका छन् ।
एक सय ६२ जुवाडे पक्राउ
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने क्रममा एक सय ६२ जुवाडेलाई पक्राउ गरेको छ ।
पानीको सय रुपियाँ लिने रेष्टुरेन्टलाई दुई लाख जरिवाना
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरको वडा नम्बर ६ लेकसाइडस्थित द वर्ल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।
बढी भाडा लिने ३१ जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढी भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करमा ३९२ किलो गाजा बरामद
मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाजा बरामद गरेको छ ।
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
दसैँमा बन्दीका मुद्दा र पक्राउ पुर्जीबारे सुनुवाइ हुने
दसैँ बिदाका समयमा पनि बन्दीप्रत्यक्षीकरण रिटसहितका अन्य जरुरी निवेदनको सुनुवाइका लागि अदालतहरू खुला हुने भएका छन् । सर्वोच्च अदालत, उच्च अदालत तथा जिल्ला अदालतले निश्चित दिनबोहक अन्यमा सुनुवाइको तालिका बनाएका छन् । आलोपालोमा न्यायाधीश उपस्थित हुने गरी इजलास व्यवस्था भएको अदालत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । घटस्थापनादेखि असोज ३० गते कोजाग्रत पूर्णिमासम्म अदालतहरू औपचारिक रूपमा बन्द रहने छन् ।
ब्राउन सुगरसहित दुई जना पक्राउ
चाडपर्व लक्षित सुरक्षा योजना तयार गरेर लागू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्जमा ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जबरजस्ती करणीका दुई आरोपीलाई कैद
इलामको माइ नगरपालिकाका ३२ वर्षीय दुर्गेश भनिने दुर्गाबहादुर भट्टराईलाई जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुनाएको छ ।
प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका१५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
घनले टाउकोमा प्रहार गरी एक जनाको हत्या
हरिनास गाउँपालिका –४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एक जनाको हत्या भएको छ । घन प्रहार गरी हत्या गरेको अभियोगमा मङ्गलबार प्रहरीले स्थानीय ३२ वर्षीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ ।
६७ लाखको सुनसहित भारतीय पक्राउ
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५, रातमाटेबाट मकवानपुर प्रहरीले बिलबिजक नभएको ६७ लाखको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले मङ्गलबार प्रहरी चेकपोस्टअगाडिबाट ४९० ग्राम ८८० मिलिग्राम अवैध सुनसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
पैतालामा टेपले बेरेर ल्याइएको सुनसहित भारतीय नागरिक पक्राउ
मकवानपुर प्रहरीले ठुलो परिणाममा अवैध सुनसहित एक भारतीय नागरिकलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ ।
भन्सार छलेर ल्याएका २१ लाख मूल्यका सामान बरामद
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएका २१ लाख बढीका सामान बरामद गरेको छ ।
सूर्यदर्शन सहकारी ठगीः छविलाल जोशीलाई सात दिन हिरासतमा राख्न अनुमति
सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन आरोपमा पक्राउ पर्नुभएका गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीमाथि अनुसन्धान गर्न शुक्रबार दोस्रो पटक म्याद थप भएको छ।
करणी गरेको आरोपमा एकजना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
फरार तीनजनालाई दुबईबाट पक्राउ गरी काठमाडाैँ ल्याइयाे
ठगीसम्बन्धी कसुर मुद्दा र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादी दुबईबाट पक्राउ परेका छन् ।
घुस लिने र दिने दुवै अख्तियारको नियन्त्रणमा
झापा बुद्धशान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् ।
चोरीमा संलग्न व्यक्ति प्रहरी नियन्त्रणमा
गोरखामा योजनाबद्ध ढङ्गबाट सुनको सिक्री चोर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिक्री लुटपाटमा संग्लग्न गोरखाको शहिद लखन गाउँपालिका – ९ नाम्जुङका ३८ वर्षीय सुनिल बिक र ललितपुर उपमहानगरपालिका – १६ का ३७ वर्षीय शैलेश ताम्रकारलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
स्रोत नखुलेका सात लाख रुपियाँसहित दुई जना पक्राउ
विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद ७ लाख रुपियाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ
झुट्टो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।
पत्नीको हत्या गरी राईले गरे आत्महत्या
इलामको सन्दकपुर गाउँपालिका– १ भित्तेमा एक व्यक्तिले पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । भित्तेका ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीय पत्नी फूलकुमारी राईलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको र उजबहादुरले झुन्डिएर आत्म हत्या गरेको भेटिएको इलामका एसपी प्रभुप्रसाद ढकालले बताउनु भयो ।
पूर्वसचिव ठाकुरलाई आठ वर्ष कैद सजाय
विशेष अदालतले मेलम्ची खानेपानीको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरलाई आठ वर्ष एक महिना कैद सजाय सुनाएको छ ।
अपडेट : लेबनानमा इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु
लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मर्नेहरुको सङ्ख्या चार सय ९२ जना पुगेको छ ।बिबीसीका अनुसार मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ अन्य घाइते भएको बताएको छ ।