कैदीबन्दी व्यवस्थापनमा समस्या
कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ । कारागारमा दुई सय ५५ पुरुष र २५ जना महिला कैदीबन्दी व्यवस्थापनको क्षमता भएपनि हाल ४२ जना महिला र सात सय ४२ पुरुष र चार जना आश्रित बालबालिका छन् ।
एक सय ७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट
रुकुमपश्चिमको विभिन्न ठाउँमा एक सय ७२ रोपनीमा लगाएको लागूऔषध अफिमखेती फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले यही महिना एक सय ७२ रोपनीमा लगाएको अफिमखेती नष्ट गरेको हो ।
मलङ्गवामा ५३ राउण्ड गोली बरामद
सर्लाही सदरमुकाम मलङ्गवाबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ । नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८, गोरखकालीबाट माटोमुनी गाडेर राखिएको ५३ राउण्ड गोली बरामद भएको हो ।
लागूऔषधसहित दश जना पक्राउ
ठुलो परिमाणको लागूऔषधसहित प्रहरीले दश जना कारोबारीलाई पक्राउ परेको छ । अवैध लागूऔषध खैरो हेरोइन एक सय ९४ दशमलव आठ सय ५० ग्राम, नियन्त्रित लागूऔषध पाँच सय तीन एम्पुल एवम् मनोनिपक पदार्थ नाइट्रोभेट एक हजार दुई सय ट्याब्लेटसहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको लागूऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ ।
टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका कार्यको नक्साङ्कन
कैलालीको टीकापुरमा लैङ्गिक हिंसा तथा बाल संरक्षणका क्षेत्रमा पालिका र सेवा प्रदायक सङ्घसंस्थाले गर्ने कार्यको नक्साङ्कन गरिएको छ ।
न्यायिक समितिले सात वर्षमा दुई सय ८१ उजुरीको किनारा लगायो
वीरगन्ज महानगरपालिका अन्तर्गतको न्यायिक समितिले पछिल्लो सात वर्षमा दुई सय ८१ वटा उजुरीको किनारा लगाएको छ ।
तस्करको आक्रमणबाट प्रहरी हवलदार घाइते
भारतबाट दुई वटा साइकलमा लोड गरी मोरङको रतुवामाई –१ सोनापुर तर्फ अवैध रूपमा ल्याउँदै गरेको धानको बीउ नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरी हवलदार युवराज तामाङ घाइते हुनु भएको छ ।
बसले झारेको युवकको मृत्यु
झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा बुधबार बिहान यात्रुवाहक बसले बेहोस अवस्थामा झारेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
लागूऔषधसहित दुई महिला पक्राउ
सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागूऔषधसहित प्रहरीले दुई महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।