• १० माघ २०८१, बिहिबार

जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

blog

देवराम प्रसाद यादव

सप्तरी, माघ १० गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले जबरजस्ती करणी र शारीरिक आक्रमणको आरोपमा अकलेश कुमार मण्डललाई पक्राउ गरेको छ । माघ ९ गते बुधafर बिहान ५ः४५ बजे विष्णुपुर गाउँपालिका–७ स्थित कोशी सहायक नहरको दक्षिणी क्षेत्र डिल्स्थित स्थानमा १५ वर्षीय किशोरीमाथि घटना भएको हो ।

पीडित किशोरी दैनिकझैँ बिहान ५ बजे साइकलमा कलेज जाँदै गर्दा मझाउ टोलबाट पूर्व साइफन पुल नजिकैको एकान्त स्थानमा आरोपी मण्डलले उहाँलाई रोक्ने प्रयास गरेका थिए । आरोपीले किशोरीलाई जबरजस्ती करणी गर्ने मात्र नभई प्रतिकार गर्ने क्रममा उहाँको बायाँ हात भाँचिएको र जबरजस्ती गरेको घटना घटाएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

घटना भएको केही समयपछि, इलाका प्रहरी कार्यालय विष्णुपुरले सूचना प्राप्त गरेर आरोपीलाई तत्काल नियन्त्रणमा लिएको थियो । पीडित किशोरीले बुधबार नै जाहेरी दर्ता गराउनुभएको छ । जाहेरीमा आफूले गम्भीर शारीरिक र मानसिक आघात व्यहोरेको उल्लेख गर्दै कानुनी कारबाहीको माग गर्नुभएको छ ।

प्रहरीले आरोपीलाई अदालतमा पेस गरेर म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले यस घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ । पीडितको स्वास्थ्य परीक्षणसमेत गराइएको छ भने घटनाबारे थप अनुसन्धानको साथै प्रमाण जुटाउने काम भइरहेको जनाएको छ ।