विजयकुमार साह
ढल्केबर, माघ १३ गते। धनुषा प्रहरीले श्रीमतीको हत्या आरोपमा धनुषाधाम नगरपालिका–५ का ३३ वर्षीय देवलाल ठाकुरलाई पक्राउ गरेको छ।
शनिबार राति २ बजे २७ वर्षीया श्रीमती सङ्गीतालाई लाठी प्रहार गरी हत्या गरेको आरोपमा ठाकुरलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय धनुषाधामका अनुसार सङ्गीताको गम्भीर चोटका कारण घटनास्थलमै मृत्यु भएको हो। देवलालले श्रीमतीसँग घरभित्र विवाद भएपछि आवेशमा आएर लौरो प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
ठाकुरलाई पक्राउ गरेर प्रहरीले संगीताको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।