एक सय २० सशस्त्र प्रहरी कारबाहीमा
सशस्त्र प्रहरी बल नेपालले सङ्गठनको निर्देशनविपरित सामाजिक सञ्जालमा सङ्गठनको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्विर तथा भिडियो बनाई अपलोड गरेका एक सय २० जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई विभागीय कारबाही गरेको छ ।
एक अर्ब ६४ करोडको अनलाइन जुवा खेलाउने २४ जना पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अनलाइन सट्टेबाजी जुवामा संलग्न रहेको आरोपमा २४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर वेलका नगरपालिका–४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ३२ वर्षीया शर्मिला बिष्ट रहेका छन् ।
रुख कटान गरेको आरोपमा दुई जना पक्राउ
जिल्लाको टुटेश्वर सब डिभिजन वन क्षेत्रबाट स्वीकृतिबिना संरक्षित प्रजातिका ६९ थान रुख कटान गरेको आरोपमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसहित दुई जनालाई पक्राउ गरिएको छ ।
सालक संरक्षणका लागि जनचेतनामूलक सडक नाटक
उत्तरी मोरङको केरावारी–याङ्सिला क्षेत्रबाट सङ्कटापन्न अवस्थामा रहेको सालक चोरी तस्करी बढेपछि स्थानीय नमूना पर्माकल्चर सिकाइ थलो याङ्सिलाले ‘तस्करी’सडक नाटक प्रदर्शन गरेको छ ।
विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ
अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
बेलायत लैजान्छु भनी छ लाख ठग्ने दुई पक्राउ
डिपेन्डेन्ट भिसामा बेलायत पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर ठगी गरेको भन्दै कास्की प्रहरीमा उजुरी परेको थियो ।
विराटनगरमा सोरुम फोडेर कार चोरी
विराटनगरमा सोरुम फोडेर कार चोरी भएको छ । शुक्रबार बिहान सोरुमको मुख्य गेट खोलेर, भित्रको सीसा भएको ढोका फोडेर कार चोरेको थाहा भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधसहित दुई जना नियन्त्रणमा
सशस्त्र प्रहरी बलले काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ स्थित नयाँ बस्तीबाट आज ‘पोलाइन्ड’ नामक लागूऔषध जस्तो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ
खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क र बढी हुने साउथ सुडान
विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ ।
चितुवाको छालासहित एक पक्राउ
कैलाली प्रहरीले चितुवाको छालासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ
बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरी कुट्ने चार युवा पक्राउ
व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो ।
कैलालीमा बालिकामाथि सामूहिक बलात्कार
कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बर्दगोरिया गाउँपालिकामा डेरा गरी बस्ने बालिकामाथि दुई जनाले बलात्कार गरेका हुन् ।
प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ
नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए ।
राजधानीमै बालक अपहरित
ललितपुर पाटनबाट चार वर्षीय बालकलाई अपहरण गरी होटेलमा बन्धक बनाएको आरोपमा प्रहरीले एक भियतनामी युवकलाई नियन्त्रणमा लिएको छ ।
अवैध सुन र एक लाख बढी नगदसहित एक पक्राउ
दाङमा प्रहरीले अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उपमहानगरपालिका –१५ ट्राफिक चोकबाट घोराही उपमहानगरपालिका –१४ मिलनचोक निवासी २५ वर्षीय रञ्जित रसाइलीलाई अवैध सुन र नगदसहित पक्राउ गरेको हो ।
नगर प्रमुख बस्नेतविरुद्ध आठ करोड ६९ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध आठ करोड ६९ लाख ८७ हजार १०५ रुपियाँको भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ।
चक्कु देखाएर बलात्कार
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी बालिकालाई चक्कु देखाएर एक १८ वर्षीय किशोरले बलात्कार गरेका हुन् ।
सप्तरीमा सात सय २६ केजी लागु औषध बरामद
सप्तरी प्रहरीले भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलनमार्फत सात सय २६ किलो लागु औषध गाँजा बरामद भएको जानकारी दिएको हो ।