अध्यक्ष चयन प्रक्रिया सुरु
करिब नौ महिनादेखि नेतृत्वविहीन बनेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अगाडि बढेको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै २०८० पुस २० गतेबाट बोर्ड नेतृत्वविहीन छ ।
राष्ट्रिय वाणिज्य बैंक र दुई रेमिटबीच भुक्तानी सम्झौता
विश्वका जुनसुकै देशबाट पनि निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयबाट भुक्तानी हुने भएको छ ।
उखु र दुध किसानको बक्यौता तिर्न दुई अर्ब निकासा
सरकारले दुध तथा उखु किसानको बाँकी बक्यौता रकम उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीको विशेष पहलमा दुध तथा उखु किसानका लागि झण्डै दुई अर्ब रुपियाँ निकास भएको हो ।
सुन हालसम्मकै महँगो
लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा पाँच सय रुपियाँले वृद्धि हुँदा सुन हालसम्मकै महँगो हुन पुगेको छ ।
जिल्ला प्रहरी बाँकेद्वारा १० करोडभन्दा बढी राजश्व असुली
भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा जिल्ला प्रहरी कार्यालयले विभिन्न गैरकानुनी काम गर्नेहरूबाट गत आर्थिक वर्षमा १० करोड २६ लाख रुपियाँ राजस्व सङ्कलन गरेर दाखिला गरेको छ ।
असुल गर्नुपर्ने बेरुजु साढे सात करोड
स्थानीय तहका जनप्रतिनिधिले नागरिकको जनअपेक्षा अनुसार काम गर्न नसकेको जनगुनासो चुलिँदै जाँदा आएको बजेटको समेत आफूखुसी मनपरी ढङ्गले खर्च गर्ने समस्याले स्थानीय तहमा बेथिति बढ्दै गएको छ ।
सुनको मूल्यमा कीर्तिमान
अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो ।
निगमले पाँच ठाउँबाट टिकट बिक्री गर्ने
नेपाल वायुसेवा निगमले काठमाडौँसहित पाँच स्थानबाट अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने भएको छ ।
हवाई उडानको चाप बढ्दै, कस्तो छ सुरक्षा व्यवस्था
चाडपर्व नजिकिँदै जाँदा विदेशबाट स्वदेश र शहरबाट गाउँघर फर्कने क्रम बढ्ने गर्दछ ।
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।
साल्टले सुरु गर्यो सुपथ मूल्य पसल
साल्ट ट्रेडिङ कर्पोरेसनले सोमबारबाट सुपथ मूल्य पसल सुरु गरेको छ ।
अमेरिकामा भन्सार छुट पाएका वस्तुको निर्यात न्यून
अमेरिकाले स्वदेशी वस्तुको निर्यातमा सहुलियतस्वरूप ७७ वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको थियो । माग अनुसार व्यवसायीले सामान निर्यात गर्न नसक्दा निर्यात न्यून देखिएको छ ।
जापानमा नेपाली श्रमिकको प्रशंसा
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकका लागि जापानी श्रम बजारमा हुन सक्ने अवसर त्यहाँ सरकारका मन्त्रीहरूसँग छलफल गर्नुभएको छ ।
दसैँको मुखमा खानेतेलको मूल्यवृद्धि
नेपालीका ठुला चाडपर्व दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि भएको छ । पछिल्लो एक/डेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपियाँका दरले थोकमै वृद्धि भएको हो ।
ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
प्रतितोला चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु चार सयले उकालो लागेको छ ।
टेलिकमद्वारा अर्घाखाँची अस्पताललाई सामग्री हस्तान्तरण
नेपाल टेलिकम केन्द्रीय कार्यालयले अर्घाखाँची अस्पताललाई १० थान ‘बेड कम चेयर्र्स’ कुर्सी हस्तान्तरण गरेको छ । टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रमअन्तर्गत सामग्री प्रदान गरेको हो ।
सुनको मूल्य हालसम्मकै उच्च
स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।
‘उद्यमशीलता प्रवर्द्धन गर्न कर्जा सुरक्षण अत्यावश्यक’
उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् ।
यस्तो छ आजको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ ।
महानगरको नमुना उद्यमद्वारा उत्पादित बस्तु बिक्रीमा
काठमाडौँ महानगरपालिकाले ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ अन्तर्गत वडाहरूबाट उत्पादन भएका बस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबि सेन्टरमा प्रदर्शनी तथा बिक्री सुरु गरेको छ ।
डलर, युरो र पाउन्डको मूल्य घट्यो
शुक्रबारको तुलनामा आज अमेरिकी डलरका साथै युरो र पाउन्ड स्ट्रलिङको मूल्यमा गिरावट आएको छ ।
इपिएस कोरिया : सिप परीक्षामा आठ हजारभन्दा बढी उत्तीर्ण
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दोस्रो चरणको भाषा र सिप परीक्षामा आठ हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
वैदेशिक रोजगारीमा ठगी : पाइलैपिच्छे रकम लिएको गुनासो
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई सहजीकरण गरिदिने भन्दै बिचौलिया श्रम प्रतिनिधिले मनलाग्दी पैसा लिने गरेको गुनासो आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।