• ११ असोज २०८१, शुक्रबार

सुन हालसम्मकै महँगो

blog

काठमाडौँ, असोज ११ गते । लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा पाँच सय रुपियाँले वृद्धि हुँदा सुन हालसम्मकै महँगो हुन पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार सात सय रुपियाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ । रासस