यस्तो छ सातै प्रदेशको एसइईको नतिजा (सूचीसहित)
बिहीबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ । गत वर्षको चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् ।
पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता
लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा मङ्गलवार राति गएको पहिरोले तीन वटा घर बगाएको छ भने एकै परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
कोशी सरकारविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको हो ।
प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८१ पारित
प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक' २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो ।
मामाद्वारा भान्जाको घरबाट दुई करोड लुटपाट, चार जना पक्राउ
डाँका चोरी तथा लुटपाट गरी फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मङ्गलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डाँका चोरी तथा लुटपाट गरी फरार रहेका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)
सरकारले सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकमा २१ निर्णय सार्वजनिक गर्नुभएको हो ।
निलम्बित मुख्यसचिव अर्याल राष्ट्रिय योजना आयोगमा सरुवा
सरकारले निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।
एकै गाउँका तीन किशोरी बेपत्ता
झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू एकैसाथ हराएको ४ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि परिवारले खोजी कार्य गरिदिन प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् ।
पोखरामा इनड्राइभ र पठाओ चलाउन रोक
कास्कीको पोखरामा अनधिकृत रूपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो ।
सहकारी ठगीमा सञ्चालकदेखि नियामकसम्म
पोखराबाट साढे तीन सय किलोमिटर टाढा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष अहिले कास्की कारागारमा हुनुहुन्छ । पोखरा–४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी अभियोगमा वडाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि कारागार चलान हुनुभएको हो । उहाँ सूर्यदर्शनको उपाध्यक्ष हुनुहुन्छ । सूर्यदर्शन घोटालाका मुख्य योजनाकार गितेन्द्रबाबु (जिबी) राईको घर ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ को साँदीमा पर्छ । ओखलढुङ्गाका अध्यक्ष र रामेछापका बासिन्दा उपाध्यक्ष रहेको पालिकास्तरको यो सहकारीबाट कास्कीमा एक अर्ब ३५ करोड ५३ लाख अपचलन भएको छ । जिबी, उहाँका दाजु भूपेन्द्र र पूर्वअध्यक्ष थानबहादुर बुढाविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ ।
शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द
मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ।
राष्ट्रपति पौडेललाई गार्ड अफ अनर
जर्मनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ ।
ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने
सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आन्दोलन फिर्ता भएको छ ।
सूचना प्रविधि दशक सफल बनाउन सञ्चार मन्त्री शर्माको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री दाहालसँग सिपिपिसिसीका उपाध्यक्ष बातेरको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ जनराजनीतिक परामर्शदाता सम्मेलन (सिपिपिसिसी) का उपाध्यक्ष बातेरले आज शिष्टाचार भेट गर्नुभएको छ ।
बढ्दै सर्पदंशका बिरामी : सर्पदंश केन्द्रमा जान सुझाव
गर्मी महिना बढेसँगै सर्पदंशका बिरामी बढ्दै गएका छन् । जेठदेखि भदौसम्ममा सर्प खाना खोज्न बाहिर निस्कने हुँदा सर्पदंशका बिरामी बढ्ने चिकित्सकको भनाइ छ ।
सुदूरपश्चिमको बजेट ३१ अर्ब ६२ करोड ९८ लाख
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले सुदूरपश्चिम प्रदेश सभामा बजेट पेश गर्नुभएको छ ।
गण्डकीमा ३३ अर्बको बजेट
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ को बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शनिबारको प्रदेशसभामा आर्थिक वर्ष ०८१/०८२ को बजेट प्रस्तुत गर्नुभएको हो।
लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को लागि ३८ अर्ब ९७ करोड बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ९४ हजार र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराउनुभयो ।
कोशीको बजेट ३५ अर्ब २७ करोड, पूर्वाधार विकास प्राथमिकतामा
कोशी प्रदेश सरकारले शनिबार प्रदेश सभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विभिन्न शीर्षकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।
पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते
सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।
भरत ताल निर्माणमा भ्रष्टाचार : बागमतीका नगर प्रमुखविरुद्ध ३० करोडको मुद्दा
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार प्रमुख थापाविरुद्ध ३० करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा मङ्गलबार आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।