कर्मचारीको तलब मर्यादाक्रम अनुसार लागू गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)
सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारी सरह हुने गरी अबिलम्ब सुरु तलबमान समायोजन–निर्धारण लागू गर्न–गराउन परमादेश जारी गरेको छ ।
प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिनुहुने
प्रधानमन्त्री केपी शर्मा ओली साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने हुनुभएको छ । सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्रीले अब बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुनेछ ।
सिमलताल पहिरो : १५ जनाको शव भेटियो, आठको सनाखत
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।
बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत दिइने
सरकारले बाढीपहिरो एवं प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्राध्यापकबाट राजनीतिमा सक्रिय विद्या भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी
वि. सं. २०७२ मा खुला प्रतिस्पर्धाबाट त्रिवि सेवा आयोग पास गर्दा विद्या भट्टराईको सपना थियोः कुनै दिन प्राध्यापक बन्छु। विद्यार्थीलाई समाज र यसका अवयव सिकाउँछु।
नवनियुक्त गृहमन्त्री लेखकद्वारा पदभार ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए लगत्तै सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो।
बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल
गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताउनुभएको छ ।
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीमा १४९ सुरक्षा फौज परिचालन
त्रिशूली नदीमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजी कार्यका लागि एक सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।
अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । नेपाली समयअनुसार आइतबार बिहान अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो ।
गैँडाकोटमा भेटिएको दुई शवको पहिचान
नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
सिमलताल बस दुर्घटना : मृतकको पहिचान खुल्यो
पश्चिम चितवनको मेघौली गोलाघाटस्थित नारायणी नदीमा भेटिएको शव भारतीय नागरिकको पहिचान खुलेको छ ।
त्रिशूलीमा बेपत्ता बस र यात्रु खोजीमा ड्रोन क्यामरा प्रयोग
शुक्रबार बिहान पहिरोसँगै बगेर त्रिशूली नदिमा बेपत्ता भएको बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरिएको छ ।
सभापति देउवा र अध्यक्ष ओली राष्ट्रपति कार्यालयमा
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान भए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली महाराजगन्जस्थित राष्ट्रपति कार्यालय पुग्नु भएको छ ।
राष्ट्रपतिद्वारा प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ ।
राष्ट्रपति पौडेलद्वारा सरकार गठन गर्न कानुनविद्सँग परामर्श
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भए लगत्तै उहाँले नयाँ सरकार गठनका लागि कानुनविद्सँग परामर्श थाल्नुभएको हो।
अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्रीको कार्यभार प्रचण्डलाई
राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्म मन्त्रिपरिषद्ले गर्ने कार्य सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोक्नुभएको छ।
राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् ।
चितवन दुर्घटनाका बेपत्ताको पहिचान (नामावलीसहित)
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकको १३ ठाउँमा गएको पहिरो हटाएर सडक सञ्चालमा ल्याइएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो ।
२४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु
विगत २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायी लगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो ।
आर्थिक सङ्कट डिलबाट बाहिर आएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभएको छ ।
चार लाख घुससहित नापी सर्भेक्षक र लेखापढी व्यवसायी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव र आर.बि. लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।
बाढी पहिरोमा परेर ११ को मृत्यु, चार घाइते
लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढी पहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
पहिरोमा पुरिँदा सातको मृत्यु, दुई घाइते
पोखरा महानगरपालिका १९ पुरनचौरमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।