५८४ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का
वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै ती म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जनाएको हो ।
बूढानीलकण्ठमा देउवा र ओलीको भेटवार्ता
नयाँ राजनीतिक परिवेशमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा अहिले भेटवार्ता भइरहेको छ ।
बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते
अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ ।
धनगढीमा दुई पुरुषको मृत्यु
कैलालीको लम्कीचुहा नगरपालिकामा अचेत अवस्थामा फेला परेका दुई पुरुषको मृत्यु भएको छ ।
पोखरामा पहिरोले घर बगायो, एक जनाको मृत्यु
मङ्गलबार साँझबाट निरन्तरको वर्षापछि आएको पहिरोमा परी पोखरा महानगरपालिका वडा नम्बर २७ मा एक जनाको ज्यान गएको छ । बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर पोखरा २७ का २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको हो ।
मुकुल ढकाल महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई पदबाट बर्खास्त गरेको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई महामन्त्री, केन्द्रीय सदस्य र पार्टी प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपता
कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपता भएका छन् । कैलाली जिल्लाको कैलारी गाउँपालिका–९ गदरियाका १७ वर्षीय अजय राना नुहाउने क्रममा डुबेर बेपत्ता हुनु भएको हो । राना सोही ठाउँको भुररा नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सुदूरपश्चिमको पहाडी जिल्ला जोड्ने राजमार्ग अवरुद्ध
वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमको पहाडी जिल्लामा जाने यातायात पनि अवरुद्ध भएको छ ।
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो
लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
‘अध्यक्ष ओली धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बन्नुहुन्छ’
नेपाली कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७६ (२) अनुसार नै मुलुकको प्रधानमन्त्री बन्ने बताएको छ । शनिबार संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक रमेश लेखकले सो कुरा बताउनुभएको हो ।
अविरल वर्षाका कारण देशभर ३६ सडक पूर्णरुपमा अवरुद्ध (विवरणसहित)
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशभरमा ३६ वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् ।
अविरल वर्षाबाट जनजीवन प्रभावित
गएरातिदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जलसतह बढेको छ । यहाँका कतिपय सडकमा पानी जमेर आवागमन प्रभावित भएको छ ।
जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वास मत लिनुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयअनुसार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको असार २८ गते बस्ने बैठकमा विश्वास मत लिन लाग्नुभएको हो ।
नेकपा एस महाधिवेशनः ९३ सदस्यीय कार्यसमिति घोषणा
नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार काठमाडौँमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
द्वन्द्वमा अपहरणपछि बेपत्ता श्रीमान-श्रीमतीको २० वर्षपछि भेट
सशस्त्र द्वन्द्वको समयमा खोटाङमा विद्रोही पक्षबाट अपहरणमा परेका श्रीमान २० वर्षदेखि बेपत्ता थिए।अपहरण पश्चात बेपत्ता श्रीमान र श्रीमतीको अहिले २० वर्षपछि भेट भएको छ।
मनसुन भित्रिएको २५ दिनमा ४५ जनाको मृत्यु, आठ करोड क्षति
विज्ञ उप्रेतीका अनुसार नेपालमा मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने आठ करोड २० लाखभन्दा बढीको हानी नोक्सानी भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा मङ्गलबार अपराह्न भएको भेटमा प्रधानमन्त्री प्रचण्डले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिनुभएको राष्ट्रपतिका सञ्चारविज्ञ किरण पोखरेलले राससलाई जानकारी दिनुभयो ।
राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार : कांग्रेस
नेपाली कांग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ ।
प्रधानमन्त्रीले राजीनामा नदिने, संसदमा विश्वासको मत लिने
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने र संसदमा विश्वासको मत लिने निर्णय गरेको छ ।
पाँच नक्कली कम्पनी सञ्चालन गरी ३२ सय केजी सुन तस्करी, १२ जना पक्राउ
नेपाल प्रहरीले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको बताएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी गरेको पत्ता लागेको बताएको हो ।
बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठनको माग
नेपाल समाजवादी पार्टीले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना सम्पन्न गर्नका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ।
शिक्षण प्रणालीमै सुधारको खाँचो
राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सहभागीमध्ये ५२.१४ प्रतिशत विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) आएको छ । यस पटक परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । एनजी समूहमा परेका दुई लाख ४२ हजार ३१३ जना विद्यार्थीका लागि तत्काल कक्षा ११ मा भर्ना हुने बाटो बन्द भएको छ तर तीमध्ये एक वा दुई विषयसम्म एनजी ल्याएका परीक्षार्थीलाई बोर्डले ग्रेडवृद्धि परीक्षाको मौका दिने छ ।