• ११ असोज २०८१, शुक्रबार

उपत्यकाका नदीमा जलसतहले पार गर्‍यो सतर्कता तह

blog

लगातार वर्षापछि काठमाडौँ उपत्यकाको नदीमा जलसतहले पार गर्‍यो सतर्कता तह । फाइल तस्बिर

काठमाडौँ, असोज ११ गते । जल तथा मौसम विज्ञा विभागले काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तहपार गरेको जनाएको छ ।

मौसम विभागले शुक्रबार दिउँसो सूचना जारी गर्दै उपत्यकास्थित बागमती नदीको खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमतीले गोंगबु जलमापन केन्द्रमा सतर्कता तहपार गरेको जनाएको छ ।

विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।

बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म रहने विभागले जनाएको छ ।