• १२ असोज २०८१, शनिबार

२८ विद्यार्थीसहित ३३ जना नदीका बिचमा फसे

blog

मन्दिर परिसर । फाइल तस्बिर

दीपक श्रेष्ठ 

काठमाडौँ, असोज १२ गते । सिन्धुली  जिल्लाकाे सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका २८ विद्यार्थी र गुरुसहित ३३ जना नदीबिचमा फसेका छन् ।

सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको र रोशी खोलाले मन्दिरको दुवैतिरबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको गुरुकुलका शिक्षक नारायण घिमिरेले बताउनुभयो । अहिले विद्यार्थी र शिक्षक गुरुकुलको भवनको माथिल्लो तलामा रहेका छन् । बिजुली र इन्टरनेटको पहुँच छैन । 

उनीहरूको उद्धारका लागि कतैबाट सम्पर्क र पहल नभएको गुनासो गुरु नारायण घिमिरेको छ । उहाँले उद्धारको पहल गरिदिन मिडियाकर्मीलाई आग्रह गर्नुभयो ।

सिन्धुली प्रमुख जिल्ला अधिकारी  लीला शर्माका अनुसार उद्धारका लागि नजिकै सेना र सशस्त्र प्रहरीको टोली राखिएको छ । उद्धार प्रयास भइरहेको छ ।