• १२ असोज २०८१, शनिबार

फिदिममा पहिरोले पुर्दा दुईजनाको मृत्यु

blog

आदिवासी जनजाती महासंघको भवनमा पहिरोले पु¥याएको क्षति । तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम,असोज १२ गते । पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम १२ घर भई हाल फिदिम ४ मा अस्थायी वसोवास गर्ने २४ वर्षीया सपना शेर्पा र  उहाँकी ५ वर्षीया छोरी डोल्मा शेर्पा हुनुहुन्छ ।

दुवैजनालाई आज बिहान ४ बजे पहिरोले पुरेको थियो । पहिरो गएको स्थानदेखि केही टाढा डेरा बस्ने उहाँहरु साथीको घरमा सुत्न आउनु भएको थियो ।

पहिरोले आदिवासी महासंघ पाँचथरको भवन पनि पुरेको छ । सोही भवन नजिकैको घर सडक माथिदेखि आएको पहिरोले पुर्दा आमा छोरीको ज्यान गएको हो । दुवै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हेमन्त भण्डारीले जानकारी दिनुभयो ।