• १२ असोज २०८१, शनिबार

कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

blog

जयकृष्ण यादव

इनरुवा, असोज १२ गते  । लगातारको वर्षासँगै आएको बाढीका कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोसी नदिमा यो वर्ष कै उच्च बहाव भएको छ । 

कोशी ब्यारेजमा पानी बहाव उच्च मापन गरिएको छ । शनिवार बिहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार२८५ क्युसेक पुगेको छ । निरन्तरको वर्षापछि कोशी ब्यारेजमा पानी बहाव उच्च भएपछि दुईतर्फ रातो बत्ती बालिएको छ ।