आजको मौसमः भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढीले बगाउँदा बागलुङमा दुईको मृत्यु, एक जना बेपत्ता
बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।
चीनले बीआरआई देशका लागि उच्चस्तरीय आईपी सम्मेलन गर्ने
चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती (आइपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ ।
दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ
मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
जिप दुर्घटनामा ११ जना घाइते
विद्यार्थीको जिल्ला सम्मेलनका लागि अछाम सदरमुकाम मङ्गलसेन जाँदै गरेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मध्यपहाडी सडक खण्ड अन्तर्गत साँफेबगर नगरपालिका-८ मटेनामा जिप दुर्घटना परेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
सङ्कटाको पोस्टमा आर्मीको चार गोल
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिग फुटबलमा सङ्कटा क्लबमाथि सहज जित निकालेको छ ।
पलेशा काठमाडौँ महानगरबाट पाँच लाख रुपियाँसहित सम्मानित
पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौँ महानगरपालिकाले पाँच लाख रुपियाँसहित सम्मान गरेको छ ।
बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित
एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।
युक्रेनमा रुसी मिसाइल आक्रमणमा ४९ को मृत्यु, २१९ घाइते
युक्रेनमा भएको रुसी मिसाइल आक्रमणमा ४९ जनाको मृत्यु र दुई सय १९ जना घाइते भएका छन् ।
दश लाखका चाँदीका गहनासहित युवक पक्राउ
सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ ।
अविरल वर्षाले उपत्यकाका नदीमा जलसहत बढ्यो
अविरल वर्षापछि काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ। जल तथा मौसम विज्ञान विभागले उपत्यकाका नदीमा जलसतह खतरा तह नजिक पुगेको भन्दै नदी किनारमा यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सचेत हुन आग्रह गरेको हो।
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर मंगलबार बिहान ६ :११ बजे भूकम्प गएको हो । स्थानीय समय अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भ्रष्टाचारको विरोधमा नग्न प्रदर्शनकारी तीन महिला पक्राउ
युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा तीन अर्धनग्न प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
होटलमा युवती हत्या आरोपमा चाँद खाँ पक्राउ
हेटौँडा उपमहानगरपालिका वडा नं. १० बसपार्कस्थित एक होटलमा हेटाैँडा ११ नवलपुरकी एलिषा भन्ने अलिसा न्यौपानेलाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा ४ कमलडाँडाका समिर खान भन्ने चाँद खाँ पैठानलाई पक्राउ गरेको छ ।
झाडा पखालाबाट बाँकेमा एकै दिन चारजनाको मृत्यु
बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार ४ जनाको मृत्यु भएको छ ।
आकस्मिक अवतरणपछि मुख्यमन्त्री होटेलमा, सुत्केरीको ज्यान जोखिममा
खराब मौसमको कारण आकस्मिक अवतरण गरिएका दुई हेलिकोप्टर आइतबार रुकुमपश्चिममै रहने भएका छन्। आठबिसकोट नगरपालिका –९ को रंगशालामा आइतबार दिउँसो अवतरण भएका सिम्रिक एयर (नाइन एन–एकेडी) र नेपाली सेनाको (नाइन ए ०६६) कलसाइन हेलिकोप्टर यतै रहने भएका हुन्।
हात्तीले जन्मायो जुम्ल्याहा सन्तान
दक्षिणी म्यान्मारको बागो क्षेत्रमा हात्तीबाट जुम्ल्याहा सन्तान (छावा–छावी) जन्मेका छन् । हात्तीले एकभन्दा बढी बच्चा जन्माउनुलाई दुर्लभ घटनाका रूपमा लिने गरिन्छ ।
पोषण कार्यक्रमलाई तीन अर्ब ६७ करोड अनुदान
सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट र युनिसेफबाट प्राप्त हुने तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ ।
सुत्केरी बोकेको हेलिकोप्टर आकस्मिक अवतरण
रुकुमपश्चिमको आठबिसकोटमा सुत्केरी बोकेको एक हेलिकोप्टर आकस्मिक रूपमा अवतरण भएको छ।
मुख्यमन्त्री चढेको हेलिकोप्टर आकस्मिक अवतरण
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर रुकुम पश्चिमको आठबिसकोटमा आकस्मिक अवतरण भएको छ। आइतबार दिउँसो ३:२५ बजे आठबिसकोट नगरपालिका ९ राडिस्थित रंगशालामा हेलिकोप्टर अवतरण भएको हो।
डुबानमा माडी, उच्च सतर्कता अपनाउन अनुरोध
बिहानदेखि परेको भारी वर्षाले भरतपुर आसपासका क्षेत्र डुबानमा परेका छन् । पर्याप्त ढलको निकास नहुँदा पानी जमेर घरमा पसेको छ । जनजीवन प्रभावित बनेको छ ।
भारतीय बस र ट्रक ठोक्किँदा तीन घाइते
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । आइतबार बिहान ६ः३५ बजेको समयमा भरतपुर महानगरपालिका २९ सिमलतालमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रकलाई नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एआर ०१ टि ६३७२ नम्बरको भारतीय बसले ठक्कर दिएको हो । दुर्घटनामा ट्रकमा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा बसका यात्रु सकुशल छन । घाइते हुनेमा ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका ३ बस्ने २८ वर्षिय राजन क्षेत्री,ट्रकमा सवार बाराका मन्ज रावल र सोही ठाउँका आशिष चौरासिया रहेका छन ।
इन्धनको मूल्य घट्यो
निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो।
‘हसिनालाई भारतबाट फिर्ता गर्न आग्रह गर्न सकिन्छ’
पूर्व प्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि आग्रह गर्न सक्ने बङ्गलादेशका अधिकारहिरूले बताएका छन् ।