‘प्रहरी निरीक्षक हुँ’ भन्दै लुटपाट गर्ने दुईजना पक्राउ
नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
भ्रष्टाचारसम्बन्धी मुद्दामा ५ वर्षे हदम्याद हट्यो
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्यादसम्बन्धी प्रावधान नराख्ने प्रस्ताव संसदीय समितिबाट पारित भएको छ।
सेफ्टी ट्याङ्कीमा बेहोस भएर तीन जनाको मृत्यु
विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका भोला सिंह क्षेत्रीको निर्माणाधीन घरको शाैचालयको सेफ्टी ट्याङकी भित्र काम गर्दै गर्दा बेहोस भएर तीन जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
मदन पुरस्कार मैनाली र जगदम्बा श्री पुरस्कार यादवलाई
२०८० सालको मदन पुरस्कार मोहन मैनालीद्वारा लिखित ‘मुकाम रणमैदान’ले पाएको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० प्रदान गर्ने निर्णय गरेको हो।
नेपाल आयल निगमको महेन्द्रनगर डिपोमा बर्माको हत्या
धनुषाको छिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । सिरहाको सिरहा नगरपालिका–३, मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको प्रहरीले जनाएको छ ।
बझाङमा भूकम्पको धक्का
बझाङ जिल्लाको मसदेव आसपास क्षेत्रमा बिहीबार स्थानीय समय अनुसार ७ बजेर ३७ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको ईयूसहित विभिन्न देशले गरे स्वागत
नेपालको सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत रूपमा पारित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ (संशोधन) विधेयकको संयुक्त राज्य अमेरिकासहित विभिन्न देशले स्वागत गरेका छन् ।
विस्फोटक पदार्थ पड्किँदा तीन बालबालिका घाइते
पाँचथरको फालेलुङ-५ मा विस्फोटक पदार्थ पड्किँदा तीनजना बालबालिका घाइते भएका छन्।
बाँके बस दुर्घटना : मृतक सङ्ख्या तीन पुग्यो
बाँकेको गनापुरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
बाँके बस दुर्घटना : मृतक दुई जनाको सनाखत
बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा मृत्यु भएका दुई जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
एमाले सचिवालय बैठक सुरु
सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बिहीबार दिउँसोबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
हवाई सुरक्षाको नियम पालना नगर्दा धेरै दुर्घटना भयो : महानिर्देशक अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरूले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताउनुभएको छ ।
पाँच हजारभन्दा बढीमा डेंगु पुष्टि, तीनको मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडिसिडी )को तथ्याङ्क अनुसार ७५ जिल्लाबाट पाँच हजार ५८९ जनामा डेंगु पुष्टि हुनुका साथै तीन जना सङ्क्रमितको मृत्यु भएको छ ।
मध्य भोटेकोशीको प्रसारण लाइन निर्माणमा सहमति
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०३ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण अगाडि बढाउने सहमति जुटेको छ ।
सामुदायिक वनका अध्यक्षविरुद्ध ३९ लाखभन्दा बढीको भ्रष्टाचार मुद्दा
इलामको इलाम नगरपालिका वडा नं. ११ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष डोलबहादुर कार्कीविरुद्ध ३९ लाख ३४ हजार १०४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबारका सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तनहुँ बस दुर्घटनाः बेपत्ता एकजना अझै फेला परेनन्
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन् ।
टेक्ससमा गोली हानी एक नेपाली विद्यार्थीको हत्या
टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आउनुभएको नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उहाँको छातीमा धेरै गोली लागेको थियो ।
अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो
आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङलगायतको विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको हो
स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला
स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो । प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीले कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गर्न सूचना सार्वजनिक गरेको हो । उद्यमीले कर्जाका लागि २१ दिनसम्म प्रस्ताव पेस गर्नुपर्ने छ । परियोजनाको प्रस्ताव अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ । उद्यमीले परियोजना प्रस्ताव आइइडिआई डट ओराजी डट एनपीमार्फत भर्न सकिने छ ।
एक सातायता प्याजको भाउ महँगियो
पछिल्ला एक सातायता नेपाली बजारमा प्याजको भाउ महँगिएको छ । प्याजमा भारतसँग परनिर्भर रहँदै आएको नेपाल भारतमा महँगो भएको हल्ला आउनेबित्तिकै यसको असर नेपाली बजारमा देखिन थालेको हो । पछिल्लो एक साताको बिचमा प्याजको भाउ थोकमै प्रतिकेजी ४० रुपियाँ महँगिएको छ भने खुद्रा यो भाउ अझै महँगो भएको छ ।
नेपाल हेल्थ समिट आयोजना गर्न आठ सदस्यीय समिति गठन
नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्राउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने निर्णय गरेको छ ।
ब्राजिलमा ट्रान्जिटमा रहेका १७६ नेपाली सकुशल
ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेका एक सय ७६ नेपाली नागरिक सकुशल रहेका र उनीहरूलाई आवश्यकताअनुसार मानवीय सहायता पुर्याउन तयारी अवस्थामा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
१८ वर्षमै तिम्ल्याहा बच्चाकी आमा
राजु लामिछानेरुकुमपश्चिम, भदौ ११ गते। रुकुमपश्चिमको सानीभेरीमा रहेको गाउँपालिका अस्पतालमा एक महिलाले १८ वर्षको उमेरमा तीन जना बच्चाको जन्म दिनुभएको छ। चौरजहारी नगरपालिका १४ घर भइ हाल सानीभेरी गाउँपालिका ८ स्थित माइती घरमा बस्दै आउनुभएकी १८ वर्षीया कौशिला पुनले तिम्ल्याहा बच्चा जन्माउनुभएको हो। अस्पतालका स्टाफ नर्स अम्बिका ओलीका अनुसार आज (मङ्गलबार) बिहान ८:१५, ८:३७ र ९:०० बजे पुनले तीन बच्चा जन्माउनुभएको हो। जन्मिएका नवजात शिशु दुई छोरी र एक छोरा हुन्। स्टाफ नर्स ओलीका अनुसार पुनले समय पूरा नहुँदै (करिब २८ हप्तामै) तीन बच्चाको जन्म दिनुभएको हो। सामान्यतया ४० हप्ताको अवधिमा बच्चाको जन्म हुने आँकलन गरिएको हुन्छ। सुत्केरी व्यथा लागेर आफैँ अस्पताल पुग्नुभएकी पुनको स्वास्थ्य अवस्था भने सामान्य छ। सुरुमा जन्मिएका दुई छोरीको अवस्था सामान्य र तौल एक किलो रहेको छ भने अन्तिममा जन्मिएका छोराको तौल नौ सय ग्राम मात्र छ। तौल पनि कम र श्वासप्रश्वासमा केही समस्या देखिएपछि बच्चालाई अक्सिजनसहित सुविधासम्पन्न अस्पतालमा आवश्यक समन्वय गरेर पठाइएको उहाँले जानकारी दिनुभयो। स्टाफ नर्स ओलीका अनुसार गाउँपालिका अस्पताल स्थापना भएयता तिम्ल्याहा बच्चा जन्मिएको पहिलो पटक हो। जुम्ल्याहन बच्चा जन्माएको घटना फेस गरेको भएता पनि पहिलोपटक तिम्ल्याहा बच्चा जन्मिएको घटना फेस गरेको उहाँले जनाउनुभयो। गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले तिम्ल्याहा बच्चा विरलै जन्मिने गरेको बताउनुभयो। सुत्केरी र नवजात शिशुलाई गाउँपालिका एम्बुलेन्समार्फत अस्पताल इन्चार्ज कर्णवीर केसीको साथमा नेपालगञ्ज लगिएको अध्यक्ष विष्टले जानकारी दिनुभयो । गाउँपालिकाले गर्भवती, सुत्केरी र दैवी प्रकोपमा परेर बिरामी तथा घाइतेहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ।