राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छः चिकित्सक
उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले शुक्रबार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
काठमाडौं उपत्यकामा हावाहुरीसहितको हल्का वर्षा
अहिले उपत्यकासहित देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा केहीबेर हावाहुरीसहित मध्यम वर्षा भएको छ ।
तराईमा गर्मी बढ्यो : ‘लू’ बाट बच्न सरकारको आग्रह
सरकारले तराईमा गर्मी बढेसँगै ‘लू’ बाट बच्न सबैलाई आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सूचना सार्वजनिक गर्नुहुँदै यस्तो आग्रह गर्नुभएको हो।
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना
यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा आज (शुक्रबार) देखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेट, संसदीय समिति गठनबारे छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।
डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द
डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसरह नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ ।
प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो ।
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न : राजस्व किन कम उठ्यो ?
अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ।
पूर्व अध्यक्ष साहविरुद्ध ३१ लाख ७४ हजारको भ्रष्टाचार मुद्दा
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष राम वल्लभ साहविरुद्ध ३१ लाख ७४ हजार ४६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
सरकारले राष्ट्रिय सतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ। वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
एकै दिन १७ जिल्लाका ३७९ स्थानमा डढेलो
पछिल्लो समय अधिकतम तापक्रममा वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दोक्रमसँगै बुधबार मात्र देशभर एकैदिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो ।
मन्त्रिपरिषद् निर्णय सार्वजनिक (प्रत्यक्ष प्रसारण)
नेपाल सरकार मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गरिएको छ ।
जाजरकोटमा बेलिब्रिज भाँचिदा एकको मृत्यु, सात घाइते
भेरी नदीमा निर्माणाधीन बेलिब्रिज (पुल) भाँचिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।
कर्णालीमा चार मन्त्रीको शपथ
कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख तिलक परियारले उहाँहरूलाई शपथ खुवाउनु भएको हो ।
करिब पाँच किलो सुनका गरगहनासहित दुई पक्राउ
नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
झारफुकका नाममा यातना दिने पुर्पक्षका लागि थुनामा
झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचारप्रसार निषेध
यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ ।
आज लाग्ने सूर्यग्रहण नदेखिने
वैशाख शुक्ल औँसी अर्थात् वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ ।
सात किलोमिटरको भाडा एक हजार
जिल्लाको दक्षिणी क्षेत्रमा सवारीसाधनका रूपमा मोटरसाइकलले यात्रुलाई सेवा दिँदै आएको छ। सर्केगाड र सलीसल्लामा यात्रु बोक्दैआएका मोटरसाइकल चालकले मनोमानी भाडा लिँदैआएका छन्।
मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो
काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
नौ महिनामा १२ खर्बको आयात र सवा खर्बको निर्यात
चालु आर्थिक वर्ष २०७९–८० को तेस्रो त्रैमासिक अवधिसम्ममा सरकारको व्यापार घाटा रू १० खर्ब ८३ अर्ब नाँघेको छ।
महिला राजनीतिज्ञको समाचार सम्प्रेषणमा गोरखापत्र अग्रस्थानमा
महिला राजनीतिकर्मी र उहाँहरुले उठाउँदै आएका सवालहरुलाई स्थान दिनेमा गोरखापत्र सबैभन्दा अगाडि रहेको छ ।
दिल्लीमा राष्ट्रपति पौडेलको उपचार सुरु
राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा थप उपचार सुरु भएको छ ।