• १३ साउन २०८१, आइतबार

काठमाडौं उपत्यकामा हावाहुरीसहितको हल्का वर्षा

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, बैशाख ८ गते । अहिले उपत्यकासहित देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा केहीबेर हावाहुरीसहित मध्यम वर्षा भएको छ । 

मौसमविद् वरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा सामान्य बदली हुनेछ । तीव्र गतिमा हावा चल्नाले उपत्यकामा रहेको प्रदूषणको मात्रा पनि घट्ने उहाँको भनाइ छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण हावाहुरीसहित मध्यम वर्षा उपत्यकामा भएको उहाँले बताउनुभयो । 

अहिले उपत्यका सँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा हावाहुरी र हल्का वर्षा भएको छ । अन्य स्थानको मौसम सफा नै रहेको उहाँले बताउनुभयो ।