राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको महाराजगज्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ ।
धनगढीका निजी विद्यालयले शुल्क वृद्धि गर्न नपाउने
धनगढी उपमहानगरपालिका भित्र रहेका निजी विद्यालयले चालु शैक्षिकसत्रमा शुल्क वृद्धि गर्न नपाउने भएका छन् ।
५९ जिल्लाका विद्यालयमा पुग्यो पाठ्यपुस्तक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् ।
मातातीर्थ मेलाका लागि तयारी पूरा
आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।
अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल
चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला विदेश पर्यटकको चहलपहल बढ्न थालेको छ । विदेशी पर्यटक यतिबेला दैनिक एक सयदेखि एक सय ५० जनासम्म आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (क्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।
देशभर तीन दिनसम्म तुवाँलो रहने
केही दिनयतादेखि डढेलोका कारण काठमाडौंसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाैं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ ।
कर्णाली मन्त्रिपरिषद् गठन : कांग्रेस–माओवादीबीच जुट्यो सहमति
कर्णाली प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति जुटेको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट आइतबार बसेको बैठकबाट सहमति जुटेको हो ।
छतबाट खसेर रास्वपा सभापति लामिछानेका चालक गम्भीर घाइते
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।
मिटरब्याज पीडितसँग वार्ताको प्रतीक्षा गर्दै सरकारी वार्ता टोली
गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ।
एमाले अध्यक्ष ओली अस्वस्थ
भाइरल ज्वरोका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ।
सुदूरपश्चिमलाई देशकै समृद्ध प्रदेश बनाउँछौं : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमलाई समृद्ध र देशकै नमूना प्रदेश बनाउन हरेक पक्षसँग समन्वय, छलफल गरिरहेको बताउनुभएको छ।
उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान
यही वैशाख १० गते प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको छ।
तीनतिर खोलाले घेरेको गाउँ सधैँ सुख्खा
गाउँको तीन तर्फ खोला छन् । खोलामा पानी पनि प्रशस्त छ त त्यही खोला बीचमा रहेको गाउँ सुख्खा छ । दाङको गढवा गाउँपालिका वडा नं. ७ चन्दनपुरको गाउँको पूर्वमा मानपुर खोला, पश्चिममा गुरुङ खोला र उत्तरमा राप्ती नदी बगेको छ ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
गोल्ड मेडल प्राप्तिपछि नेपाली चियाको माग बढ्यो
चीनमा नेपाली चियाले ‘गोल्ड मेडल’ पाएको खबरले चियाक्षेत्र तरङ्गित भएका बेला विदेशी मुलुकबाट नेपाली चियाको माग राम्रो हुन थालेको छ । चियाको सिजन सुरु हुँदैगर्दा सिजनको सुरुमै विदेशी व्यापारीहरू नेपाली उद्योगसम्म आउन थालेका छन् ।
डढेलोले देशभर वायु प्रदूषण बढ्दै
हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ ।
परराष्ट्रमन्त्रीमा एनपी साउदको शपथग्रहण आजै ३ बजे
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकार आज आठौं पटक विस्तार हुँदैछ ।
डिजेल लिटरमा १० रुपियाँ घट्दा पनि घटेन सवारी भाडा
सरकारले चैत्र २० मा डिजेलको मूल्य प्रतिलिटर १० रुपियाँ घटायो । धेरै यात्रुको अपेक्षा थियो अब सार्वजनिक सवारीको भाडा घट्छ । तर अवस्था त्यस्तो भएन । मूल्य घटेको दुई साता बिते पनि भाडादर नघटेर यथावत् नै छ ।
दुई सय मिटर गहिराइबाट बालिकाको शव निकालियो
कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्किएकी एक जना बालिकालाई सशस्त्र प्रहरीले करिब दुई मिटर गहिराइबाट निकालिएको छ ।
रौतहटमा गोली चल्दा एक जनाको मृत्यु
रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ स्थित बाटो विस्तार विवादलाई लिएर भएको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
परिवर्तन संस्थागत गर्न पाँच वर्षका लागि गठबन्धन : उपसभापति गुरुङ
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले परिवर्तन संस्थागत गर्न पाँच वर्षको लागि गठबन्धन गरिएको बताउनुभएको छ।
ताप्लेजुङका आधा विद्यालयमा पुग्यो पाठ्यपुस्तक
हिमाली जिल्ला ताप्लेजुङका आधा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको छ।
अभ्यास खेलमा नेपालले ओमानलाई हरायो
एसीसी प्रिमियर कप क्रिकेटको तयारीका लागि खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले ओमानलाई हराएको छ ।
गोली भरिएका दुई थान हतियारसहित प्रतिवादी पक्राउ
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका एक फरार प्रतिवादीलाई गोली भरिएका दुई थान हतियारसहित उदयपुरको वेलका नगरपालिका वडा नं. ३, टप्पु क्षेत्रबाट पक्राउ गरिएको छ ।