• १३ साउन २०८१, आइतबार

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, वैशाख ३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । कार्यकारी निर्देशक विकल पौडेलसँग ६९ करोड ८ लाख ८१ हजार ८५४  रुपियाँ बिगो माग दाबी गरिएको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार, सुरक्षण मुद्रण केन्द्रका ९ जना र सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा, रुपन्देहीका एक गरी १० जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा आरोप पत्र दर्ता गरिएको हाे । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, सि.डि.ई., इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लि., मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशक गरी ९ जना उपर गैरकानूनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो । 

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुरा, रुपन्देहीका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेन उपर घुस, रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।