• १३ साउन २०८१, आइतबार

कर्णालीमा चार मन्त्रीको शपथ

blog

नवनियुक्त मन्त्रीहरुलाई शपथ खुवाउँदै प्रदेश प्रमुख तिलक परियार । तस्वीर : नविन शाही

नविन शाही

सुर्खेत, वैशाख ७ गते। कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख तिलक परियारले उहाँहरूलाई शपथ खुवाउनु भएको हो । कांग्रेस केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोक्नुभएको थियो। बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेको थियो।

मुख्यमन्त्री शर्माले कांग्रेसबाट सिफारिस भएका आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र ऊर्जा तथा जलस्रोत विकास मन्त्रीमा उर्मिला विश्वकर्मालाई नियुक्त गर्नुभएको छ ।

विश्वकर्मा यसअघि भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री हुनुहुन्थ्यो। मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय सङ्ख्या संशोधन गरेपछि उहाँलाई मन्त्री नियुक्त गरिएको हो ।