• १३ साउन २०८१, आइतबार

जाजरकोटमा बेलिब्रिज भाँचिदा एकको मृत्यु, सात घाइते

blog

भेरी नदीमा निर्माणाधीन भाँचिएको बेलिब्रिज । तस्बिर: राजु लामिछाने

सहदेव बस्नेत
जाजरकोट, वैशाख ७ गते ।
 भेरी नदीमा निर्माणाधीन बेलिब्रिज (पुल) भाँचिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतो भेरी कोरिडोरको जाजरकोट नलगाड नगरपालिका –१२ र रुकुम पश्चिमको गोतामकोट नगरपालिका –८ तल्लुस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा एक जनाको भएको जानकारी दिनुभयो ।

त्यस्तै, दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएर उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाएको जानकारी उहाँले दिनुभयो । मृतकको नाम र ठेगाना खुलेको छैन । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।