पचास प्रतिशत सहकारीले बुझाउँदैनन् नियमित प्रतिवेदन
काठमाडौँ महानगरपालिकाभित्र करिब एक हजार ९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो ।
नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार
मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो टुङ्गिएको जस्तो लाग्छ । सपना अधुरै रोकिन्छन् । भविष्य अँध्यारो लाग्ला । तर, त्यही अँध्यारोभित्र उज्यालो पनि हुन्छ, जसलाई देख्ने आँट गर्नुपर्छ । शिशिर दाहालको कथा त्यही उज्यालो खोज्ने साहसको कथा हो ।
अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तर्राष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।
रातभर ‘अपरेशन सेफ्टी’ : २३ जना पक्राउ
काठमाडौँ प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ ।
भैरवी साधनाको तपोभूमि
हिमवत्खण्डमा भनिएको छ– प्राचीनकालदेखि नेपाल साधनाभूमि, तपोभूमि, देवोभूमि, पुण्यभूमिका नामले प्रसिद्ध छ । सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोवनी, द्वापरयुगमा मुक्तिसोपान र कलियुगमा नेपाल नामले यो भूमिलाई परिचित गराएको हो । नेपाल धर्मप्राण राष्ट्र हो । प्राचीन, मध्य र आधुनिककालसम्म राजनीतिक, धार्मिकलगायतका शरणार्थीले आश्रय पाएको विषय इतिहासले पुष्टि गरेको छ । नेपाली संस्कृतिमा उपासना प्रव्रिmया, दे
अस्तित्वको मौन व्याकरण
आजको युगमा समयसँग मानिसको सम्बन्ध विचित्र विरोधाभासबाट गुज्रिरहेको छ । हामी व्यस्त छौँ तर सन्तुष्ट छैनौँ । तीव्र गतिमा कुदिरहेका छौँ तर गन्तव्यको पत्तै छैन । समयलाई हामी प्रायः उत्पादकताका आधारमा मापन गरिरहेछौँ, जब कि जीवन–मूल्य यसैमा मात्र सीमित हुनै सक्दैन । जति जति हामी समय बचाउने विधि र प्रविधि अपनाउँदै छौँ उति उति समयको कमी महसुस गरिरहेछौँ । तमाम भौतिक उपलब्धि हासिल गर्दागर्दै पनि दिनहुँ अनेक अन्योल र दुबिधा खेप्न अभिषप्त छौँ ।
स्वास्थ्य क्षेत्रको बेथितिमा सुधारको खाँचो
चितवनको विभिन्न सामाजिक तथा राजनीतिक कार्यमा सव्रिmय प्रभा ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हुनुभएको छ ।
आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै
नेपाली सेनाले करिब ९० हजार अवकाश प्राप्त सैनिकहरूबिच पुनर्मिलन गराउने हेतुले २०७० सालबाट भूतपूर्व सैनिक सम्मेलन कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
त्रिभुवन राजपथमा ट्रक दुर्घटना, चालक घाइते
मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङस्थित त्रिभुवन राजपथमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
निफमा सिजाङ प्यानोरमाका चलचित्र
नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा यस पटक सिजाङ प्यानोरमा पनि आयोजना गरिएको छ । यस अन्तर्गत छ वटा चिनियाँ चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने छ । महोत्सवमा चलचित्रका माध्यमबाट नेपाली दर्शकले चीनको चलचित्र बुझ्ने मौका पाउने विश्वास गरिएको छ ।
बजेट लेखन समिति गठन
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि औपचारिक रूपमा प्रक्रिया अगाडि बढाएको छ । अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता तय गर्नका लागि शुक्रबार बजेट लेखन समिति गठन गरेको छ ।
एक सय सत्तरी जनाले लिए आरोहण अनुमति
वसन्तकालीन आरोहणका लागि १७० जना पर्वतारोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबारसम्म १२ वटा हिमाल आरोहणका लागि ४६ जना महिला र १२४ जना पुरुष गरी १७० जनाले अनुमति लिएका हुन् ।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ६७ पैसा र बिक्रीदर १४९ रुपियाँ २७ पैसा तोकिएको छ ।
स्थापना भयो लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क
लगानी बोर्ड नेपालले लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ । एकल विन्दु सेवा केन्द्र सञ्चालनसम्बन्धी सेवा प्रवाहका लागि सुनुवाइ डेस्क स्थापना गरेको हो ।
काठमाडौँका यी स्थानमा बिजुली अवरुद्ध हुने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा शनिबार बिजुली कटौती गर्ने भएको छ ।
‘महिला उद्यमशीलता राष्ट्रिय विकासको संवाहक’
उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला उद्यमशीलता व्यक्तिगत आर्थिक सशक्तीकरण मात्र नभई सामाजिक रूपान्तरण र राष्ट्रिय विकासको संवाहक भएको बताउनुभएको छ । महिला उद्यमी महासङ्घ नेपालले ललितपुरमा शुक्रबार आयोजना गरेको ‘नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८२’को समुद्घाटन समारोहमा उपराष्ट्रपति यादवले महिला उद्यमी आत्मनिर्भर, समावेशी र दिगो समाज निर्माणतर्फका प्रेरक शक्ति भएको बताउनुभयो ।
पाँच प्रदेशमा हुरी, पहाडमा वर्षा–हिमपात
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वैदेशिक रोजगारसम्बन्धी तीन सय त्रिपन्न मुद्दा
वैदेशिक रोजगार विभागले २०८२ फागुन १७ देखि चैत १७ गतेसम्म दर्ता भएका मुद्दासँग सम्बन्धित विभिन्न व्यक्ति तथा संस्थासँग सम्बन्धित ३५२ आर्थिक दाबी तथा विवादका मुद्दाको विस्तृत सूची सार्वजनिक गरेको छ ।
महासङ्घको अध्यक्षमा पाण्डे
नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलस पाण्डे विजयी हुुनभएको छ । एडी लामालाई पराजित गर्दै कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक पाण्डे महासङ्घको अध्यक्ष हुुनुभएको हो ।
घाइतेसँग गृहमन्त्री
गत भदौँ २३–२४ गतेको जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्था र भइरहेको उपचारबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङ अस्पताल पुग्नुभयो । मन्त्री गुरुङले काठमाडौँ मेडिकल कलेजमा उपचाररत जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सक, घाइतेका परिवारसँग जानकारी लिनुभएको थियो ।
‘सभामुखमा अर्याल निर्विरोध’
सङ्घीय संसद् प्रतिनिधि सभाको सभामुख पदको उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डिपी) अर्यालको एकल मनोनयन दर्ता भएको छ । संसद् सचिवालयले उम्मेदवारीका लागि तोकेको समयसीमाभित्र रास्वपा उम्मेदवार अर्यालको मात्र मनोनयन दर्ता भएको हो । रास्वपाको प्रतिनिधि सभामा एकल बहुमत छ ।
संवैधानिक इजलासको छुट्टै वेब पोर्टल
सर्वोच्च अदालतको संवैधानिक इजलासको छुट्टै वेब पोर्टल सुरु गरिएको छ । कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले शुक्रबार वेब पोर्टलको सुरुवात गर्नुभएको हो । संवैधनिक इजलाससँग सम्बन्धित पेसी, महत्वपूर्ण आदेश, मुद्दाको लगत, इजलासका सदस्य तथा कर्मचारीलगायतको विवरण पोर्टलमा समावेश छ । इजलासको अधिकार क्षेत्र र इजलास गठनको अध्ययन प्रतिवेदन पनि पोर्टलमा उपलब्ध छन् । यसअघि यी विवरण सर्वोच्चको वेब पोर्टलमा हेर्ने व्यवस्था थियो । तर संवैधानिक इजलासको मात्र फरक लगत भने थिएन ।
राज्य संयन्त्रसँगको सम्बन्ध पूर्ववत् : एमाले
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नेपाली सेना, निजामती प्रशासन र कूटनीतिक समुदायसँग आफ्नो सम्बन्ध पूर्ववत् तथा मित्रवत् रहेको स्पष्ट पारेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले समसामयिक राजनीतिक सन्दर्भमा उठेका प्रश्नको समीक्षा गर्दै राज्यका प्रमुख संयन्त्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको हो । बैठकपछि महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्ति अनुसार संविधान र प्रचलित कानुन अनुसार स्थापित नेपाली सेनालगायत सबै सुरक्षा निकाय, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई निरन्तरता दिइने उल्लेख गरिएको छ
शङ्कर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी घराना शङ्कर ग्रुपका सञ्चालक शङ्कर अग्रवाललाई नियन्त्रणमा लिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अग्रवाललाई शुक्रबार विभागमा रहेको सुरक्षा टोलीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले पुष्टि गरेका छन् ।