‘सभामुखमा अर्याल निर्विरोध’
सङ्घीय संसद् प्रतिनिधि सभाको सभामुख पदको उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डिपी) अर्यालको एकल मनोनयन दर्ता भएको छ । संसद् सचिवालयले उम्मेदवारीका लागि तोकेको समयसीमाभित्र रास्वपा उम्मेदवार अर्यालको मात्र मनोनयन दर्ता भएको हो । रास्वपाको प्रतिनिधि सभामा एकल बहुमत छ ।
संवैधानिक इजलासको छुट्टै वेब पोर्टल
सर्वोच्च अदालतको संवैधानिक इजलासको छुट्टै वेब पोर्टल सुरु गरिएको छ । कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले शुक्रबार वेब पोर्टलको सुरुवात गर्नुभएको हो । संवैधनिक इजलाससँग सम्बन्धित पेसी, महत्वपूर्ण आदेश, मुद्दाको लगत, इजलासका सदस्य तथा कर्मचारीलगायतको विवरण पोर्टलमा समावेश छ । इजलासको अधिकार क्षेत्र र इजलास गठनको अध्ययन प्रतिवेदन पनि पोर्टलमा उपलब्ध छन् । यसअघि यी विवरण सर्वोच्चको वेब पोर्टलमा हेर्ने व्यवस्था थियो । तर संवैधानिक इजलासको मात्र फरक लगत भने थिएन ।
राज्य संयन्त्रसँगको सम्बन्ध पूर्ववत् : एमाले
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले नेपाली सेना, निजामती प्रशासन र कूटनीतिक समुदायसँग आफ्नो सम्बन्ध पूर्ववत् तथा मित्रवत् रहेको स्पष्ट पारेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले समसामयिक राजनीतिक सन्दर्भमा उठेका प्रश्नको समीक्षा गर्दै राज्यका प्रमुख संयन्त्रसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको हो । बैठकपछि महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्ति अनुसार संविधान र प्रचलित कानुन अनुसार स्थापित नेपाली सेनालगायत सबै सुरक्षा निकाय, निजामती प्रशासन तथा अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई निरन्तरता दिइने उल्लेख गरिएको छ
शङ्कर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी घराना शङ्कर ग्रुपका सञ्चालक शङ्कर अग्रवाललाई नियन्त्रणमा लिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अग्रवाललाई शुक्रबार विभागमा रहेको सुरक्षा टोलीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका एक उच्च अधिकारीले पुष्टि गरेका छन् ।
युद्धको असर न्यूनीकरण गर्न अध्ययन हुँदै
पश्चिम एसियामा जारी युद्धका कारण नेपालमा परेको बहुपक्षीय असर न्यूनीकरणका गर्न सरकारले अध्ययन थालेको छ । पश्चिम एसियामा विकसित युद्धको अवस्थाका कारण विश्वव्यापी र क्षेत्रीय आपूर्ति शृङ्खलामा असर पर्दा त्यसको प्रभाव आमनेपालीको भान्छा र दैनिक जीवनमा समेत देखिन थालेको छ ।
लागुऔषधको कुलतमा युवा
काठमाडौँको सामाखुसीकी निर्मला (नाम परिवर्तन) का २० वर्षीय छोरा आयुष लागुऔषधको कुलतमा पसेको झन्डै पाँच वर्ष भयो । परिवारले आयुषलाई कुलत छुटाउन गरेका अनेक प्रयास सार्थक हुन सकेको छैन । लागुऔषधको कुलत थप बढ्दै जाँदा आयुष चोरी, डकैती, गुन्डागर्दीमा संलग्न भएपछि प्रहरीले पटक पटक पक्रिने, छाड्ने क्रम चल्दै आइरहेको छ । दाङकी सीता ठकुरीका २६ वर्षीय छोरा कमल १४ वर्षकै उमेरमा लागुऔषध कुलतमा मात्र फसेनन्, किशोर अवस्थामै नाबालिका बलात्कारमा संलग्नताको आरोप खेपेका उनी बालसुधार केन्द्रबाट छुटेपछि पुनः लागुऔषधको कुलतमा परे । कमलका कारण ठकुरी परिवारले आर्थिक सामाजिक रूपमा भोगेको समस्या अनगन्ती छन् ।
एमाले सचिवालय बैठक : नयाँ सरकारलाई बधाई
नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको सातौँ केन्द्रीय सचिवालय बैठकले निर्वाचनको संक्षिप्त समीक्षा गर्दै निर्वाचनमार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।
प्रशिद्ध रौता पोखरी क्षेत्रमा पर्यटन महोत्सव गरिने
उदयपुरको प्रशिद्ध रौतापोखरी क्षेत्रमा चैत अन्तिमसाता ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’को आयोजना गरिएको छ ।
मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु
धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु भएको छ । प्रत्येक वर्षको चैत शुक्ल पूर्णिमाको दिनको अघिल्लो दिनदेखि सुरु हुने पाँचदिने मनमैजु (अजिमा) जात्रा सुरु भएको हो ।
हेटौँडा र मनहरीमा बालश्रम अनुगमन, तीन जना बालश्रमिक फेला
हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा अवस्थित होटलहरुको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमको रुपमा काममा लगाइएको पाइएको छ ।
रात्रिकालीन बससेवा सञ्चालन गर्दै कामपा
काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्नेगरी तयारी थालेको छ ।
मकवानपुरमा एक सय मेगावाट क्षमताको पम्प जलाशययुक्त जलविद्युत आयोजना बन्दै
मकवानपुरमा एक सय मेगावाट क्षमताको जलालायुक्त जलविद्युत् आयोजना निर्माणको तयारी थालिएको छ ।
आयुर्वेदलाई पनि स्वास्थ्य बिमामा समेट्न डा.ज्ञवलीको आग्रह
आयुर्वेद स्वास्थ्य सेवालाई पनि स्वास्थ्य बिमामा आवद्ध गर्न आग्रह गरिएको छ ।
आधुनिक सुविधासहितको विद्युतीय भ्यान सञ्चालन
ललितपुर महानगरपालिकाले वातावरण सम्बन्धी विविध क्रियाकलापका लागि आधुनिक सुविधासहितको दुई वटा विद्युतीय भ्यान सञ्चालनमा ल्याएको छ ।
औषधी पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन
औषधी व्यवस्था विभागले औषधी बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन ‘कुशल फार्मेसी अभ्यास’ तथा ‘कुशल भण्डारण तथा वितरण अभ्यास’ अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ ।
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोष्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका छन् ।
अष्टदीप र ‘धर्तीमा झरेको दीप’ दुई कृति लोकार्पण
साहित्यकार डा. देवेन्द्रप्रसाद भट्टका ‘काव्यऋषि मनिराजका अष्टदीप’ र ‘धर्तीमा झरेको दीप’ नामक दुई कृति लोकार्पण भएका छन् ।