तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात
बर्सेनि रासायनिक मल अभाव व्यहोरेका तनहुँका किसानलाई समस्या नहुने भएको छ । भण्डारणमा पर्याप्त मौज्दात रासायनिक मल भएपछि तनहुँका किसानले धान तथा मकै खेतीका लागि मल अभाव झेल्नु नपर्ने भएको हो ।
पानी परेपछि कृषकलाई रोपाइँ गर्न सहज
कैलालीमा बुधबार विहानदेखि पानी पर्न थालेपछि किसान खुशी भएका छन् । अत्यधिक गर्मी खेपिरहेका यहाँका बासिन्दालाई सहज भएको छ ।
मार्सी धानको हरियाली
जुम्लाको सिंजा उपत्यकाअन्तर्गत कनकासुन्दरी गाउँपालिका–८ मा रोपिएको मार्सी धानको हरियाली फाँट । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ ।
धान दिवस मनाउने तयारी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कार्यक्रम गरी २१ औँ राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव २०८१ मनाउने भएको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ असार १५ गते विभिन्न कार्यक्रम यो महोत्सव मनाउन लागिएको कृषि विभागले जनाएको छ । सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ यो दिवस मनाइने विभागले जनाएको छ ।
बाँझो जमिनमा खेती गर्नेलाई अनुदान
जिल्लाको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा नै अनुदानको व्यवस्था गरेको हो ।
सेतो सिमी र बुङको आलु उत्पादनलाई प्रोत्साहन गरिने
ओखलढुङ्गाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा सेतो सिमी र बुङको आलु उत्पादनलाई प्राथमिकता दिएको छ ।
सीमान्तकृत समुदायलाई बाँसको टनेलसहित बिउ वितरण
गुल्मीमा सीमान्तकृत समुदायलाई आय आर्जनमा जोड्नका लागि बाँसको टनेल निर्माणसँगै तरकारीको बिउँ वितरण गरिएको छ ।
किसानलाई बक्यौता रकम भुक्तानी गराउन पहल
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र आन्दोलनरत दुध किसानका प्रतिनिधिबिच सोमबार वार्ता भएको छ । दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी क्षेत्रले बक्यौता रकम नदिएको भन्दै किसानले आन्दोलन सुरु गरेका थिए । सो आन्दोलनपछि बक्यौता रकम भुक्तानी गराउन सहजीकरणका लागि कृषि मन्त्रालयले किसानसँग वार्ता गर्दै आएको छ ।
रत्ननगरका किसानलाई भैँसी वितरण
पूर्वी चितवनको रत्ननगर नगरपालिकाले ३० जना किसानलाई cवितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गत आर्थिक वर्षमा स्थापना भएको ‘भैँसी पकेट’ कार्यक्रमअन्तर्गत किसानलाई भैँसी वितरण गरिएको हो ।
तनहुँ र लमजुङमा रासायनिक मलको अभाव नहुने
तनहुँ र लमजुङका कृषकले धान तथा मकै खेतीका लागि रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ ।
खडेरीले बिउ सुकेपछि किसानलाई खेत बाँझै रहने चिन्ता
बाजुराका अधिकांश ठाउँमा लामो समयसम्म परेको खडेरीका कारण धमाधम धानको बिउ (बेर्ना) सुक्न थालेका छन् ।
किसानलाई डालेघाँसका ६४ हजार बिरुवा वितरण
भूसंरक्षणसँगै पशुपालनमा जोड दिने उद्देश्यले यस वर्ष चार जिल्लाका किसानलाई डालेघाँसका ६४ हजार बिरुवा वितरण गरिएको छ ।
चित्लाङमा दूध दिने बाख्राको विकास गरिँदै
दूध उत्पादन भन्ने बित्तिकै आम उपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।
खिजीदेम्बाको कृषि उत्पादन बजारीकरण गरिने
जिल्लाको खिजीदेम्बा गाउँपालिकाको कृषि उत्पादन बजारीकरण गरिने भएको छ । गाउँपालिकाभित्र उत्पादन हुने कृषि उत्पादनहरु बजारीकरण गरिने भएको हो ।
बिमाको रकम दिने तयारीमा सरकार
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि दिनुपर्ने अनुदान रकम दिने तयारीमा सरकार लागेको बताउनुभएको छ । उहाँले कृषि मन्त्रालयले माग गरेको ९७ करोड रुपियाँ अर्थ मन्त्रालयबाट स्वीकृत भएर आउनेबित्तिकै त्यो वितरण हुने बताउनुभयो । आइतबार नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको उद्घाटन तथा आइएसओ ९००१:२०१५ को लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
फेवाफाँटमा रोपाइँ महोत्सव तयारी
पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हुँदैआएको रोपाइँ महोत्सव यस वर्ष पोखरा महानगरपालिका –२३ फेवाफाँटमा हुने भएको छ ।
किसानलाई कृषि सामग्री सहयोग
सहकारी संस्थामा आबद्ध अगुवा किसानलाई कृषि सामग्री सहयोग गरिएको छ । व्यावसायिक तरकारी खेतीबाट आम्दानी बढाउन सहयोग गर्न कृषि सामग्री सहयोग गरिएको हो ।
व्यावसायिक केरा खेतीबाट राम्रो आम्दानी
पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिनेक्रम बढ्दो छ । आर्थिक उन्नति र पारिवारिक दायित्वको बाध्यताले वैदेशिक रोजगारीको सपना बुन्दै राहदानीका लागि दैनिक सयौँ युवा प्रशासनमा भिड लगाउँदै आएका छन् ।
उखु र मकै बालीमा क्षति
महोत्तरीमा लामो समयदेखि वर्षा नहुँदा उखु र मकै खेती सुक्न थालेका छन् । मौसम विभागले देशभर मनसुन सक्रिय भएको जनाए पनि महोत्तरीमा एक पटक मात्र पानी परेको छ ।
कृषकलाई मर्कामा पर्न दिइने छैन : मन्त्री साह
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थान (डिडिसी) मा काम गर्ने कर्मचारीका कारण डिडिसी घाटामा गएको बताउनुभएको छ । डिडिसीमा अनियमितता छ, बिचौलियाहरू हाबी छन्, हिसाब किताब चुस्त राखिँदैन भन्दै उहाँले व्यवस्थापनकै कारण संस्था घाटामा गएको बताउनुभयो । नेकपा (एमाले) निकट उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागद्वारा शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “संस्थानलाई निजीकरण गरेर भए पनि समस्या समाधान हुन्छ । कृषकलाई मर्कामा पर्न दिइने छैन ।”
यो बर्खेबालीमा मल अभाव हुँदैन : मन्त्री साह
कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले यसपाली वर्षा याममा रासायनिक मल खादको अभाव नहुने बताउनुभएको छ । रासायनिक मल आउनेक्रम जारी रहेकाले मल अभाव नहुने उहाँको भनाइ छ ।
खडेरीले मकै सुक्न थाले, टारीखेतमा रोपाइँ गर्न समस्या
असारको पहिलो हप्ता बितिसक्दा पनि पानी नपरेपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण बारीमा लगाएका मकै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
आजदेखि पनौती हिले जात्रा सुरु
काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार चार सय २० वर्षदेखि मनाइँदै आइएको हिले जात्रा आजदेखि सुरु हुँदै छ ।
भक्तपुरका किसानलाई धान रोप्ने चटारो
यस वर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतहरुमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।