• १४ असार २०८१, शुक्रबार

किसानलाई कृषि सामग्री सहयोग

blog

कृषि सामग्री प्राप्त गरेपछि सामुहिक तस्विर लिँदै कृषकहरु । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, असार ८ गते । सहकारी संस्थामा आबद्ध अगुवा किसानलाई कृषि सामग्री सहयोग गरिएको छ । व्यावसायिक तरकारी खेतीबाट आम्दानी बढाउन सहयोग गर्न कृषि सामग्री सहयोग गरिएको हो । 

स्नोल्याण्ड एकीकृत विकास केन्द्रद्वारा सञ्चालनमा आएको एकीकृत सामुदायिक विकास परियोजनाका संयोजक रमेशबहादुर शाहीले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनु भएका किसानलाई थप तरकारी उत्पादनमा सहयोग गर्न कृषि औजार सहयोग गरिएको बताउनुभयो । 

हाल उहाँहरूले तरकारी खेती गरेर आम्दानी गरिरहेको र तरकारी खेती गर्न हौसला प्रदान गर्न र सहयोग गर्न कृषि सामग्री सहयोग गरिएको उहाँले बताउनुभयो । कृषकको जीविकोपार्जन सुधार तथा वातावरणमैत्री तवरले तरकारी उत्पादन गरी उत्पादकत्व बढाउन दुई वटा गाउँपालिकाका तीन वटा सहकारी संस्थाका २६० जना सदस्यलाई सामग्री प्रदान गरिएको छ । 

हाल कुल सदस्यमध्ये १८० जना किसानले तरकारी उत्पादन गरेर बिक्री गर्दै आउनु भएको छ । खार्पुनाथ गाउँपालिकाको दुधकुन्ड महिला विकास बहुउद्देश्यीय सहकारी संस्था (छिप्रा, माजा  र नल्ना ) का  १२६  जना, सिमकोट गाउँपालिकाको पन्चमुखी दुधेदह कृषि सहकारी संस्था (सिमकोट तल्लो र माथिल्लो गाउँ, हिल्दुम र बुराउँसे ) का ८४ जना, सिमकोटकै मस्टदेब कृषि सहकारी संस्था ठेहेका ५० जना कृषकलाई सामग्री प्रदान गरिएको छ । प्रदान गरिएका कृषि सामग्रीमा गार्डेन पाइप, बाल्टी, नंग्रे, स्प्रिङकल, कुटो, स्प्रे ट्याङ्क, ड्रम लगायतका  छ ।