५० रुपियाँमा विक्री गर्नु पर्ने अनुदानको मल ६५ मा विक्री
सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ ।
पालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउँदै
गाउँमा उत्पादित कृषिउपजलाई बजारसम्म लग्न सहज गराउने उद्देश्यले इलामका दुई पालिकाले यो वर्षदेखि कृषि एम्बुलेन्स सञ्चालमा ल्याउने तयारी गरेका छन् ।
प्रभावहीन बन्यो पाडा प्रवर्द्धन कार्यक्रम
गुल्मीको रेसुङ्गा नगरपालिकामा पाडा प्रवर्द्धन कार्यक्रमको लगानी बालुवामा पानीसरह भएको छ ।
मलको अभाव पूरा गर्न आयो ‘जैविक सम्पूर्ण मल’
रासायनिक मलको अभाव पूरा गर्न मकवानपुरमा अर्गानिक मल उत्पादन हुने भएको छ । राजेश्वर बायो फर्टिलाइजर्स कम्पनीबाट भदौदेखि सो मल उत्पादन हुने भएको छ । राजेश्वर बायोका प्रमुख हृदयराज गौतमले नेपालमा मलको आवश्यकता जति छ, त्यति मल उत्पादन गर्ने आफूहरूको लक्ष्य रहेको बताउनुभयो । बर्सेनि हुने मलको हाहाकारलाई आफूहरूले रोक्ने प्रयत्न गरेको उहाँले बताउनुभयो । पहिलो वर्ष दुई लाख मेट्रिक टन र दोस्रो वर्षदेखि बढाउँदै जाने र छैटौँ वर्षसम्म साढे सात लाख मेट्रिक टनसम्म मल उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
आकासियो गोलभेँडाको भाउ
डेढ महिनाअगाडि असार ३ गते गोलभेँडा उत्पादन किसानले गोलभेँडा प्रतिकेजीको सात/आठ रुपियाँ पनि नपाएर कालीमाटी बजारभित्रै फ्याँकेर विरोध गरे । हुन पनि गोलभेँडा प्रतिकेजी उत्पादन गर्दाको लागत ३५ रुपियाँ भन्दा बढी पर्छ । उपत्यकाका उत्पादक किसानले सबैभन्दा ठुलो तरकारी बजारसम्म आइपुग्दा पनि उचित मूल्य नपाएपछि सडकमा फ्याँकेर विरोध गरेका थिए तर अहिले भने गोलभेँडाको भाउ अहिलेसम्मकै उच्च मूल्य प्रतिकेजी मूल्य १८० रुपियाँ थोकमै पुगेको छ । त्यस समय कालीमाटी बजारमा गोलभेँडाको मूल्य सात/आठ रुपियाँ मात्रै थियो । अहिले त्यही बजारमा गोलभेँडाको न्यूनतम मूल्य ११५ रुपियाँ र अधिकतम मूल्य १८० रुपियाँ पुगेको छ ।
अलैँचीको मूल्य वर्षभरिकै उच्च
किसानले फलाएको अलैँची शुक्रवार पाँचथरको सदरमुकाम फिदिममा प्रतिमन (चालिस किलो) ६० हजार रुपियाँमा किनबेच भएको छ । त्यही अलैँची झापाको बिर्तामोडमा प्रतिमन ६२ हजार रुपियाँमा किनबेच भएको फिदिमका अलैँची व्यवसायी खेमनाथ अधिकारीले जानकारी दिनुभयो ।
मुर्रा ल्याउन विज्ञ टोली भारत जाने
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट मुर्रा जातको राँगो ल्याउन पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्लेको नेतृत्वमा विज्ञ टोली पठाउने भएको छ । नेपाल–भारतबिच भएको सम्झौता अनुसार भारतले नेपाललाई १५ वटा मुर्रा जातका राँगो निःशुल्क उपलब्ध गराउने भएको छ । ती राँगो ल्याउनका लागि मन्त्रालयले चार सदस्यीय विज्ञ टोली भारत पठाउने भएको छ । टोलीमा महानिर्देशक काफ्लेका साथै राष्ट्रिय पशु प्रजनन कार्यालय लहानका प्रमुख शिवनाथ महतो, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख जगदीश पाण्डे र कृषि मन्त्रालय अन्तर्गतको क्वारेन्टाइन महाशाखाका राजेश यादव रहनुभएको छ ।
किसानद्वारा सुख्खा क्षेत्र घोषणाको माग
सप्तरीको बोदे बर्साइन नगरपालिकालाई सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्ने पाँच सूत्रीय माग राख्दै किसान सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ ।
ललितपुरमा कौसी खेतीमार्फत सहरी कृषि प्रवर्द्धन परियोजना सुरु
ललितपुर महानगरपालिकामा कौसीखेती प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ ।
व्यावसायिक कागती खेतीबाट मनग्गे आम्दानी
सरकारी जागिरको अवधि सकिएपछि दाङमा एकजना व्यक्ति व्यावसायिक कागती खेतीमा लाग्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका –३ भट्टे निवासी कर्णबहादुर वली विगत चार बर्षदेखि व्यावसायिक कागती खेतीमा लाग्नुभएको हो ।
नेपालगञ्ज नाकाबाट वर्षेनी एक अर्बको आलु आयात
नेपालगञ्ज नाकाबाट मात्रै वर्षमा एक अर्ब हाराहारीको आलु भारतबाट आयात हुने गरेको पाइएको छ ।
बाजुरामा सकियो धान रोपाइँ
बाजुरामा साउनको दोस्रो हप्तामा धान रोपाइँ सकिएको छ । खोलाको किनारका जमिनमा जेठको पहिलो साताबाट रोपाइँ सुरु भए पनि कुलो नलाग्ने ठाउँमा साउन दोस्रो हप्ता सम्म धान रोपाइँ भएका हुन् ।
तराईमा फैलँदै ‘लम्पी स्किन’
‘लम्पी स्किन’ रोगबाट हालसम्म एक लाख ८३ हजार ८०१ पशु सक्रिय सङ्क्रमित अवस्थामा रहेका छन् । पशु सेवा विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ११ लाख ४९१ पशु सङ्क्रमित भएका छन् । त्यसमध्ये ४८ हजार ८८० पशुको मृत्यु भएको छ भने आठ लाख ६७ हजार ८१० पशु निको भएका छन् । ‘लम्पी स्किन’ महामारी रूप लिएपछि विभागले निजी क्षेत्रलाई खोप खरिद गर्न अनुमति दिएको थियो । हालसम्म विभागको सिफारिसमा निजी क्षेत्रबाट १० लाख ३७ हजार डोज खोप आयात भइसकेको छ । मनाङ र मुस्ताङमा पूर्ण रूपले रोग नियन्त्रणमा आइसकेको छ भने अन्य पहाडी जिल्लामा पनि रोग नियन्त्रणमा रहेको विभागले जनाएको छ । मधेशका जिल्लामा रोग अझै बढ्दै गइरहेको बताइएको छ ।
९० रोपनी धानखेतीमा क्षति
सर्केगार्ड गाउँपालिकाका तीन वटा गाउँमा ९० रोपनी जग्गामा लगाइएको धान तथा कोदोखेतीमा पहिरोले क्षति पुगेको छ । गत शुक्रबार राति गएको पहिरोले उक्त गाउँपालिकामा रोपाइ सकेर गोडमेल गर्ने तयारी भएको धान र गोडमेल गरेको कोदोखेतीमा क्षति पुगेको हो ।
चौँरीको दूध दुहुँदै किसान
समुद्र सतहदेखि चार हजार ४५० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पाँचपाङ्गाला क्षेत्रमा रहेको चौँरी गोठमा चौँरी (जमु) को दूध दुहुँदै एक किसान ।
वैदेशिक रोजगारीबाट फर्किएकालाई सामग्री प्रदान
लामो सयम विदेशमा काम गरेर घर फर्किएका युवाहरुलाई इलाम नगरपालिकाले विभिन्न मेसिन तथा कृषि सामग्री प्रदान गरेको छ । नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकालाई पुनः एकीकरण कार्यक्रम अन्तर्गत गाउँघरमै व्यावसायिक बन्न सहयोग गर्ने उद्देश्यले ती सामग्री प्रदान गरेको हो ।
राजनीति सँगसँगै माहुरीपालन व्यवसाय
राजनीतिमा जति सक्रीय हुनुहुन्छ डाँसबहादुर डाँगी उत्तिकै कृषि कर्ममा पनि सक्रीय हुनुहुन्छ । दाङको बंगलाचुली गाउँपालिका –४ का वडा अध्यक्ष समेत रहनुभएका डाँगी जनताको सेवासँगै विगत दश बर्षदेखि माहुरीपालन व्यावसाय गर्दै आउनुभएको छ ।
विदेशको राम्रो कमाइ त्यागेर स्वदेशमा भैंसीपालन व्यवसाय
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० का युवा हेमराज रेग्मी पाँच वर्ष मलेसिया बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । मासिक एक लाखभन्दा बढी कमाउनुहुन्थ्यो । तर उहाँ परदेशमा रमाउन सक्नु भएन । स्वदेश फर्किनुभयो ।
सल्यानमा अहिलेसम्मकै महँगाे गोलभेंडा
कपुरकोट हाटबजारमा गोलभेडा (टमाटर) ले अहिले सम्मकै धेरै मुल्य पाएको छ । किसानले अहिलेसम्मकै धेरै मूल्य १ ४० रुपियाँ प्रतिकिलोमा बिक्री गरेका छन् ।
नार्क सुधारका लागि ऐन, नियम संशोधन जरुरी
कृषि पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा देखिएका समस्या समाधान गर्ने गरी ऐन, नियमावली, विनियमावली संशोधन भइरहेको बताउनुभएको छ । नार्कको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री भुसालले कृषि तथा पशुपन्छी क्षेत्रको मुख्य अङ्ग अनुसन्धान हो र यसलाई बलियो बनाए मात्र समग्र कृषि क्षेत्रको विकास हुने भएकाले यसका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । नार्कका अध्यक्षसमेत रहनुभएका मन्त्री भुसालले ऐन संशोधनलगायत नार्कको समग्र सुधारका लागि अध्ययन गर्न बनेको उच्चस्तरीय समितिले प्रतिवेदन दिनेबित्तिकै नार्कको सुधारका लागि मन्त्रालय अघि बढ्ने बताउनुभयो ।
कोदो दिवस मनाइयो
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित कालिकास्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ ।
उच्च हिमाली क्षेत्रको खर्कमा भेडा
समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको खर्कमा रहेका भेडा ।
मलेसिया नफापेका कृष्णप्रसादको गाउँमै दूध विक्री गरेर दुई लाख आम्दानी
बेनी नगरपालिका ७ टुनीखर्कका कृष्णप्रसाद शर्मा हिजोआज म्याग्दीकै धेरै दूध विक्री गर्ने मध्ये पर्नुहुन्छ । उहाँले घरमै व्यावसायिक रुपमा भैँसी पालन गर्नुभएको छ ।
साउन १५ मा दुधको खपत बढ्यो
बजारमा सोमबार दुधको खपत एकै दिनमा तेब्बरले बढेको छ । साउन १५ खिर खाने पर्व परेकाले अधिकांशले खरिद खाने हुँदा बजारमा दुधको माग उच्च भई खपत तेब्बरले बढेको हो । उपत्यकामा किसानबाट दुध सङ्कलन गरी दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरीले दुध वितरण गर्दै आएका छन् । डिडिसी र निजी डेरीले अन्य दिनको तुलनामा दुध तेब्बरले बढी बिक्री भएको बताएका छन् ।