दुग्ध किसानलाई एक अर्ब ३० करोड भुक्तानी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार आएपछि दुग्ध किसानलाई एक अर्ब ३० करोड भुक्तानी गरेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा बोल्नुहुँदै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो ।
अगुवा कृषकलाई जैविक मल बनाउने तरिका सिकाउँदै पुतलीबजार
स्याङ्जाको पुतलीबजार नगरपालिकाले अगुवा कृषकलाई जैविक मल बनाउने तरिका सिकाउन सुरु गरेको छ ।
एक सयभन्दा बढी रैथाने धानखेतीको नमुना प्रयोग
झापाको शिवसताक्षी नगरपालिकामा एकैसाथ एक सयभन्दा बढी प्रजातिका रैथाने धानको बीउको प्रयोगबाट धान उत्पादन गरिएको छ ।
‘सख्खर जस्तै गुलियो व्यापार’
सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर (गुण) व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहनुभएको छ । उमेरले ६५ वर्ष पार गरिसक्नुभएका उहाँले आठ वर्षदेखि घर नजिकै उखु पेलेर सख्खर बनाउने कोल (क्रसर) सञ्चालन गर्नुभएको हो ।
मलको अभाव हुँदा खेती गर्न समस्या
कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गर्नुभएको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा गहुँ छरिसक्नुपर्ने बताउने उहाँको दैनिकी आजभोलि रासायनिक मलको खोजीमा बितिरहेको छ ।
आम्दानीको स्रोत तरकारीखेती
कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।
पाल्पामा धान उत्पादन बढ्यो
गत वर्षको तुलनामा पाल्पामा यो वर्ष धान उत्पादन बढेको छ । गत वर्षको तुलनामा यो वर्ष ३.६ प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
फापरखेती गर्न किसानको मोह छैन
बागलुङको निसीखोला–४ का नरबहादुर घर्तीले बर्सेनि करिब १० मुरी फापर उत्पादन गर्नुहुन्थ्यो । तीते र मिठे गरी दुई जातका फापर उत्पादन गर्दै आउनुभएका घर्तीले तीन वर्ष यता यसको खती गर्न छोड्नु भएको छ ।
गुल्मीमा धान उत्पादन बढ्यो
जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन धान फलेको छ ।
वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी
सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै सुरु गर्नुभएको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको छ ।
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् ।
डिडिसी सुधारको नतिजा चाँडै देखिने
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास सस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणवाट मुक्त गराउन आफूले सक्दो प्रयास गरीरहेको बताउनु भएको छ ।
एक सय ८० रोपनी क्षेत्रफलमा प्याज खेती
जिल्लामा प्याज खेती विस्तार गर्ने गरी कार्यक्रम सञ्चालन भएको छ । १८० रोपनी क्षेत्रफलमा प्याज खेती गर्ने गरी कार्यक्रम अघि बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाई प्युठानले जनाएको छ ।
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ ।
एकै गाउँबाट दुई करोड बढीको आलु बिक्री
गल्याङ नगरपालिका –११ जिमुहाँको एकै गाउँबाट दुई करोड ४० लाख रुपियाँको आलुको बीउ बिक्री गरिएको छ । २८४ घरधुरी रहेको जिमुहाँमा एक घरले १० क्विन्टलदेखि २७५ क्विन्टलसम्म आलुको बीउ बिmक्री गरेका हुन् ।
बीउको गुणस्तरीयतामा कृषिमन्त्री अधिकारीको जोड
काठमाडौंमा १५ औं राष्ट्रिय हर्टिकल्चर सम्मेलन सुरु भएको छ । नेपाल हर्टिकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो ।
डोटीमा टिमुरको बेर्ना उत्पादनको तयारीमा डिभिजन वन कार्यालय
डिभिजन वन कार्यालय डोटी निःशुल्क बिरूवा गर्नेगरी टिमुरको बेर्ना उत्पादनको तयारीमा जुटेको छ ।
खुर्सानी खेतीबाट राम्रो आम्दानी
कैलालीको जानकी गाउँपालिका –४ की सविता बडायक खुर्सानी खेती गरेर राम्रो आम्दानी गर्न सफल हुनु भएको छ । पाँच कट्ठा जमिनमा विभिन्न प्रजातिको खुर्सानी खेती गरेर उहाँले आम्दानी गर्न सफल हुनु भएको हो । खुर्सानी खेतीबाट भएको आम्दानीले परिवारको खर्च मज्जाले चलेको बडायकले बताउनुभयो ।
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ ।
गोलभेँडालाई राम्रो मूल्य
सर्लाहीका बजारमा स्थानीय किसानले उत्पादन गरेको गोलभेँडा भित्रिन थालेको छ ।
नेपालगन्जमा खाद्य व्यवस्था कम्पनीद्वारा १४ हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट १४ हजार क्विन्टल धान खरिद गरेको छ ।
आलुको उत्पादन बढाउन कृषकलाई बीउ
आलु खेतीको व्यावसायिक उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले आलु पकेट विकास कार्यक्रम अन्तर्गत रेसुङ्गा नगरपालिकाले कृषकलाई आलुको बीउ वितरण गरेको छ। आलु बालीको उत्पादन र उत्पादकत्वमा वृद्धिगरी आलु कृषकको आयस्रोत वृद्धि गर्न यस नगरपालिकाले वडा ४, ६ र ११ का कृषकलाई जनकदेव जातको ११ मेट्रिक टन आलु वितरण गरेको हो ।
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ ।