• २३ पुस २०८१, मङ्गलबार

एक सय ८० रोपनी क्षेत्रफलमा प्याज खेती

blog

तयारी अवस्थामा रहेको प्याजको नर्सरी । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ
प्युठान, मङ्सिर ११ गते ।
जिल्लामा प्याज खेती विस्तार गर्ने गरी कार्यक्रम सञ्चालन भएको छ । १८० रोपनी क्षेत्रफलमा प्याज खेती गर्ने गरी कार्यक्रम अघि बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय इकाई प्युठानले जनाएको छ ।

जिल्लाभित्रका समूह, सहकारीसँग सहकार्य गरेर प्याज खेतीको सुरुवात गरिएको परियोजना कार्यान्वय इकाईका प्रमुख चुमानसिंह गिरीले जानकारी दिनुभयो । “प्याज प्रवर्द्धन कार्यक्रमअन्तर्गत बाहिरबाट आयात हुने अवस्थालाई कम गर्न कार्यक्रम गरिएको हो,” प्रमुख गिरीले भन्नुभयो, “हामीसँग जमिन पनि छ, थोरै समयमा उत्पादन पनि हुन्छ ।”

प्रविधि र कलस्टरमा जोड दिँदै ठुलो क्षेत्रफलमा विस्तार गर्ने मोडेल अवलम्बन गरिएको कार्यालयले जनाएको छ । धेरै किसानले माग गरेकाले ठुलो स्केलमा खेती गर्ने गरी सहकारी-समूहसँग सहकार्य गरिएको प्रमुख गिरीको भनाइ छ ।

प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका, ऐरावती गाउँपालिका, गौमुखी गाउँपालिका, स्वर्गद्धारी २०-२२ वटा समूह-सहकारीमार्फत खेती हुँदैछ । अहिले सामूहिक रुपमा नै नर्सरी स्थापना गरिएको छ । प्याजको उत्पादनसँगै जातिय परीक्षण समेत गरिनेछ । जिल्लाको हावापानी सुहाउँदो र बजारमा उपलब्ध जातलाई परीक्षणको हिसावले पनि लगाइएको गिरीले बताउनभुयो । मौसमी र बेमौसमी हिसावले उत्पादन गर्ने कार्यालयको योजना रहेको उहाँको भनाइ छ ।