तेब्बरले घट्यो अलैँची निर्यात
अलैँची निर्यातमा तेब्बरले गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा उच्च माग भए पनि उत्पादन कम हुँदा निर्यातमा भने तेब्बरभन्दा बढीले कमी आएको हो ।
तरकारी खेतीबाट समृद्धि खोज्दै किसान
तुलसीपुर उपमहानगरपालिका–२ कुमलगदी गाउँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । कुनै समय धान, गहुँ खेतीमा निर्भर रहेका कृषकहरु तरकारी खेतीमा राम्रो आम्दानी हुन थालेपछि सिङ्गो गाउँले तरकारी खेतीमा आकर्षित हुन थालेका हुन् ।
आलुमा पुतली किराको प्रकोप
सल्यानको बनगाडकुपिण्डे नगरपालिका–१२, निगालचुलाका किसानले लगाएको आलुमा पुतली किराको प्रकोप देखापरेको छ ।
कफी खेतीका लागि सम्भाव्यता अध्ययन
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कफी खेती गर्नका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले छ वटै वडामा कफी खेती विस्तार गर्ने योजना बनाई सम्भाव्यता अध्ययन गरेको हो ।
वर्षे बर्सेनि घट्दै चैते धान रोप्ने क्षेत्रफल
गुल्मीमा चैते धान रोप्ने क्षेत्रफल प्रत्येक वर्ष घट्दै गएको पाइएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको तथ्याङ्कअनुसार प्रत्येक वर्ष चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको पाइएको हो ।
पौवादुङमामा कृषि एम्बुलेन्सले किसानलाई राहत
भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । यो कार्यले पालिका भरी उत्पादन भएका कृषि उपजलाई स्थानीय र बाह्य बजारसम्म पुर्याउन सहज भएको छ ।
घिरौँला, सिमी र गोलभेँडामा बढी विषादी
देशकै ठुलो तरकारी बजार कालीमाटीमा पछिल्ला दिनमा भित्रिएका ताजा तथा हरिया तरकारीमा विषादीको मात्रा अधिक प्रयोग भएको भेटिएको छ ।
लोप हुँदै परम्परागत 'कोल'
सुदूरपश्चिमका पहाडी गाउँमा चिउरी र तोरी पेल्न प्रयोग हुने ‘कोल’ लोप हुन थालेको छ । परम्परागत साधन लोप हुँदै गएपछि ग्रामीण भेगका चिउरी कृषकले समस्या खेप्नु परेको सुर्नया २ का मोहन बहादुर बिष्टले बताउनुभयो ।
बर्सेनि बढ्दै चैते धानको आकर्षण
भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती गर्दै आउनुभएको छ । पाँच कट्ठा क्षेत्रफलबाट सुरु गरेको चैते धान अहिले तीन बिघामा फैलिएको छ ।
कावासोती –१७ का वडा सदस्य मीनबहादुर महतोको लोभलाग्दो मेवाखेती
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो समय उहाँले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलपुर भएको छ । मेवा टिपेर बजार पठाउन उहाँ अहिले व्यस्त हुनुहुन्छ ।
डुडुवाद्वारा धानको बिउ उत्पादन तथा भण्डारण सुरु
किसानलाई बिउ वितरण गर्न डुडुवा गाउँपलिकाले यस वर्षदेखि आफैँले बिउ उत्पादन सुरु गरेको छ । धानको मूल बिउ उत्पादन गरी पालिकाले एक सय ४२ क्विन्टल उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको हो ।
गोरु पाल्ने कृषकलाई रुरुक्षेत्रले अनुदान दिने
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका गोरु पाल्ने कृषकलाई अनुदान प्रदान गर्ने भएको छ ।
गहुँ छिटो आयात गर्न आग्रह
भारतबाट प्राप्त हुने कोटाको गहुँ आयात गर्ने इजाजतपत्र पाएका २८ फर्म वा कम्पनीलाई सक्दो छिटो खरिद गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ ।
याकचौँरीपालन सङ्कटमा
मुस्ताङ, वैशाख ८ गते । यहाँको थासाङ–२ घट्टेखोलास्थित हिमालयन याक नाकपालन उपसमितिका सदस्य एवं वडासदस्य भीमप्रसाद थकालीलाई पछिल्लो समय याकचौँरीका पाठापाठी हुर्काउन समस्या छ ।उहाँको करिव ७० वटा याकचौँरी छन् । पूख्र्यौली पेशा अङ्गाल्दै आउनुभएका थकालीले पछिल्लो समय याकचौँरीपालन व्यवसाय जोगाउनै गाह्रो परेको बताउनुभयो । सरकारले हिमाली क्षेत्रका याकचौँरीपालन व्यवसायलाई संरक्षण गर्न अनुकूलनका कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ । “सरकारले हिमाली याकचौँरीपालन संरक्षणका लागि अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकिरहेको छैन,” उहाँले भन्नुभयो, “हिमालमा चरनक्षेत्रमा घाँस नहुने, वन्यजन्तुको जोखिम र सुख्खा खडेरीले पानीको अभाव हुँदा यो व्यवसायनै लोप हुने अवस्थामा पुगेको छ ।”जिल्लाका पाँच वटै स्थानीय तहमा करिब चार हजार ७०० बढी सङ्ख्यामा याकचौँरी छन् । याकचौँरीपालनको व्यावसायिक हकहित र उत्थानका लागि २०७६ सालमा हिमालयन याकचौँरी पालन तथा संरक्षण व्यवस्थापन समिति गठन भएको थियो । त्यसकै उपशाखा अन्तर्गत थासाङ–२ घट्टे खोलामा हिमालयन याक नाक पालन उपसमिति छ । थकाली जस्तै थासाङ–२ मा २२ घरधुरीले २२ वटा गोठ खडा गरी करिव ७०० बढी सङ्ख्यामा याक नाक पालन गर्दै आइरहेका छन् । पूख्र्यौली व्यवसाय याकचौँरीपालनबाट राम्रो आम्दानी हुने गरेको उनीहरुको भनाइ छ । याक नाकको दुधबाट घ्यू, छुर्पी र मासु उत्पादन हुने गर्छ । यसका अतिरिक्त याक नाकका रगत निकालेर सर्वसाधारणलाई बिक्री गरी बैकल्पिक आम्दानी लिने गरेका छन् ।थासाङमा हिउँद र बर्खायाममा अलगअलग गोठ स्थान्तरण गरेर याकचाँैरीको व्यवस्थापन गर्ने गरिएको छ । बर्खायामको चिसो मौसममा मुलीखर्क, मार्चे र बतासे डाँडा लगेर गोठ सारिन्छ । त्यसपछि बिस्तारै हिउँदयाम लागेपछि बस्ती नजिकको पट्के खर्क, छिप्लुङ खर्क, सेकुङ खर्क, खैक्यु खर्क र लुप्साङ खर्कलगायतका स्थानमा याकचौँरीको गोठ स्थान्तरण गरिने याकचाँैरी पालक गौतम शेरचनले जानकारी दिनुभयो । याकचौँरीपालन गर्दा गोठालालाई वार्षिक रु दुई लाख र खाने, बस्ने र लत्ताकपडाको व्यवस्थापन गरिदिने चलन छ । पछिल्लो समय हिमाली क्षेत्रमा याकचौँरीपालन सङ्कटमा पर्दै गएको हो । जलवायु परिवर्तनका कारण वातावरणीय क्षेत्रमा परेको असरले याकचौँरीपालन व्यवसाय समस्यामा परेको स्थानीयवासीको अनुमान छ ।हिमाली क्षेत्रमा समयमा हिउँ नपर्ने, बेमौसममा हिमपात हुने र कुनै वर्ष हिउँ पर्दै नपर्नेजस्ता प्राकृतिक विपद्ले हिमाली याकचौँरीका लागि आवश्यक चरन क्षेत्रमा घाँस पाइन छाडेको हो । हिमालयन याक नाक उपसमितिका याकचौँरीपालक किसानले याक नाकको रगत सर्वसाधारणलाई बिक्री गरेर बैकल्पिक आम्दानी गर्ने गरेका छन् । याकचौँरीको आलो रगत निकालेर बिक्री गर्ने हिमाली क्षेत्रको सदिँयौदेखिको सांस्कृतिक प्रचलन हो । प्राकृतिक उपचारका लागि याकचौँरीको आलो रगत सेवन गर्नाले दीर्घरोगीलाई उपचारमा उपयोगी हुने जनविश्वास छ । विशेषगरी ग्याष्ट्रिक, गानोगोला, हाडजोर्नी दुख्ने तथा पेटसम्वन्धी समस्या भएका बिरामीलाई याकचौँरीको आलो रगतले फाइदा पुग्ने बताइन्छ । एक वयस्क याकचौँरीबाट २५ गिलासदेखि ४२ गिलाससम्म याकचौँरीको आलो रगत निकाल्न सकिने हिमालयन याक नाक पालन उपसमितिले जनाएको छ । याकचौँरीको रगत सेवन गर्न आउने सर्वसाधारणलाई प्रतिगिलास रु ३०० को दरमा बिक्री वितरण गरिन्छ ।
पाँच सय कृषकको भागमा सात बोरा मल
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का करिब पाँच सय कृषक व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । वर्षैभरि तरकारी उत्पादन हुने पकेट क्षेत्रको रूपमा चिनिएको यस ठाउँमा मलको चरम अभाव रहेको छ ।
पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा पौने तीन लाख मेट्रिक टन रासायनिक मल आयात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत साउनदेखि चैत मसान्तसम्म दुई लाख ७१ हजार १६९ मेट्रिक टन मल आयात भएको हो ।
चैते धान रोप्न व्यस्त दाङका किसान
भूगोलका दृष्टिले विकट मानिने बंगलाचुली गाउँपालिकाअन्तर्गत अर्जुनखोला र सुकाखोलाका फाटहरु कृषिका लागि भने उर्भर भूमीका रुपमा रहेका छन् । वर्षाको समयमा यातायात सुविधाबाट बञ्चित हुने यी ठाउँका स्थानीयलाई कृषिका लागि अर्जुनखोला र सुकाखोला बरदान सावित भएका छन् ।
नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आबमा ५९ हजार १२० मेट्रिकटन आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष आलु खेती गरिने क्षेत्र र उत्पादनसमेत बढेको छ ।
मकैबाली प्रवर्धनका लागि बिउसहित ट्याक्टर वितरण
मकवानपुरको कैलाश गाउँपालिकाले कृषक समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । गाउँपालिकाले तय गरेको ‘मकैबाली प्रवर्धन कार्यक्रम’अन्तर्गत चार थान हाते ट्याक्टर र तीस किलो बीउ वितरण गरिएको हो ।
तनहुँमा हट्यो रासायनिक मलको अभाव
तनहुँ, लमजुङ र गोरखाका कृषकले यस वर्ष रासयनिक मलको अभाव झेल्नु नपर्ने भएको छ । हरेक वर्ष अभाव खेप्दै कृषकले यसपटक भने माग अनुसार मल आएकाले अभाव झेल्नु नपरेको हो ।
एक करोड १५ लाख लिटर दूध प्रशोधन
चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो ।
आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी
सुनसरी, वैशाख ४ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गर्नुभएको थियो । उहाँले सबै खर्चसहित रु छ लाख खर्च गर्नुभएको थियो । त्यसबाट करिब र १४ लाखको आलु उत्पादन गरिएको बताउनुभयो । तीन महिना मेहनत गरेर आलुखेतीबाट रु आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । रु १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर रु आठ लाख आम्दानी भएको उहाँले बताउनुभयो । “विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो”, मेहताले भन्नुभयो । यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उहाँले बताउनुभयो । समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै थारु महिला
दाङको घोराही उपमहानगरपालिका ७, शुक्रबार गाउँकी खिमा चौधरी अचेल दैनिकी फेरिएको छ । कुनै बेला उहाँको साँझबिहान चुलोचौको र पानीपँधेरामा बित्थ्यो तर अचेल उहाँ छिट्वामा तरकारी बोकेर साँझबिहान घोराही बजार पुग्नुहुन्छ ।
जमिन बाँझो नराख्न किसानलाई आग्रह
पछिल्लो समय खेती योग्य जमिन बाँझै छोड्ने प्रवृत्ति बढेपछि इलाम नगरपालिका–४ ले जमिन बाँझो नराख्न किसानहरूलाई आग्रह गरेको छ । वडाले आफ्ना ९० प्रतिशत नागरिक कृषि र पशुपालनमानै आश्रित रहेको भन्दै दिगो अर्थतन्त्र र जीवीकोपार्जनका लागि जमिन बाँझो राख्न नहुने किसानहरुलाई सुुझाएको छ ।