जमिन बाँझो नराख्न किसानलाई आग्रह
पछिल्लो समय खेती योग्य जमिन बाँझै छोड्ने प्रवृत्ति बढेपछि इलाम नगरपालिका–४ ले जमिन बाँझो नराख्न किसानहरूलाई आग्रह गरेको छ । वडाले आफ्ना ९० प्रतिशत नागरिक कृषि र पशुपालनमानै आश्रित रहेको भन्दै दिगो अर्थतन्त्र र जीवीकोपार्जनका लागि जमिन बाँझो राख्न नहुने किसानहरुलाई सुुझाएको छ ।
कृषि शिविरबाट किसान लाभान्वित
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सञ्चालित कृषिसँग सम्बन्धित शिविरबाट एक हजारभन्दा बढी किसान लाभान्वित भएका छन् । गाउँपालिकाले सञ्चालन गरेको कृषिसम्बन्धी निःशुल्क घुम्ती शिविरमार्फत पालिकाभरका किसान लाभान्वित भएका हुन् ।
गुल्मीको २२ हजार हेक्टर जमिनमा मकै खेती
टोपलाल अर्यालरेसुङ्गा, वैशाख १ गते । किसान बारीमा मल फालेर मकै रोप्न वर्षाको प्रतीक्षामा थिए । भर्खरै भएको वर्षाले मकै किसानहरूलाई उत्साहित बनाएको छ । पहाडी जिल्लाहरूमा अधिकांश किसानले चैतमै मकै रोप्छन् । मकै रोप्ने केही बेला ढिप्किएपनि लामो वर्षा भएकाले मकै रोप्न सुरु गरिएको धुर्कोट गाउँपालिका–६ का राम बहादुर थापाले बताउनुभयो । चैतमा रोपेको मकै साउन महिनाको अन्तिममा पाक्ने गर्छ । खेतमा फागुन महिनामै मकै रोप्ने र गाउँका बारीमा चैतमा नरोपे कोदो रोप्न समस्या हुने गर्दछ । सुत्यवति गाउँपालिका–५ का युवराज भण्डारी खेतमा रोपेका मकै कम्मर–कम्मर आउने भए । तर, वर्षा नभएका कारण बारीमा मल फालेर मात्रै बस्नु परेको थियो । अहिले तीन दिन परेको वर्षाको कारण मकै रोप्न थालिएको भण्डारीले बताउनुभयो । फागुनमा नभएपछि केही गुल्मीमा २२ हजार ४१८ हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । बर्से मकै २० हजार ५१३ र बसन्ते एक हजार ९०५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जिल्लामा बर्से मकै ७१ हजार २०५ मेट्रिक टन र बसन्ते मकै पाँच हजार ९६७ मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो । पछिल्लो समय किसानहरूले उन्नत जातको मकैलाई प्राथमिकता दिन थालेका छन् । गुल्मीमा सबैभन्दा बढी क्षेत्रफलमा मकै लगाउने वर्षाको समयमा हो । फागुनदेखि वैशाखसम्म लगाउने मकैलाई बर्खे मकै भनिन्छ । उन्नतर्फ अरुण–२, मनकामना–३ र देउती जातको मकै धेरै लगाइन्छ । यो जिल्लामै उत्पादन हुने मकै हो । करिब ७० प्रतिशत किसानले हाइब्रिड जात अर्थात् सिपी र जेके मकै धेरै लगाउने गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत मरासिनीले बताउनुभयो । जसका कारण जिल्लाको रैथाने बाली हराएर जाने समस्या देखिएको छ । किसानले धेरै उत्पादन गर्ने उद्देश्यले हाइब्रिड मकै लगाउने गरेका छन् ।
अन्नपूर्ण गाउँपालिकाको कृषि एम्बुलेन्स प्रयोगविहीन
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले खरिद गरेको कृषि एम्बुलेन्स प्रयोगविहीन भएको छ ।
सागले सजिएको धनकुटाको मजुवा गाउँ
धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ मा पर्ने मजुवा गाउँ अहिले रायो सागमय भएको छ । गाउँका अधिकांश घरको आँगन, बारी र खेतमा अहिले यही साग लहलाउँदो छ ।
हरिपुरमा हात्तीको उपद्रोबाट सर्वसाधारण त्रसित
सर्लाहीको हरिपुर नगरपालिका–२, सखुवा गाउँमा जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् ।
कृषकलाई २५७ वटा हाते ट्याक्टर वितरण
पुतलीबजार नगरपालिकाले कृषकहरुलाई २५७ वटा हाते ट्याक्टर वितरण गरेको छ ।
केरा खेतीतर्फ किसान आकर्षित
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–५ बास्टारीका कृषकहरु व्यावसायिक केरा खेतीतर्फ लागेका छन् ।
असिनापानीले गहुँबाली नष्ट
बाजुरामा असिनापानीले गहुँबाली नष्ट पारेपछि यहाँका किसान निकै चिन्तित भएका छन् ।
हिमाली भेगमा पानी पर्दा किसान खुसी
मुगुका अधिकांश स्थानमा लामो समयको खडेरीपछि बुधबार साँझ पानी परेसँगै किसान खुसी भएका छन् । किसानले लगाएको कोदो, मकै र आलुबालीलाई राहत भएको छ ।
इलामसँगै सुरु भएको बैतडीको चिया खेती कान्लामै सीमित
बैतडी, चैत २८ गते । कुनै बेला चियाका लागि प्रसिद्ध मानिने बैतडी खलङ्गाको चिया बगान अहिले खेतका आली र कान्लामा सीमित भएको छ । बैतडीमा चिया खेती हुन्छ भने कुरा अहिले सर्वसाधारणलाई मात्र होइन, कृषि क्षेत्रमा काम गर्ने सरकारी निकायका पदाधिकारीलाईसमेत थाहा छैन । सदरमुकामको गढी आसपास क्षेत्रका केही घरमा अहिले पनि बैतडीकै चियाको उपभोग हुने गरेको छ । यद्यपि सरकारी उदासीनताका कारण व्यावसायिक खेती भने हुन सकेको छैन । दशरथचन्द नगरपालिका–४, खलङ्गाको गढी क्षेत्रमा राणा कालमै सरकारी स्तरबाट चिया बगान स्थापना भएको पूर्व प्रहरी अधिकृत एवं स्थानीय ८४ वर्षीय वीरबहादुर चन्दले बताउनुभयो । बैतडीको चिया भारतको उत्तराखण्डसम्म जाने गरेको उहाँले बताउनुभयो । खलङ्गाको चिया पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको घर कुरकुटियाँसम्म कोसेलीका रूपमा जाने गरेको उहाँले स्मरण गर्नुभयो ।उहाँले भन्नुभयो, “इलाम र बैतडीमा सँगसँगै चिया खेती सुरु भएको हो । इलामको चिया विश्वभरि परिचित छ तर, बैतडीको चिया बगान मासिएर खेतका आली र कान्लामा सीमित हुन पुगेको छ । खलङ्गाका विभिन्न ठाउँको नाम नै चियाबारी, खोला बारी रहेका थिए । चिया बगानसँगै ती ठाउँका नाम पनि हराए । यो साह्रै दुःखको कुरा हो ।” खलङ्गा स्थित जिल्ला अदालत पछाडिको आफ्नो बारीमा अहिले पनि चियाका बोट रहेको प्रकाश चन्दले बताउनुभयो । उहाँले घरायसी प्रयोजन र आफन्त नातागोतालाई आफ्नै बारीको चिया उपभोगका लागि दिने गरेको बताउनुभयो । अधिकांश ठाउँमा स्याउला सोतरका रूपमा गाईबस्तुको गोठमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“ १५÷२० बोटले घरका लागि वर्षभरि चिया खान पुग्छ । टिप्न छाडेका केही बोटका हाँगा बढेर फल लाग्ने गरेको छ । हाँगामा फलेका दाना बिउका रूपमा आफै उम्रिन्छन् । खेत जोत्ने बेला आफै उखेलिएर नष्ट हुन्छ ।” चैतदेखि वैशाखसम्म मुना टिपेर घरका लागि चिया पत्ती बनाउने गरेको उहाँले बताउनुभयो । थप्दै उहाँले भन्नुभयो, “ चियाको मुना टिपेर एक रात ओइलाउन दिन्छौँ । भोलीपल्ट हातले माडेर कपडामा पोको पारेर राख्छौँ । तेस्रो दिन सुकाउन राखेपछि बास्नादार चिया पत्ती तयार हुन्छ । बजारको चिया मिठो लाग्दैन । बैतडीको चिया जस्तो वासनादार पनि हुँदैन ।”आफ्नो बारीमा पनि चियाका बोट रहेको खलङ्गाका विकास चन्दले बताउनुभयो । अर्का स्थानीय सुदर्शन खड्काको बारीमा पनि चियाका बोट रहेको उहाँले बताउनुभयो । चिया खेतीका लागि राम्रो सम्भावना भए पनि यो विषयमा सरकारी स्तरबाट खोज अनुसन्धान हुनु पर्ने उहाँले बताउनुभयो । खलङ्गाका केही स्थानमा चियाका बोट रहेको आफूले पनि सुनेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख हरिदत्त जोशीले बताउनुभयो । बैतडीमा कफी खेती भने राम्रो देखिएका बेला व्यावसायिक रूपमा चिया खेती फस्टाउन नसकेको उहाँले बताउनुभयो । चिया खेती गर्ने कुनै किसान पनि कार्यालयको सम्पर्कमा आएका छैनन् । यद्यपि यो विषयमा स्थलगत निरीक्षण गर्ने उहाँले बताउनुभयो । नेपालमा चियाको इतिहासतथ्याङ्क अनुसार वि.सं. १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त भएको चियाको बिरुवा इलाममा रोपेपछि नेपालमा नेपालमा चिया खेतीको सुरुवात भएको मानिन्छ । कर्णेल थापा जङ्गबहादुर राणाका ज्वाँई थिए । थापाले जङ्गबहादुरकी जेठी छोरी वदनकुमारीसँग बिहे गरेका थिए । चिनिया सम्राट्बाट उपहारमा प्राप्त भएको चियाको बिरुवा जङ्गबहादुरको आदेश इलामका तत्कालीन बडाहाकिम तथा कर्णेल गजराजलाई दिएपछि नेपालमा चिया खेतीको औपचारिक सुरुवात भएको मानिन्छ । बैतडीमा कहिलेदेखि चिया खेती सुरु भयो ? भन्ने यकिन तथ्याङ्क नभए पनि इलामसँगै त्यति बेलाका अड्डा गौडाका बडा हाकिमको पहलमा बैतडीमा चिया खेती सुरु गरिएको स्थानीय ८४ वर्षीय वीरबहादुर चन्दको भनाइ छ । उहाँले प्रहरीमा नोकरी गर्ने बेला आफू इलाम पुग्दा त्यहाँका स्थानीयले बैतडीको चिया बगान कस्तो छ ? भनेर आफूलाई सोधेको बताउनुभयो ।
कोदोखेती गर्ने कृषकलाई गाउँपालिकाले चार लाख दिने
शिवनाथ गाउँपालिकाले कोदोखेती प्रवर्धन गर्न किसानलाई चार लाख रुपियाँ रकम सहयोग गर्ने भएको छ ।
फस्टाउँदै महीको बजार
पछिल्लो समय महीको लोकप्रियता बढेर बजारको प्रिय वस्तु बन्न थालेको छ । महीको खपत बढ्नुका साथै बजारसमेत फस्टाउँदै गएको छ ।
लोभलाग्दो च्याउखेती
जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि रु १२ लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ ।
फूल बिक्री नहुँदा किसान चिन्तित
धनुषाको धनुषाधाम नगरपालिका–३, तेजनगरकी मानकुमारी भण्डारीले वार्षिक १५ हजार रुपियाँमा १० कट्ठा जमिन भाडामा लिएर गेंदा फूल खेती गर्दै आउनुभएको छ ।
मकै खेतीबाट तेब्बर आम्दानी
तीन वर्षअघि कृषि समूह गठन गरी मकै खेती सुरु गरेका बुटवल उपमहानगरपालिका–१४, सेमलार र मोतीगन्जका किसानले लगानीको तेब्बर आम्दानी गर्न सफल भएका छन् ।
धनुषाधाममा तरबुजा उत्पादनमा कमी
धनुषाधाम नगरपालिका–७, भगवानपुरका किसान शिवनाथ यादव २० वर्षदेखि तरबुजा खेती गर्दै आउनुभएको छ । यसवर्ष उहाँले आठ कट्ठा जमिनमा तरबुजा खेती गर्नुभएको छ ।
कृषकलाई चैते धानको बिउ अनुदानमा
महानगरपालिकाले एक हजार ५०० किलोग्राम धानको बिउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो ।
लमजुङमा चैते धान खेती घट्दै
विगतको तुलनामा लमजुङमा चैते धान खेती घट्दै गएको छ । विगतमा ६ हजार हेक्टर जमिनमा चैते धान खेती गरिएपनि आजभोली मुस्किलले सय हेक्टरमा मात्र खेती हुँदै आएको छ ।
सुन्तला खेती विस्तार गर्ने किसानलाई अनुदान
यहाँका किसानले सुन्तला खेती गरे वापत करिब एक करोड अनुदान पाएका छन् । कृषि ज्ञानकेन्द्र तनहुँले सुन्तला खेती प्रवद्धन गर्न किसानलाई अनुदान दिएको हो ।
कृषकलाई अनुदानमा कृषि औजार वितरण
मकै पकेट क्षेत्र घोषणा भएलगत्तै नवलपरासीस्थित सुनवल नगरपालिका वडा ३ ले कृषकलाई अनुदानमा मकैको कृषि औजार वितरण गरेको छ ।
किसानको घरदैलोमा कृषि मन्त्री
कृषि अनुदान दुरुपयोग हुन थालेपछि सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा किसानको दैलोमै पुगेर गुनासो सुन्न थाल्नु भएको छ ।
तिलोत्तमा नगरका कृषकलाई कृषि औजार वितरण
तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्याक्टर, स्प्रेयर मेसिन (औषधी तथा पानी छिट्ने मेसिन), रिपर (धान, गहुँ तथा बाली काट्ने मेसिन), ब्रास कटरलगायतका कृषि औजार वितरण गरेको छ ।
तरकारी खेतीबाट तुल्सीरामलाई मासिक एक लाख आम्दानी
रोजगारीका लागि विदेश जान तछाडमछाड गरिरहेका युवाहरूलाई बाँके बैजनाथ–४ का तुल्सीराम थारूले नेपालमै बसेर मिहिनेत गरे मासिक एक लाख रुपियाँसम्म कमाउन सकिन्छ भनेर देखाई दिनुभएको छ ।