दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्
दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन ।
तोरी फुलेपछि सुनौलो पहेँलपुर (फाेटाे फिचर)
पाल्पाको ग्रामीण बस्ती पँहेलपुर वास्तविक रूपमा पहेँलपुर बनेको छ । यतिबेला तोरी पहेँलो फुलेर सो बस्ती अहिले सुन्दर देखिएको छ ।
पशुपालन सर्वेक्षण : गाई र भैंसीबाट करिब नौ करोड लिटर दूध उत्पादन
नेपालमा २६ हजार गाई र भैंसीबाट आठ करोड ९० लाख लिटर दूध उत्पादन हुने गरेको पाइएको छ ।
मधेश कृषि विश्वविद्यालयमा विद्यार्थी भर्ना सुरु
मधेस कृषि विश्वविद्यालयले आफ्नो पहिलो शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु गरेको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरका अनुसार विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा सञ्चालन गर्नेछ । तयारीसहित कात्तिक २९ गतेदेखि मङ्सिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिने उहाँले बताउनुभयो ।
५१ हजार १९१ मेट्रिक टन भदैया धान उत्पादन
बारामा चालु आर्थिक वर्ष २०७९–८० मा कृषकहरूले ५१ हजार १९१ दशमलव ५ मेट्रिक टन भदैया धान उत्पादन गरेका छन् ।
स्थानीयको योजना प्रदेशबाटै तय गरिँदा कार्यान्वयनमा समस्या
प्रदेश सरकारमार्फत आउने योजना मन्त्रालयबाटै तोकिएर आउँदा प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ । जिल्लामा प्रत्येक वर्ष लाखौँ रकमको योजना मन्त्रालय बाट नै तोकिएर आउँदा ती योजनाहरू प्रभावकारी र दिगोपनामा समस्या देखिएको हो ।
धनकुटामा कृषि प्रदर्शनी
धनकुटाको डाँडा बजारमा एक दिने कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । शनिवार साँगुरी गढी गाउँपालिका–६ स्थित डाँडा बजारमा कृषि प्रदर्शनी मेला आयोजना गरिएको थियो ।
किसानले मागे उम्मेदवारसँग मल
मत माग्न घरदैलो आएका प्रतिनिधि सभा, प्रदेश सभाका उम्मेदवारसँग सिन्धुपाल्चोकका किसानले रासायनिक मल मागेका छन् ।
किसानले कोदो लगाउनै छाडे
गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ ।
कृषिप्रधान मुलुक : धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै !
अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउनुहुन्छ ।
सिन्धुलीमा लोकप्रिय बन्दै थ्रेसर मेसिन
गाउँघरमा कृषि मजदुरको अभाव हुँदै गएपछि सिन्धुलीमा पछिल्लो समय धानबाली भित्र्याउन किसानमाझ थ्रेसर मेसिन लोकप्रिय बन्दैगएको छ । परम्परागत रुपमा खेतालाको भरमा धान भित्र्याउँदैआएका सिन्धुलीका किसानले पछिल्लो समय आधुनिक थ्रेसर मेसिनप्रति आकर्षित भएका हुन् ।
धानको समर्थन मूल्य तोक्न ढिलाइ, उत्पादन तथ्याङ्क सङ्कलन गरिँदै
सरकारले धानको समर्थन मूल्य अहिलेसम्म न तोकेपछि किसानलाई मर्का परेको छ । गत साल भदौमा धानको समर्थन मूल्य तोकेको सरकारले यस वर्ष मूल्य तोक्न अलमल गरेको देखिएको छ ।
धानखेतका कारण पूर्वी पहाड बन्यो सुनौलो (फोटो फिचर)
पूर्वी नेपालमा धान पाक्दै गएपछि सुनौला फाँट देखिन थालेको छ । पूर्वी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुरलगायतका पहाडी फाँट धान पाक्न थालेसँगै पहेँलिन थालेका छन् ।
धानमा दाना लागेन
पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसानहरु चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका १४ को हुल्काङमा लगाईएको धानमा दाना नलागेको हो ।
धानमा दाना नलागेपछि स्याङ्जाका कृषक चिन्तित
पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि वालिङका कृषक चिन्तित बनेका छन् । वालिङ नगरपालिका–१४ स्थित हुल्काङका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘युएस ३१२’ मा दाना नलागेपछि स्थानीय चार जना कृषक समस्यामा परेका हुन् ।
धान स्याहार्न प्रविधिको प्रयोग बढ्दै (फोटो फिचर)
कृषिजन्य वस्तुको उत्पादनमा प्रविधिको प्रयोगसँगै किसानको लगानी घटेको छ । धानको खेती गर्न तथा धान स्याहार्न कृषि प्रविधिको प्रयोग बढेपछि कृषि क्षेत्रमा किसानको लगानी कम हुँदै गएको हो ।
‘राहतको पर्खाइमा बित्यो वर्ष दिन’
खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिनुहुन्छ । उहाँ बझाङ–बाजुरा जाने सडक गाउँमै भएको हुँदा गाडी रोकिए पनि राहतको कुरा सुनाउन आएको हुनसक्ने अनुमान गर्नुहुन्छ ।
घाँस बिक्रीबाट वार्षिक २५ लाख रुपियाँसम्म आम्दानी
वैदेशिक रोजगारीबाट राम्रो कमाउन आसमा बिदेशिएका युवाहरू अहिले स्वदेश फर्केर कृषि पेसामा रमाउन थालेका छन् । पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरू पछिल्लो समय स्वदेशमा विदेशकोजस्तै परिश्रम गर्ने हो भने राम्रो कमाउन सकिन्छ भन्ने जोस र जाँगर बोकेर कृषिमुखी व्यवसायमा रमाउन थालेका छन् ।
दूध विक्री गरेर वार्षिक करोड आम्दानी
म्याग्दीको एउटै गाउँबाट वार्षिक रुपमा ३ करोड रुपियाँभन्दा बढीको दूध विक्री हुनेगरेको छ । बेनी नगरपालिका –४ सिंगा गाउँका किसानले व्यावसायिक रुपमा भैंसीपालन मार्फत दैनिक रुपमा करिब ७ सय पचास लिटर दूध विक्री गर्नेगरेका छन् ।
सल्यानका किसानलाई धान भित्र्याउन चटारो (फोटो फिचर)
सल्यानको शारदा नदी आसपासमा धान पाकेर पहेलपुर भएको छ । किसान धान भित्र्याउन ब्यस्त रहेका छन् । शारदा नदी, दार्माखोला, मर्मखोला र मुलखोला आसपासमा धान खेती हुनेगरेको छ । निरन्तर वर्षाका कारण यस वर्ष धान राम्रो उत्पादन भएको कृषकहरुको भनाइ छ ।
धान सुकाउँदै कीर्तिपुरका किसान । (फाेटाे फिचर)
काठमाडाैँ जिल्लाकाे दक्षिणपश्चिममा पर्ने सांस्कृतिक नगरी कीर्तिपुरमा धान सुकाउने काममा किसानहरू व्यस्त रहेका छन् । तिहारअघि नै धान काटिसकेकाे किसानहरूले धान सुकाउँदै सुकेका धान थन्क्याउन लागेका छन् ।
अधियाँ खेतीले परिवार पाल्दै माेहित
खेतबारी बाँझै राखेर चामल किनेर खानेहरूको सङ्ख्या बढ्दो रहेको छ । तर कपिलवस्तुकाे शुद्धोधन गाउँपालिका ५ निवासी मोहित कुमाल भने आफ्नो खेतबारी नभए पनि अरूकै बारीमा अधियाँ (कमाइको आधा-आधा) धान खेती गरेर परिवारको गुजारा चलाउँदै आउनुभएको छ ।
सुनौलो पहेंलपुर फाँट
पर्वतको जलजला ७ धाइरिङस्थित सल्यानको फाँटमा लगाइएको धान पाकेर सुनौलो देखिएका छ । यस फाँटको नाम पहेंलपुर फाँट हो ।
‘जग्गा बेच्दै धान किनेर खाने बढे’
कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यान पर्ने बताए ।