रेखीराम राना
पाल्पा, कात्तिक ३० गते । पाल्पाको ग्रामीण बस्ती पँहेलपुर वास्तविक रूपमा पहेँलपुर बनेको छ । यतिबेला तोरी पहेँलो फुलेर सो बस्ती अहिले सुन्दर देखिएको छ ।
नगदे बालीको रूपमा रहेको तोरी अहिले फुलेर पहेँलै देखिएको हो । तोरी फुलेपछि बस्ती समेत सुन्दर देखिएको छ । जिल्लाको विभिन्न स्थानमा किसानले आफ्नो खेत तथा बारीमा तोरी लगाएका छन् ।
मकै पाकेपछि पाल्पाका किसानले तोरी लगाउने गरेका छन् । तेल उत्पादनका लागि यहाँका किसानले तोरीको खेती गर्ने गरेको उनीहरूले बताएका छन् ।
पाल्पामा धान, मकै, गहुँपछि तोरी बालीको खेती हुने गरेको कृषि ज्ञान केन्द्र, पाल्पाले जनाएको छ ।
तस्बिर –रेखीराम राना



