५० किलोको तरुल उत्पादक कृषक सारू पुरस्कृत
तनहुँको खैरेनीटारमा जारी पाँचौँ शुक्लागण्डकी महोत्सव अन्तर्गत आयोजित कृषि प्रदर्शनीमा भीमकाय तरुल उत्पादन गर्ने कृषक पुरस्कृत हुनु भएको छ ।
मल्चिङ प्रविधि सिक्दै घोराहीका किसान
घोराही उपमहानगरपालिका–६, पक्वैकीकी कुमारी चौधरी विगत लामो समयदेखि परम्परागत शैलीमा तरकारी खेती गर्दै आउनुभएको छ । व्यावसायिक रूपमा तरकारी खेती गर्दै आए पनि उहाँले अहिलेसम्म मल्चिङ प्रविधिको प्रयोग गर्नुभएको थिएन ।
सिन्धुपाल्चोकमा कफी खेती विस्तार
कफी उत्पादनका लागि उपयुक्त भूमि मानिएको सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय कफी खेती उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ ।
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री
नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षको आठ महिनामा ४३ करोड ३८ लाख ८७ हजार २५४ बराबरको रासायनिक मल बिक्री वितरण गरेको छ ।
जंगली जनावरको आतङ्कले इलामका किसान हैरान
इलामको पूर्वी भेगमा जंगली जनावरले आतङ्क फैलाएको छ । जंगली जनावरले घर गोठान पालेका घरपालुवा पशु चौपया खाईदिने देखि खेलीबाली नष्ट गरी आतङ्क फैलाएको हो ।
जलवायु मैत्री खेतीका लागि किसानलाई मल्चिङ प्रविधि तालिम
घोराही उपमहानगरपालिकाको सहकार्यमा आर्क नेपालले घोराही उपमहानगरपालिका वडा नम्बर ६ र ७ का किसानलाई जलवायु मैत्री कृषि परियोजना अन्तर्गत दुई दिने मल्चिङ प्रविधि तालिम प्रदान गरेको छ ।
तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने
सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गर्ने भएको छ ।
गोलभेडाले टापुका किसानलाई राम्रो आम्दानी
बेमौसममा गोलभेडा उत्पादन गरेर पूर्वी नेपालका सहरमा राम्रो बजार पाएको सुनसरीको श्रीलङ्का टापुमा उत्पादित गोलभेडाले यस सिजनमा पनि राम्रो भाउ पाएको छ।
बेसार र अदुवा प्रवर्धन गर्न बिउमा अनुदान
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बेसार र अदुवा खेती प्रवर्धन गर्नका लागि बिउमा ५० प्रतिशत अनुदान दिने भएको छ ।
जलवायुका कारण विस्थापित नामासुङका कृषकलाई पाठशाला
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२,नामासुङका कृषक पासाङ गुरूङ व्यावसायिक र आधुनिक कृषितर्फ आकर्षण हुनुभएको छ ।
बाजुरामा गहुँबाली जोगाउने चिन्ता
बाजुराका किसानलाई अहिले पाक्न थालेको गहुँबाली जोगाउने चिन्ता सुरु भएको छ। बुढीगङ्गा नगरपालिका निवासी कविता सेरालाले केही दिन यता पानीसँगै असिना पर्ने भएकाले पाक्दै गरेको गहुँ नष्ट नहोस् भन्ने डरले चिन्ता बढेको बताउनुभयो।
बाजुरामा महिलाको आलु खेतीप्रति आकर्षण बढ्दो
बाजुराका महिलाहरुमा आलु खेतीप्रति आकर्षण बढ्दो छ। पहिले गाउँ बस्ती सडक सञ्जालको पहुँच नहुँदा र उत्पादन भएको आलु बजारसम्म नपुग्दा महिलाहरु आलु खेतीमा कमै लाग्थे।
किसान चैतेधान रोप्नमा व्यस्त
भोजपुरका ग्रामीण भेगका किसान यतिबेला चैतेधान रोप्नमा व्यस्त छन् । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू धान रोपाइँमा जुटेका हुन् ।
सल्यानमा २० हजार ९५० मेट्रिकटन अदुवा उत्पादन, किसान उत्साहित
चालू आर्थिक वर्ष २०८२–०८३ मा सल्यानमा २० हजार ९५० मेट्रिकटन अदुवा उत्पादन भएको छ । पछिल्लो दुई वर्षयता अदुवाले राम्रो मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित बनेका छन् ।
बगरमा तरकारी खेती, सडकछेउमा कुटिया
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का राजेन्द्र राना एक दशकयता बनहरा नदीको बगरमा तरकारी फलाउँदै आउनुभएको छ । बगरमा उत्पादित तरकारी बेच्नका लागि स्थान नहुँदा उहाँ पूर्वपश्चिम राजमार्गछेउमा टहरा बनाएर बगरमा उत्पादित तरकारी बेच्दै आउनुभएको हो ।
कृषि सामग्री कम्पनीमा मन्त्री चौधरीको अनुगमन (फोटो फिचर)
कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि सामग्री कम्पनीको अनुगमन गर्नुभएको छ ।
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गर्नुभएको छ ।
नौ हजार हेक्टर जमिन सिँचाइको पहुँचमा
सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलाले चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट जिल्लाका कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ।
बिउ राखेर मनाइयो धान दिवस
जुम्लामा बिउ राख्ने अभ्याससहित बिहीबार धान दिवस मनाइएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा बिउ कसरी राख्ने, के के विधि चाहिन्छ, सो विषयमा खेतमै गएर अभ्यास गरिएको छ । कृषि अनुसन्धान कार्यालयको प्राङ्गणमा कृषिविज्ञ र जानकार किसानले अन्य बिउ राख्ने तरिकाबारे अभ्यास गरेर उपलब्ध किसान, स्थानीय र सरोकारवालालाई सिकाएका छन् ।
सूर्योदयमा कृषि मेला
इलामको सूर्योदय नगरपालिका-१०, फिक्कलमा पहिलो पटक कृषि मेला आयोजना गरिएको छ ।
इन्धन मूल्यवृद्धिको मारमा किसान
लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेशका किसानको दैनिक जीवन मात्र होइन, खेतीपातीको शैलीसमेत परिवर्तन गर्न थालेको छ।
सुनसरीमा चैते धान रोपाइँ
सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ ।
सल्यानमा आलु खेती विस्तार कार्यक्रम सञ्चालन
सल्यान जिल्लामा आलु खेतीलाई व्यावसायिक बनाउने उद्देश्यले कृषि विकास कार्यालयले चार पालिकामा आलु प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ।
असिनाले काक्रो खेती नष्ट, पालुङटारका किसान मारमा
गोरखामा केही दिनदेखि परेको अविरल वर्षा र असिनाले पालुङटार नगरपालिका–७ बगरगाउँका किसान गुञ्ज बहादुर चेपाङको काक्रो खेती पूर्ण रूपमा नष्ट भएको छ।