च्याउ उत्पादन र प्रवर्धन मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छः मन्त्री डा. परियार
कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले च्याउ उत्पादन, प्रवर्धन तथा व्यावसायीकरण मन्त्रालयको प्राथमिकतामा रहँदै आएको बताउनुभएको छ ।
तरकारी खेतीका लागि किसानलाई सतप्रतिशत अनुदान
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले तरकारी खेतीका लागि किसानलाई सतप्रतिशत अनुदान सहयोग गरेको छ । तरकारी खेती उत्पादन तथा बजारीकरण कार्यक्रमअन्तर्गत गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरेको हो ।
कृषकलाई आलुको बीउ वितरण
आलु खेतीको व्यावसायिक उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले आलु पकेट विकास निरन्तरता कार्यक्रमअन्तर्गत रेसुङ्गा नगरपालिकाले कृषकलाई आलुको बीउ वितरण गरेको छ ।
रामकोटको अर्को फार्मको रायोमा पनि उच्च विषादी
नागार्जुन नगरपालिकास्थित रामकोटको अर्को कृषि फार्ममा उत्पादित रायो सागमा पनि उच्च विषादी फेला परेको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागको मोबाइल भ्यान खाद्य प्रयोगशालासहितको टोलीले काठमाडौँको नागार्जुन नगरपालिकास्थित रामकोटका कृषि फार्मको स्थलगत अनुगमन गरी रायोको साग र गोलभेँडामाको परीक्षण गर्दा उच्च विषादी भेटिएको हो ।
अलैँची खेतीतर्फ किसान आकर्षित
गोरखाको सिरानचोक गाउँपालिका–२ का किसानहरू पछिल्लो समय अलैँची खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुदाँ बैकल्पिक नगदेबालीको खोजीमा रहेका किसान अलैची खेतीलाई दीर्घकालीन र फाइदाजनक बिकल्पको रुपमा अपनाउन थालेका हुन् ।
तोरी खेती गर्ने किसानलाई कृषि उपकरण वितरण
मोरङको उर्लाबारी नगरपालिकाले वडा १ का तोरी खेती गर्ने किसानलाई १६ लाख मुल्य बराबरका कृषि उपकरण र बीउ प्रदान गरेको छ ।
धनकुटामा अलैँचीकाे उत्पादन बढ्यो
धनकुटामा अलैँची खेती गरिएको जमिन बढेसँगै उत्पादनको अवस्था बढेको तथ्याङ्क पाइएको छ ।
दोर्दीका १४ किसान सम्मानित
लमजुङको दोर्दी गाउँपालिकाले १४ जना किसानलाई सम्मान गरेको छ । प्रथम दोर्दी महोत्सवको अबसरमा पालिकाका कृषि क्षेत्रका विभिन्न विधाबाट उत्कृष्ठ किसान छनोट गरी सम्मान गरिएको हो ।
तरकारीले मूल्य पाएपछि किसान खुसी
जिल्लामा लगाइएको तरकारीले बजार मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन् । गत वर्षको तुलनामा यसवर्ष तरकारीले मूल्य पाएको पूर्वी चितवनको राप्ती नगरपालका–१ का प्रेमबहादुर खुलालले बताउनुभयो ।
कावासोतीमा १६ हप्ते कृषक पाठशाला
राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेको छ ।
सिन्धुपाल्चोकमा कफीबाट भित्रियो तीन करोड
कफी बिक्रीबाट सिन्धुपाल्चोकमा वार्षिक तीन करोडभन्दा बढी रकम भित्रिने जनाइएको छ । जिल्लाभरका किसानले वार्षिक उत्पादन गरेको कफीबाट उक्त रकम बार्षिक रुपमा भित्रिदै आएको कफी सहकारी संघ लिमिटेड सिन्धुपाल्चोककी अध्यक्ष मन्दु थापाले जानकारी दिनुभयो ।
बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी
रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्नुहुन्छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दैनिकी राप्ती नदीको बगरमाथिको चिसो बालुवामा फलाइएको सखरखण्ड खन्नमै बित्ने गरेको छ ।
बागमती प्रदेशमा धान उत्पादन वृद्धि
बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
नवलपरासीमा धान उत्पादनमा वृद्धि
पश्चिम नवलपरासीमा यस वर्ष धान उत्पादन सामान्य मात्र वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र परासीले दिएको जानकारी अनुसार यस वर्ष जिल्लामा ०.४ प्रतिशतले मात्र धान उत्पादन वृद्धि भएको छ । गत वर्ष ९५ हजार ५९ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ९५ हजार ४३६ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उमाशङ्कर पौडेलले जानकारी दिनुभयो ।
बारामा आलुखेती स्थिर, उत्पादनमा उतारचढाव
बारा जिल्लामा किसानको प्रमुख नगदे बालीका रुपमा आलुखेती निरन्तर स्थापित हुँदै आएको छ । पछिल्ला दुई वर्षको तथ्याङ्कले जिल्लामा आलुखेतीको क्षेत्रफल करिब स्थिर रहे पनि उत्पादनमा भने मौसम र अन्य कारणले गर्दा सामान्य उतारचढाव हुने गरेको छ ।
गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरिँदै
खेतबारीमा हराउँदै गएको हल गोरुको संस्कृति जोगाउन बैतडीका किसानलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रम अघि सारिएको छ ।
दाङमा व्यवसायिक स्ट्रबेरी खेती
हरेक वर्ष स्ट्रबेरी (भुइँऐसेलु) खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएका किसान वीरेन्द्र खड्काले यस वर्ष पनि स्ट्रबेरी खेतीलाई निरन्तरता दिनुभएको छ ।
हरियो तरकारीमा शतप्रतिशतसम्म विषादी
कालीमाटी तरकारी बजारमा मङ्गलबार थोकमा बेच्न ल्याइएको रायोको सागमा झन्डै शतप्रतिशत नै विषादी रहेको पाइयो । यो रिपोर्ट आधाभन्दा बढी विषाक्त साग उपभोक्ताको भान्सामा पुगेपछि आएको हो ।
बाँकेमा धान खरिदको कोटा पूरा, सात करोड बढीको धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष बाँकेका किसानसँग धान खरिदको कोटा पूरा गरेको छ ।
दोलखाको पशु सेवा कार्यालय : जग्गा छ, भवन छैन
दोलखाका सदरमुकाम चरीकोटमा रहेको पशु सेवा कार्यालय विगत लामो समयदेखि भवन नहुँदा सेवा प्रभावित बनेको छ ।
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ ।
एउटै टोलबाट डेढ करोडको सुन्तला बिक्री
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका कृषकहरूले यस वर्ष मात्रै झण्डै डेढ करोड रुपियाँ मूल्य बराबरको सुन्तला बिक्री गर्ने भएको छ ।
मुसिकोटको गङ्गा प्राविमा पुस्तकालय स्थापना
गुल्मीको मुसिकोट नगरपालिका-२ को गङ्गा प्राविमा पुस्तकालय स्थापना गरेर हस्तान्तरण गरिएको छ । कर्म फ्लाईट्स फाउन्डेसन नेपाल कास्कीले पुस्तकालय स्थापना गरेको हो ।