विनय कर्ण
कल्याणपुर (सप्तरी), कात्तिक १४ गते । धानबाली भित्र्याउने बेलामा वर्षा भएपछि सप्तरीका किसान चिन्तित भएका छन् । खडेरीको मार जेलेर खेती गरेका यहाँका किसानलाई धान भित्र्याउने बेलामा वर्षा हुँदा चिन्ता बढाएको हो ।
खेतमा पाकिसकेको धान भित्र्याउन व्यस्त देखिएका यहाँका किसानहरुलाई वर्षाका कारण धान दौनी गर्न समस्या भएको छ भने खेतमै रहेका धानबाली काटेर घर ल्याउने चुनौती पनि थपिएको छ ।
धान काटेर घर भित्र्याउने समय भएको र सोही बेलामा पानी परेकोले खेतमा लगाइएको धान समेत काट्न नपाउँदा चिन्तित भएको रुपनी गाउँपालिका ४ का किसान रामरतन यादवले बताउनुभया ।
उहाँलाई यतिबेला पाकिसकेको धान काटेर घर ल्याउने मात्र नभई वर्षामा दौनी कसरी गर्ने भन्ने चिन्ताले सताएको छ ।
“वर्षा भइरहेको बेलामा न धान काट्न सकिन्छ, न दौनी गर्न सकिन्छ, यस्तो अवस्थामा उब्जिएको बाली नष्ट हुने चिन्ता बढाएको’’ यादवले भन्नुभयो ।
रुपनी ४ कै अर्का किसान धनीचन्द मण्डलले वर्षासँगै चलेको हवाले खेतमा धान खसाउने र त्यसबाट किसानलाई ठुलो क्षति पुग्ने बताउनुभयो ।
वर्षाका कारण मङ्सिरमा हुने धानवाली र तरकारी खेतीका लागि लगाइएको विउ बेर्नामा बढि क्षति भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जानकारी दिनुभयो ।
उहाँले कात्तिक महिनाभित्र हुने धानबाली अधिकांश किसानले घर भित्र्याइ सकेको र खेतमै लागिरहेको बालीमा क्षति पुगेको बताउनुभयो ।
 
                                 
                                                -original-thumb.jpg) 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                