आन्दोलनरत नर्सले बुधबार दुई घण्टा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् । देशभरका नर्स पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनरत छन् । माग सम्बोधन नभए बिहीबारदेखि आन्दोलन थप सशक्त बनाउने उनीहरूले बताएका छन् । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले गोरखापत्रसँगको कुराकानीमा नर्सको आन्दोलन एक/दुई दिनभित्र समाधान भइसक्ने जानकारी गराउनुभयो । “सम्भवतः बिहीबारसम्ममा निष्कर्षमा पुग्न सकिन्छ,” मन्त्री शर्माले भन्नुभयो, “सबै पक्षको छलफलपछि एउटा विन्दुमा पुगिसकेका छौँ ।”
जेनजी आन्दोलनका क्रममा घाइते भएका १० जनाको अझै पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेको पटक पटक शल्यक्रिया भइसकेको छ । घाइतेको दुखाइ सहन सक्ने अवस्था छैन ।
श्रमशोषण भएको भन्दै पोखरास्थित मणिपाल र गण्डकी मेडिकल कलेजबाट सुरु भएको नर्सको आन्दोलन देशव्यापी रूपमा फैलिइसकेको छ । आन्दोलन फैलिएपछि प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य सचिव डा. विकास देवकोटालाई नर्सका माग सम्बोधन गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले निर्देशन दिएलगत्तै सचिव डा. देवकोटाले कार्यदल गठन गरेर नर्सका माग सम्बोधन गर्ने बताउनुभएको छ तर आन्दोलन एकपछि अर्को अस्पताल हुँदै देशव्यापी फैलिइसकेको छ ।
क्यान्सर बिरामीका लागि ‘प्यालिएटिभ केयर’ उपचार (अन्तिम चरणको उपचारमा रहेकालाई सान्त्वनासहितको सेवा) प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत रहेको भक्तपुर क्यान्सर अस्पतालमा स्थापना भएको ‘प्यालिएटिभ केयर’ बाट धेरै क्यान्सरका बिरामीले ‘प्यालिएटिभ केयर’ सेवा पाइरहेका छन् ।
नेपाल नर्सिङ सङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार सङ्घको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
नेपालमा काम अनुसारको दाम पाउन नसक्दा नर्स विदेश पलायन हुन बाध्य छन् । प्रमाणपत्र तह अध्ययनका लागि सात लाख रुपियाँभन्दा बढी खर्च हुने र स्नातक तहको अध्ययनका लागि १५ लाखभन्दा बढी खर्च हुने गरेकोमा सरकार तथा निजी अस्पतालले अत्यन्त न्यून पारिश्रमिकमा काममा लगाएपछि नर्स धमाधम विदेश पलायन भइरहेका छन् ।
डडेलधुरा, अमरगढी–५, तुफानडाँडाका मुकेश अवस्थी आउँदो माघ महिनामा सिभिल इन्जिनियर अध्ययनका लागि अस्ट्रेलिया जाने तयारीमा हुनुहुन्थ्यो । विडम्बना गत महिना भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएर उहाँको अस्ट्रेलिया जाने सपना चकनाचुर भएको छ । २२ वर्षीय मुकेशको अस्ट्रेलियाको भिसा लागिसकेको थियो । नेपालबाट सबइन्जिनियरको अध्ययन सकेर इन्जिनियरिङ अध्ययनका लागि उहाँ अस्ट्रेलिया जाने तयारीमा हुनुहुन्थ्यो ।
मानिस अस्वस्थ भएमा सबैभन्दा पहिले पुग्ने ठाउँ हो– फार्मेसी । मानिसहरू दाँत दुख्यो, पेट दुख्यो, ज्वरो आयो, खोकी लाग्यो, टाउको दुख्यो भन्दै सबैभन्दा पहिले फार्मेसी पुग्ने गर्छन् । सहर होस् या गाउँमा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि दैनिक एक सयभन्दा बढी सङ्ख्यामा ज्येष्ठ नागरिक आउने गर्छन् । तीमध्ये तीन जना ज्येष्ठ नागरिकमा अल्जाइमरको समस्या देखिने गरेको छ ।
नेपालमा बालबालिकामा अटिजमको समस्या बढ्दो रूपमा देखा परेको छ । नेपालको जनगणना २०७८ अनुसार नेपालमा कुल चार हजार ८८६ जनालाई अटिजम भएको तथ्याङ्क सार्वजनिक भएको छ तर विश्व स्वास्थ्य सङ्गठन यो सङ्ख्या धेरै कम भएको बताउँछ । सङ्गठनका अनुसार नेपालमा तीन लाख जनसङ्ख्यामा अटिजम भएको अनुमान छ ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भई अस्पताल भर्ना भएका बिरामीलाई भेट्नुभएको छ । उहाँले शनिबार दिउँसो महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पतालमा गई घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभयो ।
‘जेनजी आन्दोलन’ का क्रममा मङ्गलबार काठमाडौँका दुई अस्पतालमा थप चार जनाको निधन भएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा तीन जना र तारकेश्वर सिटी अस्पतालमा एक जनाको निधन भएको हो ।
काठमाडौँका सङ्कल्प खड्काले मस्तिष्क मृत्यु भएका व्यक्तिको कलेजो दान पाएर कलेजो प्रत्यारोपण गराउनुभएको एक महिना पूरा भएको छैन । उहाँले आफ्नो नातेदार, घरपरिवार, आफन्तकहाँ हारगुहार गर्दा पनि कलेजो दानका लागि नमिलिरहेको अवस्थामा गत महिना ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएको व्यक्ति आएपछि उहाँलाई कलेजो प्रत्यारोपण सहजै भएको हो ।
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एउटै व्यक्तिमा तीन पटक सफल मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको हो ।
सरकारले शल्यक्रिया सेवा गाउँ गाउँमा विस्तार गर्ने भएको छ । अब प्रत्येक दुई लाख जनसङ्ख्याका लागि एउटा शल्यक्रिया कक्ष (सर्जरी सेवा) सञ्चालन हुने छ ।