गत जेठ महिनादेखि फाट्टफुट्ट रूपमा देखिन थालेको डेङ्गुले पछिल्ला दिनमा प्रकोपको रूप लिन थालेको छ। विगतका वर्षमा उपत्यकाबाहिर बढी गर्मी हुने जिल्लामा महामारीको रूप लिने गरेको डेङ्गुले यो पटक भने उपत्यकामै महामारीको रूप लिन सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत तीन महिनादेखि हालसम्म देशभर एक हजार ९२३ जना व्यक्तिमा डेङ्गु पुष्टि भइसकेको छ। उक्त सङ्ख्यामा सबैभन्दा बढी केस उपत्यकामा रहेको छ।
काठमाडौँ, साउन २४ गते । चिकित्सा शास्त्रअन्तर्गत अध्ययन हुने विषयमा सिट पाउनका लागि हम्मे पर्दछ । कतिपय मेडिकल कलेजले मागेभन्दा आधा सिट पनि पाउन मुस्किल छ तर त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को आङ्गिक क्याम्पस महाराजगञ्ज क्याम्पसमा भने एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट सङ्ख्या घटाउन आईओएमकै पदाधिकारी लागेका छन् । सरकारी निकायले भौतिक संरचनालगायतका व्यवस्थापन गरेर जति बढी सिट चिकित्सा शिक्षा आयोगले दिन्छ त्यति नै अध्ययन गराउनुपर्ने हो । त्यसविपरीत आईओएमले भने आयोगले निर्धारण गरिदिएको सिटमा समेत चिकित्सा शिक्षा अध्ययन गराउन आनाकानी गरिरहेको छ । अघिल्लो शैक्षिक सत्रदेखि एक सय विद्यार्थी अध्ययन गराउन थालेको आईओएमले विद्यार्थी पढाउने कक्षा नभएको तथा सानो भएको भन्दै चिकित्सा शिक्षा आयोगलाई पत्रमार्फत आगामी शैक्षिक सत्रका लागि ७६ सिट मात्र तोकिदिन आग्रह गरेको छ । सरकारी संस्थाले एक सय होइन, दुई सय सिट सङ्ख्यामा पढाउँछौँ, दुई चरणमा पढाउँछौँ भनेर आए पनि आयोगले सिट दिनुपर्छ, आयोगका एक पदाधिकारीले गोरखापत्रसँग भन्नुभयो, “आईओएमको सिट घटाइदिने पत्रले अचम्मित बनाएको छ ।” सरकारले बजेट वक्तव्यमार्फत चिकित्सा शिक्षालाई क्षमता अभिवृद्धि गर्दै दुई चरणमा सञ्चालन गर्ने उल्लेख छ । सरकारको नीतिविपरीत आईओएमले सिट सङ्ख्या घटाउन आयोगलाई पटक–पटक ताकेता गरेको छ । “आईओएमका पदाधिकारीका पछिल्ला गतिविधि शङ्कास्पद छन्”, आयोगका एक पदाधिकारीले भन्नुभयो । आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले आईओएमबाट सिट सङ्ख्या घटाउनका लागि पत्र आएको पुष्टि गर्नुभयो । आयोगका निर्देशक प्राडा रमेशप्रसाद आचार्यले अन्य मेडिकल कलेजले बढाउनका लागि पत्राचार गरेको भन्दै आईओएमबाट भने घटाउनलाई पत्राचार गर्नु दुःखद भएको बताउनुभयो । आईओएमले आयोगलाई पठाएको पत्रमा महाराजगञ्ज मेडिकल क्याम्पसले कक्षा कोठा र शिक्षकको अभावका कारण गत वर्षभन्दा विद्यार्थीको भर्ना सङ्ख्या कम गराउनुपर्ने सुझाव दिएका आधारमा आईओएमले निर्णय गरी आयोगलाई अनुरोध गरेको उल्लेख छ । महाराजगञ्ज क्याम्पसले डिन कार्यालयलाई लेखेको पत्रमा गत वर्ष एमबीबीएसतर्फ सय विद्यार्थीलाई झारेर ७६ बनाउने, बी फार्मेसीतर्फ गत वर्ष ३० विद्यार्थी सङ्ख्या भर्ना भएकोमा त्यसलाई घटाएर २० बनाउनुपर्ने र बीएससीएमएलटीतर्फ १५ बाट १० बनाउने व्यवस्था गरिदिन अनुरोध गरेको छ । सोही आधारमा आईओएम डिन कार्यालयले सहायक डिनमार्फत सिट सङ्ख्या घटाइदिन गत चैतमा पत्र पठाएको थियो । सो पत्रपछि आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले आफैँले अनुगमन गरी आईओएमका पदाधिकारीसँग बसेर सिट सङ्ख्या घटाउन नहुने छलफल गर्नुभएको थियो । त्यसको भोलिपल्ट आईओएमका डिन प्राडा दिव्यासिंह शाहले पत्राचार गरी सिट सङ्ख्या घटाउन आयोगलाई पत्राचार गर्नुभएको थियो । आईओएम डिन प्राडा शाहले यो विषय क्याम्पस र आयोगको रहेको बताउनुभयो । मैले पत्राचार गरेको छैन, शाहले भन्नुभयो, “आईओएमअन्तर्गत धेरै कलेज छन्, कलेजले पत्राचार गरेको विषय मलाई जानकारीमा छैन ।”निजी मेडिकल कलेजहरूले एक शैक्षिक सत्रमा १५० विद्यार्थी पढाउन पाउनुपर्ने र दुई शैक्षिक सत्र पनि आफूहरू पढाउन तयार रहेको बताएका छन् । यसअघि आईओएममा एमबीबीएसतर्फ ७६ सिट सङ्ख्या रहँदै आएकोमा अघिल्लो वर्ष मात्र एक सय सङ्ख्या पु-याइएको हो । आईओएमले सिट घटाउन पत्र पठाए पनि यस पटक आयोगले आईओएमलाई एक सय सिट नै तोकिदिएको छ ।
कोरोनाको चौथो लहरको पूर्व रूपको सङ्केत गर्दै सङ्क्रमण दर दैनिक बढ्दैछ । मङ्गलबार मात्र ८१४ जनामा कोरोना सङ्क्रमण थपिएको छ । साउन लागेयता १६ जनाको मृत्यु भइसकेको छ । सक्रिय सङ्क्रमित पाँच हजार नाघेका छन् । अवस्था यस्तो रहँदै गर्दा यसअघि कोरोनाकालमा करारमा राखिएका स्वास्थ्यकर्मीको म्याद भने थपिएको छैन । तलब खुवाउन समस्या भएको भन्दै सरकारले गत असार ३१ गते निर्णय गरी यही साउन १ देखि नै त्यस्ता स्वास्थ्यकर्मीको म्याद नथपेको हो । त्यसको असर मुख्य अस्पतालमै आईसीयू र भेन्टिलेटर सञ्चालनमा समस्या उत्पन्न भएको छ । वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालमा यस्तो समस्या देखिएको छ ।
बगलादेशमा चिकित्सा शिक्षा अध्ययन पुरा गरी आएका डाक्टरहरुबीच पुर्नमिलन कार्यक्रम भएको छ ।
काठमाडौ, असार ३१ गते । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै दिन चार जनामा मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा स्वस्थ व्यक्तिको दानवाट आएको मिर्गौला प्रत्यारोपण भएको हो । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले दिनुभएको जानकारी अनुसार अर्घाखाँचीकी २६ बर्षीया छोरीले ४८ बर्षीया आमावाट मिर्गौला दान दिनुभएको छ । यस्तै दोलखाका २७ सौतेनी छोराले ३८ बर्षीया आमावाट मिर्गौला दान दिनुभएको थियो । तनहुँका ३६ बर्षीया श्रीमानले ३५ बर्षीया श्रीमतीवाट र काभ्रेका ३५ बर्षीय छोराले ५२ बर्षीय बुवावाट मिर्गौला दान गर्नुभएको थियो । नौ सय जनाको मिर्गौला प्रत्यारोपण सफल, छ सय जना प्रत्यारोपणको पर्खाइमा डा.श्रेष्ठका अनुसार प्रत्यारोपित तथा अङ्गदाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । केन्द्रले यसै आर्थिक बर्ष सम्ममा जम्मा निशुल्क नौ सयजनाको मिर्गौला प्रत्यारोपण गरेको छ । ती मध्ये ९९ प्रतिशत सफलताका साथ सम्पन्न गरि सकेकोछ । उहाँले हाल छ सय जना मिर्गौला रोगी पालो कुरेर बसेको जानकारी दिनुभयो । केन्द्रको नेतृत्व परिवर्तनसंँगै वार्षिक करिव दुई सय जनाको दरले मिर्गौला प्रत्यारोपण भइरहेको छ । हप्ताको ६ देखी ८ जनाको हुने गरेको तथा थप संख्यामा प्रत्यारोपण गर्नका लागि तत्काल भौतिक पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । डा.श्रेष्ठको नेतृत्व आएको ९ महिना अवधीमा १३७ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ । केन्द्रले मात्र माग धान्न नसक्ने हुँदा सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण विस्तार गर्ने योजना रहेको छ । यस्तै गत असार ९ गतेबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पनि मिर्गौला प्रत्यारोपण सुरु भइसकेको छ । यस्तै निकट भविश्यमा कर्णाली प्रदेशको सुर्खेत प्रदेशिक अस्पतालमा मृगौला प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी भइरहेको छ । हालसम्म केन्द्रमा मस्तिष्क मृत्युवाट हुने अंङ्गदानवाट जम्मा ८ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक बर्षमा मस्तिष्क मृत्युवाट हुने अङ्गदान र प्रत्यारोपण कार्य तिब्र रुपमा अगाडी बढाउने योजना बनाएको छ ।नेपाल सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा केन्द्रलाई विस्तार गर्ने र बजेट भाषणमा उच्चस्तरको जनशक्ती उत्पादन गर्ने शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने घोषणा भएको थियो ।
उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र पाँच जना हैजा (कोलेरा)का बिरामी पुष्टि भएको छ ।
स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् । मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध गराएबापत प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि हैरान भएर सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका पदाधिकारीको भनाइ छ ।
दैलेखका विष्णु शाही ठकुरी भारतमा बस्दै आउनुभएको २० वर्ष भयो । हाल भारतको नयाँदिल्लीमै काम गरेर उहाँ बस्नुभएको छ । उहाँ बस्ने ठाउँमा बिहानदेखि बेलुकीसम्मै ३०÷४० जना नेपाली एकआपसमा भलाकुसारी गरेर बसिरहेका हुन्छन् । त्यहाँ भलाकुसारी गरेर बस्ने सबै नेपाली क्यान्सर रोगी र क्यान्सर रोगीका आफन्त मात्र हुन् । क्यान्सरको उपचारमा जाने र उपचारपछि नियमित फलोअपमा जाने धेरै नेपालीको बस्ती नै छ यहाँ । वास्तवमा विदेशमा गएर उपचार गर्नु भनेको धेरै कठिन काम हो । त्यो पनि एक÷दुई दिन होइन, दुई÷तीन महिनादेखि एक वर्षसम्म नै निरन्तर बस्नुपर्ने हुन्छ ।
सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक पाँच हजार भत्ता उपलब्ध गराउने भएको छ । त्यसका लागि सरकारले एक अर्ब ५० करोड रुपियाँ बजेट छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा मिर्गौला प्रत्यारोपण तथा डायलासिस गराएका व्यक्ति, निको भएका क्यान्सरका बिरामी र मेरुदण्डको पक्षघात भएका बिरामीका लागि मासिक भत्ताको व्यवस्था गरिएको बताउनुभयो ।
पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप आउने भएको छ । कोभ्याक्स सुविधाअन्र्तगत अमेरिका सरकारले ८४ लाख मात्रा खोप फाइजर अनुदानमा दिन लागेको हो ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यका कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । मङ्गलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यका महत्त्वपूर्ण कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नेपालमा अध्ययन गरेका धेरै नर्सको चाहना युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा गएर कसरी राम्रो कमाइ गर्ने भन्ने छ । हुन पनि नेपालमा नर्सले १०/१२ हजार रुपियाँमा महिनाभरि काम गर्नुपर्ने बाध्यता छ । नर्सिङ पढ्नलाई झन्डै १० लाख रुपियाँभन्दा बढी खर्च हुन्छ । लगानीअनुसार पारिश्रमिक नपाउँदा उनीहरू विदेशिन बाध्य हुनुपरेको हो । त्यसमाथि कतिपयले त विदेशमा नर्सको भविष्य छ भनेर यो विषय अध्ययन गर्छन् र पढाइ सकिएपछि विदेशतिर लाग्छन् । उनीहरूले विदेशमा दुःख गरेर राम्रो कमाइ त गर्छन् तर खर्च पनि त्यहीअनुसार हुने र कर पनि त्यहीअनुसार तिर्नुपर्ने हुनाले कतिपय मुलुकमा भने बचत धेरै हुँदैन ।
स्थानीय तहको निर्वाचनमा प्रत्येक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ । निर्वाचन आयोग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा देशैभरका मतदान केन्द्रमा स्वास्थ्यकर्मी परिचालन गरिने भएको हो ।