काठमाडौं, साउन ८ गते । नेपालका कयौं युवा उज्ज्वल भविष्यको सपना बुनेर विदेशिन बाध्य छन् । आजको समाज नै विलासी जीवनमा अडिएको छ । जसका लागि पैसाले ठूलो भूमिका खेल्ने गरेको छ । यसैबीचमा कयौं विदेशिएका युवा धन कमाउने आशमा काठको बाकसमा नेपाल फर्किने गरेका छन् । धन कमाउने र उज्ज्वल भविष्यको सपना देखेर वैदेशिक रोजगारीमा गएका युवाको निधनपछि घरपरिवारले भोगेका समस्या र पीडामा बुनेको कथा हो सपना अनेक अनेक । वैदेशिक रोजगारमा गएका युवाका पत्नीले आफ्नो श्रीमान् गुमाएको र छोरीले आफ्नो बुबा गुमाएको कथा सपना अनेक अनेकमा चित्रण गरिएको छ । यो गीति नाटक आफैंमा एउटा सपना हो । कथामा विदेशिएका बुबाको निधनसँगै घरमा रहेकी आमाको पनि निधन भएपछि एक्ली बनेकी छोरीको पीडा नाटकमा उतारिएको छ । कवि गीता खत्रीको खण्डकाव्य 'आमा हुन् आमा' मा आधारित गीति रचनाको कलात्मक नाटकीकरण र मञ्चीय प्रस्तुति हो यो । आफ्नो मातृभूमिबाट अमेरिका पुग्ने सपना बुन्नेहरु अमेरिकाको माटोमा पुगे पनि आफ्नै देशको सम्झनाले रातदिन तड्पिने गर्छन् । तिनै युवाहरुको तड्पपनलाई सर्वनामले सपना अनेक अनेकमा उतारेको छ । जुनसुकै देशमा पुगे पनि आफ्नो माटो र आफ्नो आमाको मायाले विदेशिएका युवालाई पिरोल्ने गर्छ । आफ्नो गाउँघरमा साथी र संगीसँग बिताएका रमाइला क्षणले ती युवालाई पिरोल्नुसम्म पिरोल्छ । 'आमा' अर्थात् नेपाल आमा । आमाको त्यो विम्ब नै यस नाटकको मूल सार हो । नाटकमा सङ्गीत र गायनको गहिराइसँगै परिकल्पनालाई जीवन्त दिनका लागि लोकनृत्य, चर्यानृत्यका साथै आधुनिक र शास्त्रीय नृत्यको भावलाई आधारको रुपमा प्रयोग गरिएको छ । गीत अनुसार बीचबीचमा चाहिने गति सबै प्रक्रियालाई कलाकारले विशेष रुपमा अँगालेको देखिन्छ । झण्डै ५० वर्षदेखि नाटक क्षेत्रमा लाग्नुभएका अशेष मल्लको यो पहिलो गीति नाटक हो । नाटकमा प्रस्तुत गरिएका कथाका भावलाई दर्शकले संगीत र कलाकारको शारीरिक अभिव्यक्तिले महसुस गराउने गीति नाटक रहेको निर्देशक अशेष मल्लको भनाइ छ । नाटकमा संगीतकार राजु सिंहको संगीतको धुन, गायनमा बानिका प्रधान र सत्यराज आचार्य र प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी रहेको छ । नाटकमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा मगर, मिलन शाक्य, निरीक्षा घतानी, शुंँ-गूको अभिनय छ ।
१५ वर्षको उमेरदेखि मादल बजाउँदै आउनुभएकी मादल वादक डङ्गोलका अनुसार देशको राष्ट्रिय बाजा भए पनि मादलले आफ्नो स्थान भने पाएको छैन।
‘पौभा’ नेपालका नेवार जातिको मौलिक परम्परागत चित्रकला हो। जुन तामाङ, शेर्पा तथा गुरुङ जाति तथा तिब्बती परम्परागत चित्रकला थान्कासँग मिल्दोजुल्दो हुन्छ।
काठमाडौं, साउन ४ गते । कवि गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा आधारित रहेर अशेष मल्लको निर्देशन तथा परिकल्पनामा गीति नाटक ‘सपना अनेक-अनेक’ बिहीबारदेखि कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । चार दशक लामो इतिहास बोकेको सर्वनामले पहिलोपटक गीति नाटक प्रस्तुत गर्ने भएको हो । सर्वनाम थियटर ४१ वर्ष पुगेको अवसरमा पहिलो गीति नाटक प्रस्तुत गर्न लागिएको मल्लले जानकारी दिनुभयो। मल्लका अनुसार विदेशिन बाध्य नेपाली युवापुस्ताका संघर्ष र उहाँहरुको देशप्रति प्रेम र वैदेशिक रोजगारमा गएका कयौं युवा देश फर्किन सकेका छैनन् जस्ता कथा नाटकमा प्रस्तुत गरिएका छन् । नाटकमा प्रस्तुत गरिएका कथाका भावहरूलाई दर्शकले संगीत र कलाकारको शारीरिक अभिव्यक्तिले महसुस गराउने गीति नाटक रहेको मल्लले बताउनुभयो । झण्डै ५० वर्षदेखि नाटक क्षेत्रमा लाग्नुभएका मल्लको यो पहिलो गीति नाटक हो । सकुनी पासा, रक्तवीर, अर्को कुरुक्षेत्र जस्ता मल्लका चर्चित नाटक हुन् । नाटकमा संगीतकार राजु सिंहको संगीतको धुन, गायनमा बानिका प्रधान र सत्यराज आचार्य, प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी रहेको छ । साउन ५ गतेदेखि २१ गतेसम्म मञ्चन हुने नाटकमा मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा मगर, मिलन शाक्य, निरीक्षा घतानी, शुंँ-गूको अभिनय रहेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जना उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको छ । सूचीमा १० जना दाबेदारको नाम सोमबार सार्वजनिक गरिएको हो ।
देवेन्द्र पाण्डे कोरस डान्सर हुँदै भिडियो निर्देशक बनेका एक सफल नाम हो । धादिङ धुनिबेँसी नगरपालिकामा जन्मनुभएका पाण्डे २०५९ सालबाट साइड डान्सरका रूपमा कला क्षेत्रमा प्रवेश गर्नुभएको हो । साइड डान्सरपछि सहायक निर्देशक हुँदै उहाँले निर्देशनमा प्रवेश गर्नुभयो ।
साउन अर्थात् विभिन्न रंग समायोेजनको महिना । साउनमा अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्वको महिना मानिन्छ ।
बंगालादेशका वरिष्ठ कलाकार एस.एम. सुल्तानको स्मृतिमा गरिएको अन्तर्राष्ट्रिय कला प्रदर्शनी आज आइतबार सम्पन्न भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जीपी कोइराला फाउण्डेसन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि शुरुभएको तीन दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी आज समापन भएको हो ।
भाईबहिनीहरु तपाईहरुलाई घुम्न कत्तिको मनपर्छ रु घुम्न जाने ठाउँमध्य तपाईहरुको पहिलो रोजाईमा पक्कै चिडियाखाना नै पर्छ होला । हामी मानिसहरुको बस्ने घर भनेजस्तै चिडियाखानालाई जनावरहरुको घर भन्न सकिन्छ । सदर चिडियाखाना (सेन्ट्रर जू) नेपालको सबै भन्दा पुरानो चिडियाखाना हो । यो बालबालिकाले अत्यन्तै मन पराउने गन्तव्य हो । जुन ललितपुर जिल्लाको जाउलाखेलमा अवस्थित छ । जाउलाखेल, लगनखेल जाने सार्वजनिक सवारीसाधनमा चढेर सजिलै चिडियाखाना पुग्न सकिन्छ ।
सोफी सुनुवार नेपालकै पहिलो तेस्रोलिङ्गी ‘मेकअप आर्टिस्ट’ हुनुहुन्छ । तेस्रो लिङ्गी समाजका लागि सोफी एक सफल उदाहरण पनि बन्नु भएके छ । विगत १५ वर्षदेखि मेक आर्टिस्ट पेशामा लाग्नुभएका उहाँले नेपालका धेरै चर्चित मोडलहरु, कलाकार र बेहुलीलगायत विभिन्नको मेकअप गर्नुहुन्छ । यस अवधिमा आफ्ना जीवनको ठूलो सफलता र उपलब्धि भएको सुनुवार बताउनुहुन्छ ।
काठमाडौंमा क्यारिकेचर प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी असार २६ देखि ३० गतेसम्म चल्ने आयोजकले बताएको छ । नेपाली क्यारिकेचर २०७९ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुनिष्ट क्लवको संयुक्त आयोजनामा भइरहेको छ ।
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली, सार्वभौम भई फैलिएका, मेची महाकाली । प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरूका रगतले, स्वतन्त्र र अटल । ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।
दिया पुनको हिमाल चढ्ने रहर सन् २०१८ बाट शुरु भएको हाे । सानैदेखि पासाङ लाम्हु शेर्पाको कथा सुन्दै हुर्किनुभएका उहाँको हिमालसँग छुट्टै लगाव थियो । र, यस बाहेक बेलायतमा हुर्के बढ्ने क्रममा जो कोहीको प्रश्न सगरमाथा किन नचढेको ? भन्ने हुन्थ्यो । चढेको छैन, भन्दा त्यहाँका मानिसहरु अच्चम पर्थे ।
काठमाडौं, असार २२ गते । महोत्तरीको मुस्लिम समुदायको एक सामान्य परिवारमा अबदुल शाहमदको जन्म भयो । छोराको रुपमा जन्मेपनि अबदुल फरक थिए । उहाँको इच्छा चाहना पनि फरक थियो । बाहिरी रुप पुरुषको भएतापनि उहाँलाई भित्रदेखि महिला बन्न मन पर्थ्याे । छोराको रुपमा जन्मिनुभएका शाहमदमा हुर्किने बढ्ने क्रममा आफू जे हो त्यो भन्दा फरक व्यवहार र परिवर्तन देखिन थाल्यो । “दिदीको लुगा, दाजुभाइसँगभन्दा बढी दिदीबहिनीसँग बस्ने, लिपिस्टिक र चुरा लगाउने रहर लाग्थ्यो र त्यस्तै गर्थे,” उहाँ भन्नुहुन्छ, “तराईमा समाचकेवालाई ठूलो पर्वको रुपमा लिने गरिन्छ, त्यो बेला दिदीको लुगा, लिपिस्टिक लगाएर म नाच्ने गर्थें ।” घरमा ‘अहिले सानै छ, ठूलो भएपछि बुझ्छ आफैं’ भन्थे । उमेर बढ्दै जाँदा उहाँको व्यवहार पुरुषकोजस्तो होस् भन्ने परिवारको चाहना थियो । तर, उहाँको व्यवहारमा परिवर्तन आएन । बरु, होस सम्हाल्न सुरु गरेदेखि उहाँमा केटीको हाउभाउ बढी झल्किन थाल्यो । उहाँ भन्नुहुन्छ, “हुर्कंदै जाँदा मेरो व्यवहार, अनुभूति र आनिबानीमा फरकपन देखिन थाल्यो । ममा छोरी मान्छेको स्वभाव देखिन थाल्यो ।” मेरो व्यवहार देखेर समुदायमा सबैले अनेकौं कुरा काट्ने गर्थे उहाँले थप्नुभयो, “मलाई पुरुष भएर पनि पुरुषहरुसँग डर लाग्ने, लाज लाग्न थाल्यो ।” मुस्लिम समुदायमा रहेर उहाँलाई अबदुल शाहमदबाट नग्मा खान बन्न सजिलो थिएन । उहाँले नग्मा बन्न ठूलो संघर्ष गर्नुपरेको थियो । अहिले उहाँ नग्मा खानको नामले चिनिनुहुन्छ । मुस्लिम परिवारका बालकाबालिकालाई 'मदरसा' शिक्षा दिने चलन छ । तर अबदुललाई 'मदरसा' शिक्षाभन्दा पनि विद्यालयमा पढ्ने रहर थियो, उहाँ विद्यालय गएपनि मुस्लिम समाजमा स्विकार्य थिएन । “त्यो समयमा ५ रुपिँयामा विद्यालयमा नाम दर्ता गर्ने चलन थियो । ममीबाट लुकाएको पैसाले आफैं गएर एक कक्षामा नाम दर्ता गराएँ”, उहाँ सम्झिनुहुन्छ । मध्यम वर्गीय परिवारमा हुर्किएको कारण घरको कामसँगै पढाईलाई निरन्तरता दिनुपर्ने थियो । तर परिवारको पढाईभन्दा बढी पैसामा चासो थियो । भारत गएर पैसा कमाउने चलनलाई निरन्तरता दिन दवाव आउन थाल्यो। परिवार र समुदायबाट टाढा गएपछि व्यवहारमा केही परिवर्तन आउला कि भन्ने परिवारको आशा थियो । आफूमा देखिएको फरक परिवर्तनकै कारण ‘भाग्ने कि मर्ने’ बाटो रोज्नुपर्ने अवस्थाको सिर्जना भयो । तर उहाँले भाग्ने बाटो रोजेको बताउनुभयो । २०५७ सालमा नग्मा भागेर काठमाडौं आएको सुनाउनुभयो । काठमाडौंमा गार्मेन्टमा हेल्परको रुपमा काम सुरु गरे पनि उहाँको पढाई रोकियो । गार्मेन्ट नजिकैको विद्यालयमा चिहाउँदै थिए र त्यहाँका दाईले आफ्नो घर गएर पढाईलाई निरन्तरता दिन भनेपछि फेरि आफ्नै गाउँ फर्किएको उहाँले स्मरण गर्नुभयो । काठमाडौंमा कमाएको १५ हजार बोकेर उहाँ गाउँ फर्केको बताउनुभयो । कामसँगै पढाईलाई निरन्तरता दिएर घरको कामसँगै पढेर एसएलसी सम्पन्न गरेको उहाँले सम्झनुभयो । चुनौती र समस्याबीच उहाँले २००७ सालदेखि आफ्नो पहिचान खुलाउनुभयो । अहिले पनि घर जाँदा केटाकै पहिरनमा बस्ने गरेको उहाँको भनाइ छ । काठमाडौंमा सुनिलबाबुको तयारीमा भएको कार्यक्रममा आफ्नो पहिचानबारेमा अबदुलबाट नग्मा बनेर उहाँले आफ्नो कथा सुनाउनुभयो । घरपरिवारभन्दा बढी समाजलाई समस्या हुने नग्माको भोगाइ छ । समुदायलाई गरिने दुव्र्यवहारयो समुदायका व्यतिmहरु आफ्नो पहिचानअनुसार सबै ठाउँमा अझै पनि खुल्न सकेका छैनन् । अरु प्रदेशको तुलनामा मधेश प्रदेशमा स्विकार्यताको माहोल नै छैन । विभिन्न प्रकारको दुव्र्यवहार, पहिचान थाहा पाएपछि साथीहरु टाढा हुने कारण आफ्नो पहिचान लुकाउन बाध्य हुन्छन् । नग्माका अनुसार अझै समाज जिम्मेवार भएको छैन । यसका लागि जबसम्म स्थानीय तहले पहल गर्दैन यो समुदायलाई स्विकार्न सक्दैन । काठमाडौंमा जसले जस्तो लगाए पनि कसैलै वास्ता गर्दैन । तर तराई मधेशमा यो समुदायका व्यतिmले आफ्नो पहिचान खुलाउन चाहेमा मान्छे नै हैनजस्तो व्यवहार देखाउने गरेको उहाँको अनुभव छ । यौनकर्मीको नजरले हेर्छन्“हाम्रो समुदायकालाई यौनकर्मी सोच्ने र यसैका लागि बनेको व्यवहार देखाउने नग्माको अनुभव छ,” उहाँ भन्नुुहुन्छ, “तराई मधेशमा मात्र हैन काठमाडौंको गल्लीमा हिँड्यो भने मलाई देखेर प्रहरीले प्रश्न गर्नसक्छ ।” राज्यले विभिन्न व्यवस्था गरेपनि त्यो कार्यन्वयन हुन सकेको छैन । यस विषयमा मधेश प्रदेश निकै पछाडि रहेको नग्माको बुझाइ छ । नागरिकता संशोधन गर्ने चाहनाअबदुल शाहमदको नागरिकता त्यही नामबाट छ । तर नग्मा खानको परिचय बोकेर बाँचिरहनुभएका उहाँलाई नागरिकता संशोधन गराउने रहर छ । “सानोमै नागरिकता बनाइयो तर बिस्तारै आफू महिला बन्न मन लाग्यो, अहिले सार्वजनिक स्थलमा आफ्नो पहिचान अनुसार पहिरनमा देखिन सकेको छैन”, उहाँले थप्नुभयो, “यो दोहोरो जीवन बाँच्नु मेरो बाध्यता हो ।” मनोरञ्जनका लागि प्रयोग मधेशमा यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई गाउँमा शुभकार्य हुँदा नाच्नको लागि बोलाउने गर्छन् । यस बाहेक यो समुदायको व्यक्तिले दिएको आशिष राम्रो हुन्छ भन्ने मान्यता छ । तर यो समुदायलाई अधिकार बनाउन जरुरी छैन भन्ने ठान्छन् । “दिन धल्किँदै गएपछि मनोरञ्जनका लागि हामी चाहिन्छ । तर सूर्य उदयसँगै बिर्सने गर्छन् । यसरी अरु प्रदेशमाभन्दा मधेश प्रदेशमा यो समुदाय अझै खुल्न नसकेका छैनन् । खुल्नेलाई समस्याको थुप्रो छ”, उहाँले भन्नुभयो । नेपालको कुल जनसंख्याको १० प्रतिशतको हाराहारीमा 'एलजीबीटीआईक्यूएप्लस' छन् । सबै समाजमा खुल्न सक्ने माहोल छैन । त्यो माहोल बनाउन सरकारले यो समुदायका लागि रोजगारको अवसर, समावेशीताका कुरा, राजनीतिमा प्रवेश गर्नेजस्ता पक्षमा जोड दिनुपर्ने हुन्छ । महिला पुरुषलाईजस्तै हाम्रो समुदायलाई पनि सबै ठाउँमा सहभागिता नभएसम्म कानुन बनेपनि कार्यन्वयन नहुने उहाँको बुझाइ छ । २००७ सालदेखि यौनिक तथा अल्पसंख्यक समुदायको पहिचान र अधिकारका लागि आवाज उठाउँदै आउनुभएका नग्माले कानुन विषय रोजेर आफ्नो समुदायको हक र अधिकारका लागि लड्ने बताउनुभयो । “हाम्रो समुदायलाई पीडा दिनेहरु धेरै छन्, उनीहरु बलियो भएको कारण हाम्रो समुदायको साथीहरु पीडा सहन बाध्य छन्,” उहाँले थप्नभयो, “जसकारण हाम्रो समुदायले उचित न्याय दिन मेलै कानुन विषय रोजेको छुँ ।”आफ्नो पहिचान खुलाएकै कारण नग्मालाई आफ्ना साथीहरुले सामाजिक सञ्जालमा दुव्र्यवहार गर्ने गर्छन् । आफूले पाएको दुख अब आउने समुदायले नपाउन् भन्दै उहाँले संघर्ष गर्नुभएको बताउनुभयो ।नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरूको मानव अधिकारको संरक्षण तथा सम्वद्र्धनमा विभिन्न संस्था लागि परेको छ । उहाँहरूको मर्यादित जीवनयापनका लागि सामाजिक, सांस्कृतिक, आर्थिक, कानुनी तथा राजनीतिक अधिकारसहितको समतामूलक समाज निर्माण गर्ने उद्देश्य संस्थाको छ । पहिचान खुलाउन नसकेका कयौं व्यक्ति रहेको निलहिरा समाजको तथ्याङ्कले देखाएको छ । निलहिरा समाजका अनुसार नेपालमा हाल करिब ९ लाख यौनिक तथा लैङ्गिक अल्पसङ्ख्क रहेको अनुमान छ। तर, अझै पनि पहिचानको कानुन नबन्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले कैयौँ अधिकार प्राप्त गर्न नसकेको यो समुदायको गुनासो छ।
असत्यमाथि सत्यको जित देखाउने नाचको रुपमा भक्तपुरको ‘महाकाली प्याखँ’ अर्थात् महाकाली नाचलाई लिने गरिन्छ।