काठमाडौं, भदौ २७ गते । 'नेपाल मिथिला येँ आर्ट ग्यालरी'मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागको संयुक्त आयोजनामा चार दिने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको हो ।प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश र फ्रान्सका १९ कलाकारले कोरेका २४ कला प्रदर्शनीमा राखिएका छन् । तीमध्ये ७ जना महिला र १२ जना पुरुष कलाकार हुनुहुन्छ । प्रदर्शनीमा विभिन्न शैलीका कलाहरू राखिएका छन् । जसमा 'वाटर कलर', 'पेन्सिल वर्क' लगायत फरक देशका 'एब्स्ट्रक्ट' कलाहरू छन् । जिपी कोइराला फाउन्डेशन, आर्ट एन्ड कल्चरका संयोजक तथा मिथिला येँ ग्यालरीका सञ्चालक श्यामसुन्दर यादवले यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियता कलालाई जोड्ने गरेको र नेपाली कलाकारबाट कोरिएका कला बिक्री वितरण नहुँदा कलाकारको मिहेनत खेर गएको कलाकारहरूको गुनासोको अन्त्य गर्ने बताउनुभयो ।"कलाकारलाई कलामार्फत जोड्नका लागि यो प्रदर्शन गरिएको हो," सञ्चालक यादव भन्नुहुन्छ, "प्रदर्शनीमा विभिन्न तहका कलाकारको कला प्रदर्शनका लागि राखिएको छ, कलाकारको कला प्रदर्शनीमार्फत दर्शकसामु पुग्नु नै कलाकारको परीक्षा हो र यसले दर्शकको विचारबाट कलाकारको काममा ऊर्जा थप्ने काम गर्दछ ।" विगत १७ वर्षदेखि सञ्चालनमा रहेको 'मिथिला येँ आर्ट ग्यालरी'मा हालसम्म तीन सयभन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको उहाँको भनाइ छ ।प्रदर्शनीमा फ्रान्सका कलाकार ग्रेभी अभिसेन्ट, बङ्गलादेशका कलाकार मामुदा अफ्रा मीम, कनिका वैद्य, नेपाली कलाकार जया शर्मा, विक्रम प्रजापति, रविना बज्राचार्य, विभूषण ताम्राकार, प्रितम थापा, शैली बज्राचार्य, रत्न शाक्य, जीवन चौधरी, उमेश चौधरी, विष्णु चौधरी, निप्सुन राई, रेनुका महर्जन, रञ्जु दर्नाल, साब्रत आचार्य र श्यामसुन्दर यादवको कला राखिएका छन् । यो प्रदर्शनी भदौ ३० गतेसम्म चल्ने यादवले जानकारी दिनुभयो ।
काठमाडौं, भदौ २६ गते । सुजित बिडारीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ऐना झ्यालको पुतली’ले सबैको मन जित्न सफल भएको छ । एक सिसाको बोतलमा बन्द भएको पुतलीलाई खुला आकाशमा उडाएको प्रतीकात्मक दृश्यबाट सुरु हुन्छ फिल्म ‘ऐन झ्यालको पुतली’ । फिल्ममा धेरै पढेर ठूलो मान्छे बन्ने एक किशोरीको सपनालाई ऐना झ्यालमा अड्किएको पुतलीसँग जोडिएको छ । निर्देशक बिडारीले चलचित्रमा गाउँले परिवेश र रहनसहनलाई निकै मनछुने गरी दृश्यमा रूपान्तरण गर्नुभएको छ।दुई दिदीभाइको कथामा घुमेको चलचित्रमा युवा अवस्थामा मनमा जाग्ने रहर र आकाङ्क्षासँग बाँडिएका कथा हेर्न सकिन्छ । दिदी विद्या (कञ्चन चिमरिया) लाई गाउँबाहिर गएर राम्रो विद्यालयमा माध्यमिक तहमा भर्ना हुने र पढेर ठूलो मान्छे बन्नुछ तर त्यसका लागि घरका विभिन्न समस्याले उनको सपना अधूरै रहन्छ । जुन गाउँघरका प्रायः किशोरीले भोग्नुपरेको पीडासँग जोडिएको छ ।फिल्ममा विशेषगरी गाउँघरका एक श्रीमतीले घर व्यवहार सम्हाल्नका लागि गर्नुपरेको मिहिनेत र चुनौतीलाई निर्देशक बिडारीले प्रस्तुत गर्नुभएको छ ।बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको तथा पुरस्कृत भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि सङ्घर्ष गर्छ । योबाहेक फिल्मले बाल्यकाल र योसँग स्मृतिका कथा पनि पेस गर्छ ।नेपाली महिलाले विवाहपछि भोग्नुपरेका चुनौती र दुःखलाई फिल्ममा सरल र सही ढङ्गमा देख्न सकिन्छ । हामीले फिल्ममा घरघरको यथार्थ पाउन सक्छौँ ।नेपालको विकट ठाउँमा अझै पनि महिनावारीलाई ठूलो समस्या मानिन्छ । यस अर्थमा चलचित्रमा कुनै किशोरी महिनावारी हुँदा १० दिनसम्म केटा मान्छेलाई हेर्न नहुने, घरबाट टाढा छुट्टै एक्लै कोठामै थुनिनुपर्ने लगायत यस्तो अवस्थामा आफूप्रति भाइले देखाउने माया र सद्भावलाई दृश्यमा देख्न सकिन्छ ।फिल्म हेर्दै गर्दा प्रायः दर्शकको बाल्यकाल र गाउँघरको सम्झना ताजा भएका छन् । ९० मिनेट लामो यस चलचित्र हेरेर धेरैले आफ्नो बाल्यकाल सम्झेर हाँसोसँगै आँसु पनि पोख्नु भएको छ । फिल्ममा गाउँमा हुर्किँदै गरेको त्यो बालापन र काठमाडौं गएर धेरै पैसा कमाउने सपना जुन हरेक युवाले देख्ने गर्छन्, त्यसलाई प्रस्तुत गरिएको छ ।परिवारको कथामा एक किशोरीले गरिबीको कारण आफ्नो पढाइलाई निरन्तरता दिन नसकेको जसको अन्तिम रूप विवाहमा परिणत भएको छ । मनमा पढ्ने चाहना हुँदाहुँदै त्यसलाई त्यागेर बेहुली बन्नुपर्ने अवस्थालाई फिल्मले बलियो प्रस्तुति दिएको छ ।ऐना झ्यालको पुतली, चलचित्र सुरु हुनुअघिसम्म सबै दर्शकको मनमा यी तीन शब्दले नै कौतूहल उत्पन्न गर्छ । यसबाहेक, फिल्ममा गाउँघरमा पैसा तिरेर फिल्म देखाउने चलनलाई देखाइएको छ । गाउँघरमा कुनै एक गन्यमान्य वा आर्थिक अवस्था राम्रो भएको घरमा मात्र टेलिभिजन हुने गर्ने दिनलाई समेटिएको छ ।फिल्म र्हैदै गर्दा धरै दर्शकले आफ्नो गाउँमा बिताएका बाल्यकाललाई सम्झिँदै नोस्टाल्जिक भएका छन् । फिल्मको ‘मेरो गाउँ ज्यामिरे’ गीतले पनि दर्शकलाई नोस्टाल्जिक बनाऔें भन्ने निर्देशक बिडारीको उद्देश्य हो । किनकि यो फिल्म नै एक प्रकारको नोस्टाल्जिया रहेको उहाँको भनाइ छ ।फिल्मलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गर्नुभएको हो । फिल्ममा सिरु बिष्टबाहेक पहिलो पल्ट अभिनय गर्ने कलाकारको बाहुल्य रहेको छ । फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी आदिको अभिनय देख्न सकिन्छ ।
फूलका लागि भगवान् इन्द्रले पृथ्वीलोकका राजाको अनुमतिबिना पारिजात र फल सुटुक्क चार्ने प्रयास गर्नुभयो ।
नेपालमा १६ औं मानव बेचबिखन विरुद्धको दिवस मनाइरहँदा मानव बेचबिखन हुने प्रकृतिमा पनि बदलिएको छ ।
काठमाडौं, भदौ १६ गते । विगत ३२ वर्षदेखि निरन्तर नेपाली चलचित्रमा लागेर डेढ दर्जन जति चलचित्र निर्देशन गर्नुभएका ज्ञानेन्द्र देउजाको चलचित्र हो ‘झिँगेदाउ’ । 'झिँगेदाउ' साहित्यकार भीमनिधि तिवारीले ३० को दशकको नेपाली समाजलाई चित्रण गरी लेख्नुभएको कृति हो । नेपाली साहित्य जगतका महान् साहित्यकार स्व. भीमनिधि तिवारीले यही 'झिँगेदाउ' खेललाई आधार बनाएर नेपाली समाजको चित्रण हुने गरी 'झिँगेदाउ' शीर्षकमा रोचक रूपमा प्रस्तुत गर्नुभएको छ । फिल्ममा देखाइएको ‘झिँगेदाउ’ एक जुवा प्रकृतिको खेल हो । यस खेलमा खेलाडीहरूले आफ्नो हार र जित निश्चित गर्नका लागि झिङ्गालाई पर्खेर बस्नुपर्ने हुन्छ । भिँगा कहाँ र कसरी उड्छ त्यही अनुसार खेलमा जित र हारको निर्णय हुन्छ । तर समयसँगै यो खेल समाजमा बिस्तारै लोप हुँदै गयो । आम नेपालीलाई यो खेलको बारेमा जानकारी नै छैन । फिल्ममा यसरी जेठानी र देवरानीबिच खेलैखेलबीच जन्मिएको झगडालाई देखाउन खोजिएको छ । चाहे त्यो जुवा तास होस् वा झिँगेदाउ नै । यस्तै, फिल्ममा घरपरिवार र समाजमा हुने गरेको घटनालाई प्रस्तुत गरिएको छ । एकल आमाले आफ्नो बच्चाहरूको बालापन र भविष्यका लागि गरेको त्याग र बलिदानलाई निर्देशक देउजाले फिल्ममा प्रस्तुत गर्नुभएको छ । एकल आमाले दुई छोरालाई हुर्काउन गरेको दुःख र घरमा बुहारी भित्रिएपछि हुने झगडालाई फिल्ममा देख्न सकिन्छ । निर्देशक देउजाले स्व. तिवारीको यस कृतिलाई एकदमै राम्रो र सरल ढङ्गमा प्रस्तुत गर्दै हरेक घरमा देखिने समस्यालाई देखाउन खोज्नुभएको छ । यसबाहेक फिल्ममा आमा छोराको माया, दाजुभाइबीचको माया र श्रीमान् श्रीमतीको मायालाई देखाइएको छ । परिवार अर्थात् दाजुभाइमा जतिसुकै गहिरो प्रेम भए पनि विवाहपछिको अर्को रूप झगडा नै हुने नेपाली समाजलाई फिल्ममा दर्साउन खोजिएको छ । जीवनमा नयाँ व्यक्तिको आगमनसँगै पुराना सम्बन्धमा आएको परिवर्तनलाई फिल्ममा प्रस्तुत गरिएको छ । नेपाली समाजमा घटेका हरेक परिवार र आमाले भोगेका कथालाई निर्देशक देउजाले दृश्यमा रूपान्तरण गर्नुभएको हो । नेपाली समाजमा दाजुभाइ र जेठानी देवरानीको झगडापछि अंशबण्डाबीच हराएकी आमाको अन्तिम घर नै वृद्धा आश्रम रहेको देखाइएको छ । छोरा सानो हुन्जेल मात्र आमाबुबाको, ठूलो भएपछि बूढीको भन्ने नेपाली परिवारमा हुने कथाको रूपमा झिँगेदाउ प्रस्तुत गरिएको छ । त्यसैले, नेपालमा बर्सेनि तीन हजार आमाहरू वृद्धा आश्रम पस्न बाध्य छन् । शुक्रबारबाट देशभर प्रदर्शनमा हुने यस फिल्ममा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा र कुशल विष्टसँगै हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारले अभिनय रहेको छ । यस्तै, फिल्ममा प्रदीप भारद्वाजको कथा र पटकथा, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु घिमिरे कल्पितको छायाङ्कन र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म कपनगढी सिनेमा र फिल्म क्रयू नेपालको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गर्नुभएको हो ।
तीज पर्व भाद्र शुक्ल, द्वितीयादेखि सुरु भई पञ्चमीसम्म मनाइने हिन्दु महिलाको विशेष पर्व मानिन्छ । नेपाली हिन्दू महिलाको महान पर्व तीजको रौनक धेरै दिन पहिलेदेखि नै हुन्छ । हिन्दु धर्मावलम्बीहरुको महान तथा विशेष चाडको रुपमा परिचित यस पर्वमा महिलाले आफ्नो श्रीमान्को लामो आयु र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ ।
नेपाली महिलामा धेरै दिनअघिदेखि नै तीजको रौनक छुट्टै छाएको छ । हिन्दु धर्मालम्बी नारीहरुको महान् तथा विशेष चाडको रुपमा लिइने यस पर्वमा महिलाले आफ्नो श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन पुरानो हो ।
कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गछ्र्रन् ।
हिन्दु नेपाली नारीको महान् पर्व हरितालिका तीजको शुभकामनासहित लोकप्रिय गायक गायिकाले हरेक वर्ष विभिन्न तीज गीत कोसेली ल्याउने गरेका छन्। तीजमा लोक भाका र गीतले थप रमाइलो र उत्साह थप्ने गरेको पाइन्छ। हरेक वर्ष सयौं तीजका नयाँ भाका बजारमा आउने गर्छन्।
काठमाडौंको असनको एक घरमा केही युवा वर्ग तल्लीन थिए, कोही ड्रम त कोही भुस्या बजाउँदै अभ्यास गर्दै थिए। नेवार समुदायमा नायः खिं बाजाको पनि छुट्टै महत्त्व हुन्छ र त्यही बाजाका गुरु विष्णुबहादुर खड्गीको घरबाट नै उक्त लाखे निकाल्न लागेको थियो।
आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाउने गर्छन् । यसै अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
विसं २०३४ मा रेडियो नेपालमा गीत गाउन प्रवेश गर्नुभएका नन्दकृष्ण जोशी अहिले ‘देउडाका राजा’ नामले चिनिनु हुन्छ ।
काठमाडौं महानगरपालिका –३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य सुरु भएको करिब एक वर्ष भएको छ । २०७२ को भूकम्पबाट क्षतिग्रस्त यो मन्दिरको भारत सरकारको ६ करोड २६ लाख रुपियाँ अनुदान सहयोगमा प्रवलीकरण भइरहेको हो ।
काठमाडौं, साउन २७ गते । जनैपूर्णिमाको दिन नेवार समुदायमा ’गुन्पुन्ही’ मनाइन्छ । यस दिन तराई क्षेत्रमा राखी बान्ने चलन छ । गुन्पुन्ही नेवार समुदायमा मनाउने ठूलो पर्वमध्ये एक हो । साउन शुक्लपक्षका दिन यो पर्व मनाइने गरिन्छ । यस दिन टुसा पलाएका सिमी, केराउ, बोडी, मुगी लगायत ९ प्रकारका गेडागुडी भिजाएर त्यसलाई क्वाँटी बनाएर खाने गरिन्छ । यस्ता गेडागुडीको मिश्रण केहीदिन अघि टुसा उम्रिने गरी भिजाउने चलन छ । क्वाँटी शब्द नेपाल भाषाको ’क्वाति’ शब्दबाट बनेको हो । जसअनुसार ’क्वा’ को अर्थ तातो र ’ति ’को अर्थ झोल वा सुप भएकाले ’क्वाति’ वा ’क्वाँटी’ को अर्थ तातो सुप भन्ने बुझिन्छ । काठमाडौं उपत्यकाका नेवार समुदायले भने ’ब्याञ्चायात जा नकेगु’अर्थात् भ्यागुतालाई भात खुवाएर पनि मनाउने गर्छन् । सिमीको पातमा भातसँगै नौ थरी गेडागुडीको क्वाँटी पनि हुन्छन् । पातमा भात र क्वाँटी पस्किदिएर भ्यागुताका लागि खेतमा लगेर छोड्ने चलन छ । परिवारका कम्तिमा एकजना सदस्य खेतमा पुगेर किसानले भ्यागुतालाई खाना र क्वाँटी दिने गर्छन् । धेरै ठाउँमा खेत हुनेहरू आफूहरू बाँडिएर एक–एक ठाउँमा जाने गर्दछन्। संस्कृतिविद् हरिराम जोशीका अनुसार यो दिनको जात्रा खेतीपाती र किसानसँग सम्बन्धित पर्व हो । रोपाइँ सकेर गोडमेल गरिसकेपछि साउन शुक्ल पूर्णिमादेखि अष्टमीसम्म आठ दिन मनाउने भनिएको छ । खेतमा काम गर्दा जति पनि किराफट्याङ्ग्राहरू उनीहरूले मार्छन् त्यसको लागि क्षमा माग्दै भ्यागुतालाई भात खुवाउने चलन चलेको संस्कृतिविद् जोशी बताउनुहुन्छ । यस्तै, संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेवार समुदायमा यस दिनको महत्व धेरै रहेको छ । नेवार समुदायमा यस दिन नौं थरिको गेडागुडी खाएर, नौ जोर कपडा लगाएर तीर्थ स्नान गरेमा यमलोकमा सुख, शान्ति, समृद्धि प्राप्त हुने, निरोगी हुने, आनन्दले जीवन कट्छ र मोक्ष प्राप्त हुनेसमेत मान्यता रहेको छ । नेपाली संस्कृतिमा नौं सङ्ख्याको विशेष महत्व छ । संस्कृतिविद् श्रेष्ठका अनुसार खेतमा किराफटयाङ्ग्रा खाइदिने भएकाले भ्यागुता किसानको असल साथी भएको विश्वास गरिन्छ । रोपाइँको समयमा खेतमा जीव खाएर भ्याग्ताले बाली जोगाउने गरेको कारण पनि भ्यागुतालाई असल साथीको रुपमा लिने गरेको उहाँको भनाइ छ । “भ्यागुता हाम्रो समाजमा वैद्धिक कालमा भएको गुरुचेला परम्परा हो, गुरुले उच्चारण गर्ने र शिष्यले त्यसैलाई हुबहु उच्चारण गर्ने मौखिक शिक्षा प्रणली पनि भ्यागुताबाट नै सुरु भएको मानिन्छ”, उहाँ भन्नुहुन्छ, “यो परम्परा चल्नुमा प्रेरणाको स्रोत अर्थात् महान गुरु भ्यागुतो हो ।” भ्यागुताबाटै नै पूर्वजहरुले शैक्षिक विद्याको सुरुवात गरेको संस्कृतिविद् श्रेष्ठ बताउनुहुन्छ । यसको प्रमाण रिकवेदमा ‘मन्धुक रिचा’मा उल्लेख गरिएको छ । त्यसैले भ्यागुताबाट नै पठनपाठन परम्परमा सुरु भएको मान्न सकिने श्रेष्ठको भनाइ छ । यसरी नेवार जातिले वैद्धिक काल अगाडिदेखि नै विभिन्न जात्रा र पर्व मनाउँदै आएको पाइन्छ । जनै पूर्णिमा नेवार क्यालेन्डर अनुसार नवौं महिनामा पर्छ । त्यस कारण यसलाई गुन्पुन्ही भनिन्छ । यसबाहेक क्वाँटी स्वास्थ्यको लागि पनि राम्रो भएको कारण चिसो बढेसँगै क्वाँटी खाने चलन सुरु भएको मानिन्छ । यीनै पौष्टिक तत्वको मात्रा अंकुरित गुडागुडीमा रहेको हुन्छ । अहिले क्वाँटी खाने चलन नेवार समुदायमा मात्रै सीमित छैन । यो गैर नेवार समुदायमा पनि उत्तिकै प्रख्यात भएको छ । यसलाई पौष्टिक आहारका रुपमा समेत लिइन्छ । यसमा प्रशस्त प्रोटिन, भिटामिन र मिनरल्स रहेको हुन्छ । जुन शरीरका लागि आवश्यक तत्व हुन् ।
आफ्नो वास्तविक नामले कमै चिनिने हास्य कलाकार हुनुहुन्छ पल्पसा डङ्गोल अर्थात् चम्सुरी ।