अत्यन्त सरल स्वभाव र कहिल्यै रिस नै नउठ्ने, व्यक्तित्व हुनुहुन्थ्यो– वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी ।
‘असन्तोषी सदा दुखी, सन्तोषी सदा सुखी’ यस सिन्द्धान्तलाई अंगालेर जोशीको १०३ वर्षिय यात्रामा उहाँको मनमा सधै सन्तुष्ट रहने गर्थ्यो।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मृत्युअघि नै दान गरिसकेको शरीर नजलाउने निर्णय भएको छ । जोशीको शरीर अध्ययनका लागि ललितपुरस्थित किष्ट मेडिकल अस्पतालमा राखिने निर्णय भएको हो ।
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको जीवनयात्रा पनि जुरेली चरीको जस्तै छ । यही सिद्धान्तलाई अँगालेर वाङ्मय शताब्दी पुरुष जोशीले २०७९ वैशाख ३० गते १०३ वर्षे यात्रा पूरा गर्नुभएको थियो ।
मौलिकता, समाजको परम्परासँग जोड्ने धरातलको कलालाई मिथिला कला भनिन्छ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि गत आइतबार उम्मेदवारी दर्ता भएको छ । निर्वाचनरुपी महाकुम्भ मेलामा भाग लिन कलाकारमा पनि होडबाजी देखियो । निर्वाचन आकर्षणले कलाकारलाई अछुतो राखेन । त्यही भएर कलाकारले पनि उम्मेदवारी दर्ता गराउनुभयो ।
ललितपुर, असोज २४ गते । संस्कृतिविद् एवम् वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आइसियुमा सारिएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उहाँलाई आइसियुमा राखेर उपचार थालिएको जानकारी दिएको हो ।प्रतिष्ठानमा उपचाररत १०३ वर्षीय जोशीलाई गत असोज २३ गतेदेखि छातीमा निमोनिया सङ्क्रमण भएकोले यान्टिबायोटिक सुरु गरिएको हो । यसबाहेक जोशीको मुटुको चाल सम्बन्धी समस्यासमेत देखा परेकोले यसको नियन्त्रणका लागि आइसियुमा राखी उपचार गरिएको जोशीका सहयोगी तेजकुमार महर्जनले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार जोशी अस्पताल भर्ना भएपछिको केही दिनसम्म स्वास्थ्य अवस्था सामान्य भएपनि केही दिनदेखि खानामा अरुचि बढ्दै गएको हो ।शताब्दी पुरुष जोशीलाई शनिबार नै आइसियुमा राखी उपचार सुरु गरिएको महर्जनले जानकारी दिनुभयो । जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको महर्जनले बताउनुभयो ।
दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत पूर्णिमा भन्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिनदेखि सुरु भएको दशैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्न हुन्छ । कोजाग्रत पूर्णिमाको दिन देवी महालक्ष्मीको पूजा आराधना गरी रातभरी जाग्राम बसेर पूर्णिमाको दिन समापन गर्ने परम्परा पुरानै हो ।
दशैं, दशहरा, विजयादशमी नवरात्र आयुध–पूजा सबैको एउटै अर्थ लाग्ने नेपालीको राष्ट्रिय चाड हो । आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन आफूभन्दा ठूला मान्यजनको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेष रूपमा पूर्णिमासम्म (प्रसाद ग्रहणका लागि) मनाउने गरिन्छ ।
दशैं सुरु भएलगत्तै आकाशमा विभिन्न रङ्गका चङ्गा हावामा उडिरहेको देख्न सकिन्छ। बाटो छेउमा पनि थरिथरि रङ्गका बेच्न राखिएका चङ्गा किन्नका लागि मानिसहरूको भीड लाग्ने गरेको छ।
‘मोहनी नख’ अर्थात् दशैं। नेवार समुदायमा दशैंलाई मोहनी नख भन्ने चलन छ। नेवार समुदायले ठूलो महत्त्वका साथ मनाउने अन्य पर्वबाहेक मोहनी नख पनि एक हो। सामान्य भाषामा मोहनी भन्नाले मोहनी लगाउनु, मन्त्रमुग्ध बनाउनु वा आफ्नो बनाउनु भन्ने बुझिन्छ। संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार नेवा धार्मिक सांस्कृतिक जीवनमा दशैंलाई मोहनी नख भन्ने गरिन्छ। जस
नेपालीको महान् चाड विजया दशमीको आगमनसँगै मन्दिर लगायत घरघरमा मालश्री धुन गुन्जिरहेको छ।
आश्विन शुक्ल नवमी अर्थात् विजयादशमी सुरु भएको आज नवौं दिन नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी मनाउने चलन छ । महानवमीका दिनमा घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । आजको दिन विशेष गरी नेवाः समुदायमा बिहानै घर सफा गरेर विभिन्न मठमन्दिरमा पूजा आराधना गर्ने परम्परा छ ।
काठमाडौं, असोज १७ गते । विजयादशमी सुरु भएको आठौं दिन आज बेलुका नेवाः समुदायले ‘कुछी भ्वय्’ खाएर महाअष्टमी पर्व मनाउने चलन छ । नेपालभाषामा ‘कुछी’ अर्थात् दुई माना र ‘भ्वय्’को अर्थ भोज हो । आज महाअष्टमीको दिन नेवाः समुदायले केराको पातमा दुई माना चिउरासहित विभिन्न १२ थरीका मिष्ठान्न भोज तयार गरी खाने चलन छ । नेवाः समुदायमा ‘कुछी भ्वेय्’को ठूलो महत्व छ । संस्कृतिविद् ओम धौभडेलका अनुसार ‘कुछी भ्वय्’ ‘कुलछी भ्वय्’बाट अपभ्रंश भएको हो । ‘कुलछी भ्वय्’ अर्थात् कुलहरुसँगै बसेर खाने कुल भोज हो । नेपालभाषामा ‘ल’ को प्रयोग कम हुने भएकाले ‘कुलछी भ्वय्’बाट ‘कुछी भ्वेय्’ भन्न थालिएको उहाँ बताउनुहुन्छ । “कुछी भ्वय् महाभोज नै हो । नेवाः समुदायको मोहनी नख सुरु भएपछिको यो पहिलो भोज हो, जुन कालरात्री सुरु हुनुभन्दा पहिले नै खानुपर्छ,” उहाँ भन्नुहुन्छ, “जसरी देवदेवीहरुले शक्ति आर्जन गरेको हुन्छ । त्यसैगरी मानिसले पनि वर्षभरिका लागि शक्ति आर्जन गर्ने स्वरुपले ‘कुछी भ्वय्’ खाने चलन छ ।” मोहनी नखः वा दशैं सुरु भएदेखि नै कुछी भ्वय् खाने परम्परा सुरु भएको उहाँको भनाइ छ । नेपालमण्डलका जति पनि राज्यहरु थिए, ती सबै मोहनी नखसँग सम्बन्धित रहेको उहाँ बताउनुहुन्छ । प्रत्येक अष्टमात्रिका र शक्तिपीठबाट सुशोभित गरेर नगर बसाउने क्रममा तत्कालीन लिच्छवि शासकहरुले आराधना गर्ने क्रममा मोहनी नखःको सुरुवात गरेको पाइन्छ ।केराको पातको महत्वकुछी भोजमा सबैभन्दा महत्वपूर्ण सामान केराको पात हो । सबैभन्दा पहिले केराको पातमा चिउरा राखिन्छ । त्यसपछि सिङ्गो उसिनेको अन्डा, भटमास, माछाका साना सिद्रा, अचार, गेडागुडी आदि समयबजीका परिकार राखिन्छ । अनि तोरीको साग, सिसाफुसा (सलाद), मासुका तीनथरी परिकार ( सानो झोल परिकारको मासु, भुटन र तःकुला अर्थात् मासुको तास) राख्ने परम्परा छ । नेपालभाषामा तःकुकाे अर्थ ठूलो चोक्टा र लाको अर्थ मासु हो । यस्तै, यति व्यञ्जन राखेपछि अन्त्यमा, दही र मिठाइ राखेर भोज खाने काम सम्पन्न हुन्छ । यस्तै, पेयपदार्थको रुपमा जाँड, रक्सी, कत्थ्वँ पिउने परम्परागत चलन छ ।उहाँ भन्नुहुन्छ, “पहिले पहिले थाल थिएन र यसरी आदिमकालमा वा सभ्यताको सुरुवातको समयमा आफूसँग भएको वस्तुलाई नै प्रयोग गरिन्थ्यो । त्यस समयमा ठूलो भोज खानका लागि केराको पात प्रयोग हुन्थ्यो ।” केराको पात ठूलो पनि हुने र यसमा धेरै परिकार पनि अटाउने । केरा यस्तो फल हो जुन हरेक शुभकार्य प्रयोग गरिन्छ र यो चोखो वनस्पतिमा समेत रहेको उहाँको भनाइ छ । यसबाहेक स्वास्थ्यका हिसाबले पनि केरोका पातमा खानु लाभदायी हुन्छ । जस्तै, दक्षिण भारतमा अहिले पनि केराको पातमा भात खाने चलन छ । केराको पात यस महाभोजमा ठूलो आकारको थालको रुपमा प्रयोग भएको छ । उहाँका अनुसार मानिसको आहार नाप्ने तरिका पनि यस भोजलाई लिन सकिन्छ । नेवाः समुदायमा इन्द्रजात्रादेखि समयबजी खान सुरु हुन्छ । इन्द्रजात्रापछिको पहिले चाड नै ‘मोहनी नखः’ हो । यसरी दिनमा समयबजी खाने र भोज रातको समयमा खाने परम्परा छ । यसैलाई अँगालेर वर्षको पहिलो ठूलो भोज भएको कारण यसमा विभिन्न १२ थरीका परिकार राख्ने चलन नेवाः समुदायको मौलिक परम्परा हो । यस्तै, धौभडेल भन्नुहुन्छ, “कुछी भ्वय्भित्र पनि विविधता पाइन्छ । नेवाः समुदायमै पनि शाही थरीले सप्तमीको दिनमा कुछी भोज खाने चलन छ । कतिपय नेवाः समुदायले दशैंमा मात्र नभई देवालीमा पनि कुछी भोज खाने गर्छन् । आफ्नो जात र संस्कृतिअनुसार परम्परा छ ।” उहाँ थप्नुहुन्छ, ‘‘आजको दिन नेवाः समुदायले दुई माना चिउरा राखेर भोज खाने भएकाले दुई माना राख्नका लागि मानाको तलपट्टि रुमाल वा अरु केही राखेर दुई माना बनाउने गरिन्छ ।’’यसरी काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र नेवाः समुदाय बसोबास गर्दै आएका अन्य जिल्लामा कुछी भ्वय् खाने आ–आफ्नै चलन रहेको संस्कृतिविद् धौभडेल बताउनुहुन्छ ।
काठमाडौं, असोज १० गते । चलचित्र 'प्रेमगीत-३' विश्वका विभिन्न सिनेमा हलमा प्रदर्शन भइरहेको छ । विभिन्न विवादमा घेरिएको यस चलचित्रले नेपाल लगायत विदेशमा पनि दर्शकको मन जित्न सफल भएको छ । 'प्रेमगीत-३' का निर्माण पक्षका अनुसार 'प्रेमगीत ३'ले नेपालमा पहिलो दिन अर्थात् शुक्रबार दुई करोड ५० हजार रुपियाँ कमाएको छ । र दोस्रो दिन शनिबार दुई करोड २२ लाख रुपियाँ कमाएको हो । हिन्दी संस्करण रिलिजको समयमा विवाद उत्पन्न भएपनि भारतमा पनि चलचित्रले राम्रो व्यापार गरिरहेको छ । प्रदर्शन भएको मितिदेखि नै सफल व्यापार गरिरहेको यस चलचित्रले नेपालमा आइतबार भने ९० लाख ५० हजार कमाएको वितरक गोविन्द शाहीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा ‘प्रेमगीत-३’ को हिन्दी संस्करणले शनिबार भारतमा कुल ८३ करोड भारु कमाएको छ भने शुक्रबार फिल्मको कमाई १.१२ करोड क्रस हो ।भारतमा पनि सीमित सो मात्रै पाएको छ, 'प्रेमगीत-३'ले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको यस चलचित्रलाई लिएर विवाद चर्किएको थियो । चलचित्रको बारेमा चलचित्र विकास बोर्डसँगै कलाकार दीपक राज गिरी, सरोज खनाल र प्रेमगीतका टिम र सदाबहार नायिका करिश्मा मानन्धरसमेत आफ्नो प्रतिक्रिया राख्नुभएको हो । यस्तै, चलचित्रको हिन्दी संस्करणमा पनि आजबाट रिलिज भएको छ । चलचित्रको हिन्दी संस्करण शुक्रबार नै रिलिज गर्ने भनिए पनि विभिन्न कारणले रिलिज केही दिन ढिला भएको हो ।