• १८ कात्तिक २०८२, मङ्गलबार

गोरखापत्र र खाद्य व्यवस्था कम्पनीबीच सहकार्य हुने

blog

गोरखापत्र संस्थानका व्यापार विभागका प्रमुख गंगबहादुर पन्थी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका मानव संसाधन विभागका विभागीय प्रबन्धक घनश्याम अर्याल सहकार्यसम्बन्धी सम्झौतापत्र आदानप्रदान गर्नुहुँदै ।

काठमाडौँ, कात्तिक १८ गते । सरकारी स्वामित्वको गोरखापत्र संस्थान र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच सहकार्य हुने भएको छ । 

काठमाडौँ महानगरपालिका–२२, धर्मपथस्थित गोरखापत्र संस्थान र भद्रकाली प्लाजास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबीच  सूचना आदानप्रदान गर्नेसम्बन्धमा हस्ताक्षर भएको हो । 

सम्झौता पत्रमा गोरखापत्र संस्थानका व्यापार विभागका प्रमुख गंगबहादुर पन्थी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका मानव संसाधन विभागका विभागीय प्रबन्धक घनश्याम अर्यालले हस्ताक्षर गर्नुभएको छ। 

सम्झौताको क्रममा गोरखापत्र संस्थानका व्यापार प्रवर्द्धन शाखाका प्रमुख दीपक पौडेल र कम्पनीका सहायक विभागीय प्रबन्धक नवीन बस्नेत उपस्थित सहभागी हुनुहुन्थ्यो । सम्झौताले दुबै सरकारी निकायबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै सूचना आदानप्रदानलाई प्रभावकारी र पारदर्शी बनाउने विश्वास लिइएको छ।