मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नजिकिँदै जाँदा चुनावी माहौलमा विभिन्न पार्टीका चुनावी गीतले मतदाताहरूको उत्साह बढाएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका उम्मेदवार चुनाव प्रचारप्रसारमा व्यस्त छन्। निर्वाचनलाई समावेशी बनाउनुपर्ने कानुनी बाध्यतापछि राजनीतिक दल सबै समूहलाई समेट्न बाध्य छन्। सङ्घीय निर्वाचनमा यो पटक तीन जना यौनिक तथा तेस्रोलिङ्गी अल्पसङ्ख्यक समुदायका उम्मेदवार हुनुहुन्छ। जसमा प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ दुई जनाको नाम समेटिएको हो।
काठमाडौं, कात्तिक २८ गते । सिनामंगलस्थित 'पुरानो घर' थिएटरमा 'एन इन्सपेक्टर कल्स' नाटक मञ्चन भइरहेको छ । 'पुरानो घर' थिएटरमा यो 'थ्रिलर' नाटक पहिलो पटक मञ्चन भएको हो । अनुसन्धान वा जासुस जनरामा आधारित यस नाटकले दर्शकमा 'थ्रिल' महसुस गराउँछ । नाटक राजकमल फकिरले निर्देशन गर्नुभएको हो । सम्रान्ट अर्थात् मल्ल परिवारको छोरीको इन्गेजमेन्ट पार्टीबाट नाटक सुरु हुन्छ । त्यसपछि इन्स्पेक्टर पार्टीमा प्रवेश गर्छ र अनुसन्धान गर्न थाल्छ। यसरी सस्पेन्सबाट नाटक सुरु हुन्छ । नाटकमा छोरीको अभिनयमा कलाकार शारदा अधिकारी हुनुहुन्छ । ‘एन इन्सपेक्टर कल्स’ जेबी प्रिस्टलीको सन् १९४५ मा प्रकाशित नाटक हो । समाजमा सबै जात, धर्म र वर्गका परिवारको बसोबास हुन्छ । र नाटकमा ती मानिसहरू सबै ढोङ्गी नै हुन्छन् भन्ने आधार प्रस्तुत गरिएको छ । नाटकमा आभास अधिकारी, विजय ताम्राकार, शारदा अधिकारी, सरीता भुजेल, सदीन लुइँटेल, मोनिका थापा र शिशिर सिवाकोटी गरी ७ जना कलाकारको अभिनय देख्न सकिन्छ । नाटक आगामी मङ्सिर १२ गतेसम्म प्रत्येक दिन साँझ ५:३० बजे र शनिबार १:३० बजे पनि मञ्चन हुनेछ । मंगलबार भने नाटक मञ्चन हुने छैन ।
काठमाडौं, कात्तिक २८ गते । कात्तिक ११ गतेबाट देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘महापुरुष’ अहिले तेस्रो सातामा प्रदर्शन भइरहेको छ । दुई सातामा ७ करोडभन्दा बढी कमाइ गरेको फिल्मले तेस्रो सातामासम्म आइपुग्दा ७ करोड चार लाखसम्म व्यापार गरिसकेको छ । हरिवंश आचार्यको प्रमुख भूमिका रहेको 'महापुरुष'ले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । नेपालमा बाहेक विदेशमासमेत राम्रो प्रदर्शन भइरहेको 'महापुरुष'ले अहिलेसम्मकै उत्कृष्ट व्यापार गरेको छ ।यस्तै, फिल्मले पहिलो साता चार करोड ५६ लाख रुपियाँ क्रस र दोस्रो साता दुई करोड ८३ लाख रुपियाँ क्रस कमाइ गरेको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिनुभयो । फिल्मको पहिलो साताको कुल कमाइ ४ करोड ५० लाख माथि थियो भने दोस्रो साता काठमाडौं र उपत्यका बाहिरसहित २ करोड ५० लाख माथि थियो ।उहाँका अनुसार फिल्मले पहिलो साता काठमाडौं उपत्यकामा तीन करोड ६ लाख र दोस्रो साता एक करोड ८९ लाख क्रस कमाएको हो । यसबाहेक फिल्मले पहिलो साता उपत्यकाबाहिर एक करोड ५० लाख र दोस्रो साता ९४ लाख रुपियाँ कमाइ गरेको हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा रहेको सामाजिक विषयवस्तुमा आधारित यस फिल्ममा एकल बुबाको बुढोपन र आफ्ना सन्तानका लागि गरेको सङ्घर्ष प्रस्तुत गरिएको छ । यससँगै फिल्ममा एकल बुबाको बुढेसकालमा बसेको प्रेम र प्रेमलाई जीवन दिन गरिएको सङ्घर्ष र उतारचढावलाई देखाइएको छ । प्रदर्शनको पहिलो सातादेखि उत्कृष्ट कमाइ गरिरहेको फिल्मले तेस्रो सातामा पुग्दा पनि दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्ममा हरिवंश र गौरी मल्लसँगै मदनकृष्ण श्रेष्ठ, रवीन्द्रसिंह बानियाँ, अरू क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, सिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसकार, सबिन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ । निर्देशक प्रदीप भट्टराईले यसअघि ‘शत्रु गते, जात्रा र जात्रै जात्रा’ जस्ता उत्कृष्ट फिल्म निर्देशन गर्नुभएको थियो ।
काठमाडौं, कात्तिक २२ गते । आज कात्तिक नाचको दशौं दिन अर्थात् अन्तिम दिन ‘दधी लीला’ नाच प्रदर्शन हुँदैछ । कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष एंवम कलाकार किरण चित्रकारका अनुसार आजको नाच कृष्णलीलासँग सम्बन्धित नाच हो । भगवान् कृष्णको गोपिनीहरूसँगका रासलीलालाई नाचमार्फत आज प्रस्तुत गरिनेछ । यस्तो छ नाचको कथा : आजको 'दधी लीला' नाच कृष्णलीला अर्थात् भगवान् श्री कृष्णको बाल्यकालमा आधारित रहेको छ । बाल्यकालमा भगवान् कृष्णको गापिनीहरुसँग बिताएका रमाईला र अविस्मरणीय पलहरू आजको कात्तिक नाचमा देख्न सकिन्छ । गोपिनीहरू जमुना पारी जाने क्रममा कृष्ण डुङ्गा लिएर नदी छेउ बसेका हुन्छन् । त्यसैले गोपिनीहरूले भगवान् कृष्णसँग नदी पार गर्दिन आग्रह गर्छन् । यसपछि कृष्णले पनि नदी पार गराएपछि आफूलाई ज्याला चाहिने माग गर्छन् । यसरी गोपिनीहरूले फर्किने क्रममा भगवान् कृष्णलाई दही दिने प्रतिबद्धता जनाउँछन् । यसरी नदी पार गरेर गएका गापिनीहरुले फर्केपछि भने कृष्णलाई दही दिन मान्दैनन् । यसपछि बोलेका कुरा पुरा नगरेपछि कृष्णले रिसाएर गोपिनीको दहीको भाँडा फुटाइदिन्छन् । गोपिनीहरू पनि रिसाएर कृष्णलाई घेरेर यातना दिन सुरु गर्छन् । आजको 'दधी लीला' नाच सोही कथामा घुमेको छ । १३ जना कलाकारको उपस्थितिमा देखाइने आजको 'दधी लीला' नाच हरेक दिन जस्तै आज पनि साँझ ७ बजे पाटनस्थित कात्तिक डबलीमा प्रदर्शनी हुनेछ । ३८२ वर्ष पुरानो यस नाचलाई सिद्धिनरसिंह मल्लले सञ्चालनमा ल्याउनुभएको थियो । राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणको लागि उहाँका गुरुद्वय हरिवंश उपाध्याय तथा विश्वनाथ उपाध्यायको सल्लाहमा ‘कात्तिक नाच’ चलाएको जनविश्वास रहेको कोषाध्यक्ष शाक्य बताउनुहुन्छ । पाँच दिनबाट सुरु भएको यो नाच पछि गएर राजा सिद्धिनरसिंह मल्लका छोरा श्री निवास मल्लले यस नाचमा ‘बाँथ प्वाँख’ अर्थात् ७ दिनको लोक नाटक थपेर १२ दिनसम्म सञ्चालन रहने व्यवस्था गर्नुभएको थियो । यसपछि श्री निवास मल्लका छोरा योग नरेन्द्र मलले थप १५ दिन अर्थात् उषाहरण लीला र माधवनर लीला नाच थपेर तिहारको तीन दिन बाहेक कात्तिक महिनाभरि २७ दिन सञ्चालन गर्नुभएको थियो । यसरी, कात्तिक महिनामा देखाइने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको संस्कृतिविदहरु बताउनुहुन्छ ।
रिसमा होश गुमाएकी राधाले कृष्णलाई आफ्नो लुगाा लुकाएकोमा गाली गर्नुहुन्छ । तर जवाफमा कृष्णले यसरी बिना वस्त्र नुहाउन लाज नलागेको भन्दै जवाफ फर्काउनुहुन्छ ।
कात्तिक नाचमा कलाकारको संलग्नता नाचका कथावस्तु अनुसार हुने गर्छ। तर, एउटा नाच देखाउन कम्तीमा २० जना कलाकार चाहिन्छ। अहिले २७ दिनसम्म नाच सञ्चालन गर्न आर्थिक समस्या रहेको छ।
काठमाडौंका महिला उम्मेदवारले महिला, युवा सशक्त रुपमा अगाडि बढाउने, काठमाडौं हराभरा, ढलमुक्त गर्ने, घरघरमा पानीको व्यवस्था, बिजुली, शिक्षा, स्वास्थ्य र रोजगारलगायत देश विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
कात्तिक शुक्ल चतुर्थीका दिनदेखि छठ सुरु भएको मानिन्छ । दशैं र तिहारपछि मनाइने छठपर्व सूर्यको उपासना गरी मनाउने परम्परा रहेको छ । बिहानै उठेर सरसफाइ गरी, चोखो पानीले नुहाइ सफा कपडा लगाएर पूजागरी शुद्ध भोजन गर्छन् । छठ नेपाल र भारतका उत्तरीय क्षेत्रका हिन्दूहरूले मनाउने विशेष पर्व हो ।
तिहार वा यमपञ्चकको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथि भाइटीकाको दिन । आज दिदी भाइ बहिनीको विशेष दिन विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान भोजन खुवाउने र दिदी बहिनीहरूलाई उपहार वा दक्षिणा एवं वस्त्र आदि दिने परम्परा रहेको छ ।
आज बुधबारदेखि नेपाल संवत् नयाँ वर्ष ११४३ सुरू भएको छ । यो संवत् कार्तिक शुक्ल पक्षको प्रतिपदादेखि सुरू हुन्छ । लक्ष्मीपूजाको भोलिपल्टदेखि सुरु हुने यो संवत्मा आधारित रहेर विभिन्न जात्रा र उत्सव निश्चित गरी मनाउने गरेको पाइन्छ ।
तिहार सुरु भएलगतै बजारमा सामान किन्ने र बेच्नेको भीड बढेको छ।
कुकुर तिहार अर्थात् नरक चतुर्दशी, सुखरात्री वा यमपञ्चकको दोस्रो दिन । आजको दिन कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने चलन छ ।
काठमाडौं, कात्तिक ६ गते । हिन्दुहरूको महान् चाड तिहार (यमपञ्चक) आइतबारदेखि सुरु भएको छ। आज कात्तिक कृष्ण पक्ष त्रयोदशी धनवन्तरी दिवस अर्थात् कागको पूजासँगै तिहार सुरु भएको छ। तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई (लक्ष्मी), गोरु (गोवर्द्धन) म्हःपूजा र अन्तिम दिन कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटिका लगाएर मनाइने भएकाले यसलाई यमपञ्चक भनिन्छ। काग तिहार अर्थात् आज तिहारको पहिलो दिन। आजबाट यमपञ्चक सुरु भएको मानिन्छ। आजकै दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन चल्दै आएको पाइन्छ। काग सन्देश प्रवाहक प्राणी संस्कृतिविद् पुरुषोत्तम श्रेष्ठका अनुसार काग मानिसको मित्र हो। कागको पूजा गर्ने वा आज मिठो खान बोलाउँदा वर्षभर कागले आफ्नो घर आँगनमा सुखद खबर ल्याउने कामना गर्ने गरिन्छ। बली राजाको शासन कालदेखि नै काग तिहार मनाउने चलन रहेको उहाँको भनाइ छ। “नेपाली संस्कृति प्रकृतिपरक छ, जसको राम्रो उदाहरण हो काग तिहार। काग वातावरणलाई पनि सफा गर्ने प्राणीको रूपमा लिन सकिन्छ,” उहाँ भन्नुहुन्छ, “काग, कुकुर, गाई, गोरुलगायत अन्य प्राणीबाट मानिसले धेरै कुरा सिकेका छन्।” यसबाहेक कागलाई एक दुष्ट साथी पनि भन्ने गरेको श्रेष्ठ बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “नेपाली समाजमा एक कथन छ। मित्रलाईभन्दा बढी शत्रुलाई नमस्कार गर्नुपर्छ। यसो गर्दा शत्रुबाट कुनै पनि किसिमको हानीनोक्सानी नहुने विश्वास गरेको पाइन्छ।”अझै पनि गाउँघरमा आफ्नो घर अगाडि आएर काग करायो भने केही अशुभ सन्देश ल्याएको वा केही नराम्रो घटना घट्दै छ भन्ने सोच राख्ने मानिस रहेको उहाँको भनाइ छ। यसैगरी कागलाई समूहमा मिलेर काम गर्ने भावनाको एक मात्र उदाहरणको रूपमा लिन सकिन्छ। म हैन हामी भएर अघि बढ्न् सके सबै राम्रो हुने भावना कागको समूहमा पाइन्छ। जस्तै, कागले कुनै खानेकुरा पायो भने एक्लै खाँदैन। हल्ला गर्छ र हल्लासँगै सबै कागले खान पाउने उहाँ बताउनुहुन्छ। कागमा एकताको गुणसंस्कृतिविद् ओम धौबडेलका अनुसार काग चलाख र सर्वभक्षी प्राणी हो। उनीहरूलाई केही घटना हुनु अगाडि नै थाहा हुन्छ। भूकम्प आउनुभन्दा पहिले काग र कुकुरले नै थाहा पाउँछ। धौबडेलका अनुसार नेपाली समाजमा कागलाई सन्देश प्रवाहक प्राणीको रूपमा लिने गरिन्छ। काग कराएको बेलामा ‘शुभ बोल शुभ बोल’ भन्ने चलन चल्दै आएको उहाँको भनाइ छ। काग कहाँ बसेर कस्तो आवाज निकालेको छ, जसले शुभ–अशुभको अनुमान लगाउन सकिन्छ।कागले मृत्युसम्बन्धी खबर दिने भएकोले त्यस समयदेखि तिहारमा कागलाई पूजा गर्ने परम्परा चलिआएको धौबडेल बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “यसबाहके कागमा एकताको गुण पाइन्छ। काग मिल्ने, हल्ला गरेर खाने वा समस्यामा पर्दा मिलेर समाधान गर्ने बानी देख्न सकिन्छ।”जन्म र मृत्युको विवरण राख्ने प्राणीसंस्कृतिविद् जगमान गुरुङका अनुसार कागको जीवन शैली घुमन्ते हो। हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका राजा यमराजले पृथ्वीका मानिसको जन्म र मृत्युको विवरण राख्ने गरेको पाइन्छ। पृथ्वी लोकका मृत्यु भएको मानिसको विवरण राख्ने काम कागले गर्ने धार्मिक मान्यता रहेको छ। आजको दिन कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा वर्षभर शुभ सन्देश ल्याउने विश्वास रहेको उहाँ बताउनुहुन्छ। यसरी वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गर्ने चलन रहेको छ।
हरेक १२ वर्षमा नचाइने ‘ङतभुलु अजिमा’ नाच २०६६ सालपछि यो वर्ष नचाउन लागिएको हो। सो नाचअन्तर्गत विशेष देवी नाच पर्व मनाउने परम्परा छ।